शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

एचनाइन भाइरस संक्रमणका कारण हेटौँडामा हजारौँ कुखुरा मरे

एचनाइन भाइरस संक्रमणका कारण हेटौँडामा हजारौँ कुखुरा मरे

आर्थिक, समाचार
हेटौँडा— फागुन १५। करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित भएका छन् । हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका छन् । मकवानपुर कुखुरा व्यवसायी सङ्घले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौँडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताउनुभयो । अधिकारीले आफूहरू मानव स्वास्थ्...
काठमाडौंको विद्युत् तार भूमिगत बनाइने,वितरण प्रणाली स्वचालित

काठमाडौंको विद्युत् तार भूमिगत बनाइने,वितरण प्रणाली स्वचालित

आर्थिक, समाचार
काठमाडौं— फागुन १३। भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत् तार भूमिगत गर्न भारतीय कम्पनीलाई छनोट गरेको हो । तार भूमिगत गर्नेबाहेक केईआईले यो क्षेत्रको वितरण प्रणालीलाई स्वचालित बनाउने जिम्मा पनि पाउनेछ । प्राधिकरणले गत साता बोलपत्रको नतिजा सार्वजनिक गरेको हो । फागुन ६ गते २८ दिनभित्र सम्झौताका लागि आउन पत्र जारी गरिएको प्राधिकरणले जनाएको छ । ‘कम्पनीलाई ठेक्का सम्झौताका लागि आउन २८ दिन म्याद दिएर पत्राचार गरिएको हो,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यसम्पादन जमानतसहित कम्पनी सम्झौताका लागि आउनुपर्नेछ ।’ प्राधिकरणका महाराजगन्ज आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिए । ‘...
सरकारद्वारा लुम्बिनी क्षेत्रमा सञ्चालित विद्युतीय बस भारतमै बनेको पुष्टि

सरकारद्वारा लुम्बिनी क्षेत्रमा सञ्चालित विद्युतीय बस भारतमै बनेको पुष्टि

आर्थिक, समाचार
काठमाडौं— फागुन १३। सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बसको भन्सार जाँचपासमा आयात गरिएको मुलुक भारत नै रहेको भैरहवा भन्सारबाट खुल्न आएको छ । सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बस (माथि) र भैरहवास्थित भन्सार कार्यालयमा आपूर्तिकर्ता कम्पनी साइमेक्स इंकले बुझाएको प्रज्ञापनपत्र । जसमा ५ वटै विद्युतीय बसको कन्ट्री अफ ओरिजिन भारत उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि आयातकर्ता कम्पनी साइमेक्स इंकले सम्झौता गरेका १६ विद्युतीय सवारी साधनमध्ये पहिलो चरणमा ल्याइएका पाँच बसको ‘कन्ट्री अफ ओरिजिन’ भारत नै रहेको पत्ता लागेको हो । उच्च स्रोतले उपलब्ध गराएका कागजातमा काठमाडौंमा दर्ता भएको नेपाली आपूर्तिकर्ता साइमेक्स इंकले पहिलो चरणमा भित्र्याएका ती बस भारतबाट ल्याइएको प्रज्ञापनपत्रमा उल्लेख गरेको छ । यस परियोजनाका ला...
सार्क सम्मेलनमा आएका विदेशी पाहुनाका लागि ओछ्याइएको रातो कार्पेटमा समेत भ्रष्टाचार

सार्क सम्मेलनमा आएका विदेशी पाहुनाका लागि ओछ्याइएको रातो कार्पेटमा समेत भ्रष्टाचार

आर्थिक, समाचार, समाज
काठमाडौं— २८, माघ । किन्न खोजिएको कम्पनीको स्पेसिफिकेसन तोकेर टेन्डर नेपाली सेनाका लागि एक थान हेलिकोप्टर खरिद गर्न दुई वर्षअघि सरकारले रकमान्तर गरी एक अर्ब ६८ करोड रुपैयाँ निकासा दिएको थियो । सेनाको नीति तथा योजना निर्देशनालयले इटालीको अगस्ता कम्पनीसँग हेलिकोप्टरको मूल्य पहिल्यै मागेको थियो । अगस्ताले दिएको एक करोड ४० लाख युरोलाई नै अनुमानित मूल्य मानेर सेनाले टेन्डर माग्यो । खरिद हुने हेलिकोप्टरको विशेषता पनि अगस्तासँग मात्र मिल्ने गरी राखिएको थियो । अगस्ताको हेलिकोप्टर उपलब्ध गराउन इटालीकै कम्पनी लियोनोर्डो एसपिएले मात्र टेन्डर हाल्यो । तर, १६ असार ०७३ को मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धा सुनिश्चित गरेर मात्र हेलिकोप्टर खरिद गर्न स्वीकृत दिएको थियो । तर, सेनाले प्रतिस्पर्धाविनै एउटै कम्पनीको कोटेसनका आधारमा एक करोड ३९ लाख ८४ हजार २ सय ४३ युरोमा हेलिकोप्टर किन्यो । यसरी तत्कालीन व...
संसदको अर्थ समितिले एनसेलको विवरण माग्यो, पुराना बिक्री ब्युँतिँदै

