आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

गुण्डा नाइके दिनेश अधिकारी’ चरी’ लाई गोली हानेपछि चर्चामा आएका अर्का गुण्डा नाइके राधे भण्डारी पक्राउ

गुण्डा नाइके दिनेश अधिकारी’ चरी’ लाई गोली हानेपछि चर्चामा आएका अर्का गुण्डा नाइके राधे भण्डारी पक्राउ

अपराध
असोज २३ काठमाडौं । गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेलाई प्रहरीले पक्राउ गरेको छ ।राधेलाई प्रहरीले बिहीबार धादिङबेशीबाट पक्राउ गरेका थिए । राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्ने तयारी गरेको छ । सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए।राधेमाथि सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिमाथि धम्की दिएको आरोप छ । राधेको समूहले धादिङमा अवैध रूपमा बालुवा निकाल्ने गरेको थियो। जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि उनले धम्की दिएको आरोप छ । जनप्रतिनिधिमाथि धम्की दिएको भन्दै राधेविरूद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो । राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन् । राधे खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट लगायत गतिविधिमा संलग्न रहेको आरोप लाग्ने गरेको थिय...
भेरी अस्पतालका लेखा अधिकृत आचार्य समेत १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

भेरी अस्पतालका लेखा अधिकृत आचार्य समेत १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अपराध
असोज २२ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्जस्थित भेरी अस्पतालका लेखा अधिकृत माधव प्रसाद आचार्यसमेत १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  बिभिन्न फर्म तथा पसलेहरुबाट घुस लिएको भन्दै अख्तियारले उनीहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। दायर गरिएको मुद्दामा घुस लिने र घुस दिने दुवैसँग २७ लाख २६ हजार ७७० रुपैयाँ बिगो दाबी गरिएको छ।  भेरी अस्पतालमा कार्यरत कम्प्यूटर अपरेटर अरूणराज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरु माथि अनुसन्धान थालेको थियो। अख्तियारको टोलीले कम्प्यूटर अपरेटर खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँ सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत आचार्य, क...
काठमाडौंमा ४३ वर्षीय एक पुरुष  ७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

काठमाडौंमा ४३ वर्षीय एक पुरुष ७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

अपराध
असोज २२ काठमाडौं । सात वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक जना पुरुष पक्राउ परेका छन् ।दाङ घोराही नगरपालिका ४ घर भइ हाल महादेवस्थान बस्ने ४३ वर्षीय पुरुष ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका ३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो। बालिकाको उद्दारपछि स्थानीयले ति पुरुषलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । स्थानियले उनलाई नियन्त्रणमा लिएको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरका अनुसार ति बालिका सोही स्थानीकी हुन् ।पक्राउ परेका ति पुरुषले बलात्कार प्रयास गरेको र...
दिउँसै बैंक लुटेको आरोपमा अमेरिकामा हतियार सहित नेपाली युवा सम्राट समातिए

दिउँसै बैंक लुटेको आरोपमा अमेरिकामा हतियार सहित नेपाली युवा सम्राट समातिए

अपराध
असोज २२ काठमाडौं । अमेरिकामा हतियारसहित दिउँसै बैंक लुटेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्राट लामा रहेका छन् । लामालाई वेल्स फर्गो बैंकको ६०७ नर्थ फ्रेडरिक एभेन्युमा रहेको शाखा लुटेको अभियोगमा पक्राउ गरिएको समाचारमा जनाइएको छ । लोकलडिभीएमको रिपोर्टअनुसार यो बैंक मंगलबार स्थानीय समयअनुसार बिहान १० बजेर २ मिनेटको समयमा लुटिएको थियो । बिहान बैंकभित्र गएर एक कर्मचारीलाई आफूले बचत खाता खोल्न चाहेको बताएका उनले पछाडि बोकिरहेको झोलाबाट एउटा चक्कु निकालेर ती कर्मचारीतिर देखाउदै काउन्टरका टेलर कर्मचारीलाई पैसा एउटा प्लाष्टिकको झोलामा राखिदिन भनी उनी पैसा लिएर त्यहाबाट फरार भएको बताइएको छ । लामाले केही पर रहेका अर्का टेलरसम्म पनि पुगेर अझै पैसा मागेको बताइएको छ । बैंक लुटेर भाग्ने प्रयासमा रहेका उनलाई तत्कालै पक्राउ गरी सेन्ट्रल प्रोसेसिङ युनिटमा पठाइएको छ । लामा माथि त...
जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार, आमासहित दुई पक्राउ

जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार, आमासहित दुई पक्राउ

अपराध, समाचार
 जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ। शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्धार गरिएको हो। आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर गएको प्रहरीले जनाएको छ। श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शिशु अस्पताल पुर्याएर उपचार शुरु गरेलगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए। प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फाल्ने महिला र सम्बन्ध राख्ने भनिएक...
‘बले’ विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर

‘बले’ विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर

अपराध, समाचार
सम्पत्ति शुद्धीकरण विभागले ‘गुण्डानाइके’ बलराम सापकोटा ‘बले’ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्द दायर गरेको छ। विभागले सोमबार विशेष अदालतमा १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। काभ्रेको रोसी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेका विरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धानका लागि निवेदन दिएपछि विभागले अनुसन्धान शुरु गरेको थियो। यसअघि उनी जुवाखालबाट पक्राउ परेका थिए। उनी जुवाखालबाट पक्राउ परेपछि प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धान लागि पठाएको थियो। विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ। बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न पनि माग गरिएको छ। बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गा...
स्वयम्भू क्षेत्रमा ६० लाख रुपैयाँमा पाटे बाघको छाला बेच्न लागेका ४ जना  पक्राउ

स्वयम्भू क्षेत्रमा ६० लाख रुपैयाँमा पाटे बाघको छाला बेच्न लागेका ४ जना पक्राउ

अपराध, समाचार
काठमाडौंको स्वयम्भू क्षेत्रमा ६० लाख रुपैयाँमा पाटे बाघको छाला बेच्न लागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तु पाटे बाघको छाला बिक्री गर्न लागेको अवस्थामा ४ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा गएको प्रहरीको टोलीले स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट पाटे बाघको छालासहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय सुजन थिङ, २७ वर्षीय आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिका–८ घर भएका २४ वर्षीय सानुकान्छा तामाङ छन् । प्रहरीका अनुसार उनीहरुले धादिङका एक स्थानीयबाट ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको बयान दिएका छन् । काठमाडौंमा ल्याएर ६० लाख रुपैयाँमा बिक्री गर्ने तयारी भइरहेको पनि उनीहरुले प्रहरीलाई बयान दिएका छन...
भक्तपुरमा किशोरीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ;एक फरार

भक्तपुरमा किशोरीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ;एक फरार

अपराध, समाचार
भक्तपुरमा १७ वर्षीया किशोरीमाथि दुईदिनसम्म लगातार बलात्कार भएको छ। भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले शुक्रबार शनिबार किशोरीलाई लठ्याउने औषधि खुवाएर सामुहिक बलात्कार गरेका थिए। काठमाडौं। भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको उजुरीको आधारमा दुई जनालाई महानगरीय प्रहरी वृत जगातीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन्। महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी राजेश थापाका अनुसार किशोरीलाई बसकै कर्मचारीहरुल लठ्याउने औषधि खुवाएर दुईदिनसम्म बलात्कार गरेका थिए। सो घट्नामा संलग्न एक जना भने फरार रहेको छन्। उनीहरुले ती किशोरीलाई काठमाडौबाट भक्तपुर लगेर बलात्कार गरेका थिए। शनिबार ५ बजे मात्रै ती किशोरी प्रहरीको सम्पर्कमा पुगपछि उनीहरुलाई पक्राउ गरि...
पूर्व डिएसपीलाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्ति

पूर्व डिएसपीलाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्ति

अपराध, समाचार
 नेपाल प्रहरीबाट अवकाशप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्कालाई साइबर अपराधमा ५० हजार जरिवना र २५ हजार क्षतिपूर्तिको फैसला भएको छ । काठमाडौ जिल्ला अदालतले खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको आरोप प्रमाणित गर्दै सो जरिवना र क्षतिपूर्तिको फैसला गरेको हो । अदालतले अनुसन्धानको क्रममा १५ दिन हिरासतमा रहेको दिनलाई कैद आधार मानेर ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्तिको सुनाएको हो । जाहेरवाला पीडितलाई मानसिक यातना दिएको भन्दै अदालतले क्षतिपूर्ति भराउने फसाला समेत गरेको छ । खड्काकी भाईबुहारी समुना खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई प्रहरीले दुई वर्ष अघि नियन्त्रणमा लिएर अदालतमा मुद्धा बुझाएको थियो । काठमाडौ जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका उनलाई हालै सो जरिवाना सुनाएको थियो । ‘मुद्धाका...
अष्ट्रेलिया अध्ययनसँगै आकर्षक रोजगारी दिलाउने  ठगी को आरोपमा पक्राउ

अष्ट्रेलिया अध्ययनसँगै आकर्षक रोजगारी दिलाउने ठगी को आरोपमा पक्राउ

अपराध, समाचार
विराटनगरस्थित ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ का सञ्चालक ३२ वर्षीय प्रमोद स्वर्णकार (सोनी) ठगी आरोपमा पक्राउ परेका छन् । अष्ट्रेलियामा अध्ययनसँगै आकर्षक रोजगारी दिलाइदिने भन्दै विद्यार्थीसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा विराटनगर १३ घर भएका सोनी पक्राउ परेका हुन् । सोनीले अध्ययनसँगै अष्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिष चौधरीसँग ३१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पीडितले मोरङ प्रहरीमा किटानी जाहेरी दर्ता गराइ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि ठगी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका सोनीलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा ‘ठगी मुद्दामा’ ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको डिएसपी राईले बताउनुभयो । ‘ठगीको जाहेरी दर्ता भएपछि पक्राउ गरिएको हो,’ डिएसपी राईले भन्नुभयो, ‘अहिले हामी अनुसन्धनको क्रममा छौं । ...