संसदको अर्थ समितिले एनसेलको विवरण माग्यो, पुराना बिक्री ब्युँतिँदै

आर्थिक, समाचार
काठमाडौं— २८, माघ । एनसेलको पुरानो खरिदबिक्रीमा समेत कर छलीको आशंका गर्दै संसदको अर्थ समितिले सुरुदेखिका सम्पूर्ण विवरण मगाएको छ । पछिल्लो पल्ट बिक्रीमा भएको कर छलीको विषयलाई सर्वोच्च अदालतले किनारा लगाइसके पनि पुराना प्रकरणसमेत ब्युँतिने भएका हुन् । एनसेल हालसम्म १२औं पल्ट खरिदबिक्री भएको छ । समितिको आइतबारको बैठकले स्थापना भएदेखि अहिलेसम्मकै सेयर हस्तान्तरण विवरण ७ दिनभित्र पठाउन सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको हो। ‘हरेक चरणका सेयर हस्तान्तरणमा पुँजीगत लाभ भए/नभएको र भए लाभकर असुल गरिएको/नगरिएको विवरण ७ दिनभित्र समितिमा आइपुग्ने गरी माग गर्ने,’ समितिको निर्णयमा भनिएको छ। तत्कालीन स्पाइस नेपाल स्थापना भएदेखि आजियटा ग्रुपले सेयर स्वामित्व किनेसम्मका सबै विवरण समितिले माग गरेको हो। समितिले यसअघि स्वामित्व हस्तान्तरण हुँदा लाभकर पूर्ण रूपमा तिरिएको/नतिरिएको विषयमा पनि अनुस...
भ्यालेन्टाइन डे को रमझम नेपालमा पनि सुरुः डेढ करोडको गुलाफ आयात

भ्यालेन्टाइन डे को रमझम नेपालमा पनि सुरुः डेढ करोडको गुलाफ आयात

आर्थिक, समाचार
काठमाडौं— २८, माघ । गुलाफलाई जिन्दगी, सुन्दरता र प्रेमको प्रतिक ठानिन्छ । जीवनको दर्शन हो गुलाव । पूर्वीय दर्शनमा प्रेम र प्रणय दिवसको सम्झना गर्नु परेमा श्रीकृष्ण र राधाको प्रेमलिला तथा त्यागलाई सम्झने गरिन्छ । तर पाश्चात्य दर्शनमा आधारित प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ मा प्रेमी–प्रेमिकाहरुले रातो गुलाब दिएर आफ्नो प्रेम प्रकट गर्दछन् । प्रत्येक वर्ष माग बढ्दै जाँदा विदेशवाट करोडौं रुपैंयाँ बराबरको गुलाफ आयात हुन थालेको छ । गुलावका फरक–फरक रंगले प्रेमका फरक–फरक आयामलाई दर्शाउँछ । रातो गुलाफ मायालुलाई प्रेम गर्छु भन्ने जनाउन, गुलाबी गुलाब रिसाएका प्रेमीलाई फकाउन, पँहेलो गुलाफ मित्रता, सेतो गुलाफ समवेदना जनाउन प्रयोग गरिन्छ । कवि रोबर्ट बर्नसले प्रेमिकालाई अंग्रेजी वर्षको जून महिनामा फुल्ने गुलाफसँग तुलना गरेका छन् । उनले लेखेका छन्–‘मेरी प्रेमिका जून महिनामा फुल्ने ताजा रात...
संसदकोअर्थ समितिद्वारा एनसेलबाट कर असुल्ने अदालतको फैसला तत्काल कार्यान्वयन गर्न निर्देशन

संसदकोअर्थ समितिद्वारा एनसेलबाट कर असुल्ने अदालतको फैसला तत्काल कार्यान्वयन गर्न निर्देशन

आर्थिक, समाचार
काठमाडौं— २७, माघ । संघीय संसदको अर्थ समितिले दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकि दुई अर्ब ९६ करोडभन्दा बढि बक्यौता रकम एक महिना भित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकि बक्यौता रकम एक महिना भित्र असुल गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले २०७५ साल पुस महिनासम्म दुई अरब ९६ करोड, ८५ हजार रुपैयाँ भन्दा बढि बक्यौता रकम नेपाल सरकार र दूर संचार प्राधिकरणलाई बुझाउन बाँकि छ । सोही रकम एक महिना भित्र पनि नबुझाएमा त्यस्ता दूर संचार सेवा प्रदायक संस्थाहरु खारेज गर्ने प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देश गरिएको छ । बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्...
विद्युतभार कटौती शुरु भएपछि उदयपुर सिमेन्ट उद्योग घाटामा

विद्युतभार कटौती शुरु भएपछि उदयपुर सिमेन्ट उद्योग घाटामा

आर्थिक, समाचार
उदयपुर— २३, माघ । डेढ वर्षयता विद्युतभार कटौतीको अन्त्य भएसँगै व्यापक नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा फेरि विद्युतभार कटौती शुरु भएपछि सिमेन्ट उत्पादनमा कमी भई उद्योग पुनः घाटामा जान थालेको छ । पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युतभार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्डै रु तीन करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साह बताउँछन् । एक महिनाअघिसम्म दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको सिमेन्ट उद्योगले अहिले विद्युतभार कटौती हुन थालेपछि दैनिक ६५० मेट्रिक टनसम्म मात्र उत्पादन भएका कारण पुनःसिमेन्ट उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहले बताए । सिरहा लहान गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक विद्...
कतारको एक ऊर्जा कम्पनी पश्चिम सेतीमा लगानी गर्न ईच्छुक

कतारको एक ऊर्जा कम्पनी पश्चिम सेतीमा लगानी गर्न ईच्छुक

आर्थिक, समाचार
काठमाडौं— २३, माघ । कतार सरकारको लगानी रहेको एक ऊर्जा कम्पनीले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा चासो देखाएको छ । कम्पनीसँग वार्ताका लागि लगानी बोर्डको एक टोली कतार गएको थियो । कतारमा भएको वार्ताको क्रममा कम्पनीले नेपालमा विद्युत् आयोजना निर्माणका लागि चासो देखाएको लगानी बोर्डका प्रवक्ता एवं टोलीनेता उत्तमभक्त वाग्लेले जानकारी दिए । ‘आइतबार कतारको नेब्रास पावर नामक कम्पनीका प्रतिनिधिसँग वार्ता भयो । हामीले पश्चिम सेतीसहित प्रोजेक्ट बैंकमा भएका आयोजनाबारे जानकारी दियौं,’ उनले भने, ‘कतारी कम्पनीका प्रतिनिधिले आयोजनाबारे चासो दिएका छन् । चाँडै नै कम्पनीको प्राविधिक टोली नेपाल आउँदै छ ।’ नेब्रासका प्रतिनिधिसँग पश्चिम सेती विस्तृत परियोजना अध्ययन सकिएका आयोजना भएकाले तत्काल निर्माणमा जान सकिने विषयमा छलफल गरेको उनले जानकारी दिए । ‘एकै पटकको वार्ताबाट लगानी आउने भन्ने होइन । उन...
म्याद सकिएका २५० सिलिण्डर नष्ट

म्याद सकिएका २५० सिलिण्डर नष्ट

आर्थिक, समाचार
काठमाडौं— २३, माघ । धादिङ, मेट्रो काठमाण्डौ ग्यास उद्योग लिमिटेडले म्याद सकिएका एस.टि.सी. ब्राण्डका २५० सिलिण्डर नष्ट गरेको छ । राष्टिृय उपभोक्ता मञ्च र गुणस्तर तथा नापतोल विभागबाट आएको टोलिको रोहवरमा धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ७ मा रहेको उद्योग हातामा संकलित म्याद सकिएका सिलिण्डर नष्ट गरेको हो । हाल सो उद्योग अन्तर्गत २ लाख ३२ हजार थान सिलिन्डर वजारमा रहेको छ । जस मध्य २५० सिलिन्डरमा २०० रातो सिलिन्डर र ५० निलो सिलिन्डर नस्ट गरिएको मेट्रा काठमाण्डौे ग्याँसका जनरल मेनेजर महेन्द्र भुषालले वताए । हाल सम्म ५४ वटा उद्योग मध्ये ४ वटा उद्योग जसमा बाबा ग्यास उद्योग, कोशी ग्यास उद्योग, नेपाल ग्याँस उद्योग र काठमाण्डौ मेट्रो ग्यासले मात्र हाल सम्म नस्ट गरेको पाईएको राष्टिृय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल मर्हजनले वताए । नेपाल सरकारको समेत लगानी रहेको मेट्रो काठमा...