आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे उज्जैनबाट पक्राउ

आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे उज्जैनबाट पक्राउ

अन्तराष्ट्रिय, अपराध, समाचार
भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानकारी दिएको छ । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको छ । विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए । यद्यपि, विकास महाकाल मन्दिर परिसरमा पुगेर आफू विकास दुबे हुँ भन्दै चिच्याएको पनि केहीले बताएका छन् । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास मध्यप्रदेशको हिरासतमा भएको जानकारी दिँदै उनलाई कसरी पक्राउ गरियो भन्नेबारे केही जानकारी दिनु ठिक नभएको बताए । प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो । उत्त...
अमेरिकाले तोड्यो डब्लूएचओ सँग औपचारिक रूपमै सम्बन्ध

अमेरिकाले तोड्यो डब्लूएचओ सँग औपचारिक रूपमै सम्बन्ध

अन्तराष्ट्रिय, समाचार
अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ। कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए। त्यसपछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका थिए। अन्तर्राष्ट्रिय समुदाय तथा स्वयं अमेरिकाका कतिपय बुद्धिजीवीले पनि यस्तो निर्णय घातक हुने चेतावनी दिएका थिए। तर ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन्। र, अन्ततः डब्लूएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र नै पठाएका हुन्। अमेरिकाले यही जुलाई ६ मा त्यस्तो पत्र डब्लूएचओलाई पठाएको कुरा संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ। तर यो प्रक्रिया पूरा हुन कम्तीमा...
ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित

ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस बाट संक्रमित भएका छन् । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका छन् । उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दुरी र विना मास्कमा देखिएका छन् । गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ । ब्रिसिलियास्थित अमेरिकी दूतावासमा लिइएको सो तस्वीरमा सामाजिक दुरी पनि पालना गरेको देखिँदैन । कोरोना संक्रमण फैलि...
एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा पुनः ६ हप्ताको लागि लकडाउन

एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा पुनः ६ हप्ताको लागि लकडाउन

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
अस्ट्रेलियाको मेलबर्नमा पुनः ६ हप्ताको लागि लकडाउन घोषणा गरिएको छ। एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा ६ हप्ताको लागि लकडाउन लागू गरिएको बीबीसीले जनाएको छ। बुधबार मध्यरातिदेखि लकडाउन लागू हुने जनाइएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको दोस्रो लहर देखिनसक्ने चेतावनी दिएको समयमै अस्ट्रेलियामा नयाँ संक्रमितहरु देखा पर्न थालेका छन्। कोरोना प्रकोप नियन्त्रणमा नआएकै समयमा विभिन्न देशले लकडाउन खोलेका कारण विश्वभर धेरै संक्रमित धेरै देखिन थालेको विज्ञहरुको भनाइ छ। एजेन्सी ...
जनावरलाई यसरी नै मारिरहने हो भने कोरोनाजस्तै थप रोग फैलनेछ : संयुक्त राष्ट्र

जनावरलाई यसरी नै मारिरहने हो भने कोरोनाजस्तै थप रोग फैलनेछ : संयुक्त राष्ट्र

अन्तराष्ट्रिय, स्वास्थ्य
संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा व्यक्त गरेको छ । यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको एक रिपोर्ट अनुसार कोरोनाभाइरसजस्तो खतरनाक संक्रमणका लागि पर्यावरणलाई लगातार पुग्ने क्षती, प्राकृतिक स्रोत–साधनको दोहन, जलवायु परिवर्तन र जंगली जीवको उत्पीडनजस्ता कारण जिम्मेवार छन् । संयुक्त राष्ट्रका विशेषज्ञका अनुसार पछिल्ला केही वर्षमा जनावर र पंक्षीमार्फत् मानिसमा फैलने रोग लगातार बढिरहेको छ । विज्ञानको भाषामा यस्ता रोगलाई ‘जूनोटिक डिजिज’ भनिन्छ । पर्यावरा र स्वास्थ्य विशेषज्ञले यदि मानिसले पर्यावरण र जंगली जनावरलाई बचाएनन् भने उनीहरुले यस्तै रोगको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रक...
तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत,

तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत,

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार रुसभन्दा धेरै भएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ९६ रहेको छ भने रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् । यसका साथै भारत संसारको तेस्रो सबैभन्दा संक्रमित देश बनेको छ । पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको छ । रुसमा १० दिनभित्र ६७ हजार ६ सय ३४ संक्रमित भेटिए भने भारतमा २ लाख ९ सय १९ बिरामी भेटिएका छन् । भारतमा ६.९५ लाख संक्रमित हुन १ सय ५८ दिन लाग्यो । भारतमा दैनिक औसतमा २२ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । यहाँ जूनमा ३ लाख ८७ हजार ४ सय २५ संक्रमित भेटिए । यहाँ २१ जूनपछि हरेक दिन १५ हजार बढी संक्रमित भेटिएका छन् । ...
जापानमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु,नौ बेपता, लाखौ विस्थापित

जापानमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु,नौ बेपता, लाखौ विस्थापित

अन्तराष्ट्रिय, समाचार
काठमाडौं-जापानमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने नौ बेपता, लाखौ विस्थापित भएका छन् । समाचारमा जनाइए अनुसार । जापानको क्युसु द्धीप र कुमामोटो प्रान्त भारी बर्षापछी आएको बाढी र पहिरोमा परी नौ जना हराइसकेको बताइएको छ । कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् । जापानको तकिनुई जिल्लाका आठ वटा घर बाढीले बगाएको छ । बाढी र पहिरोले सयौंको संख्यामा सवारीसाधनहरु पुरिएका छन् भने सयौं चौपायाहरु समेत बगाएको छ । जापानी सेना र हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको ब्यापक खोजी गरिहेको समाचारमा जनाइएको छ । यहि पिवतको घडमिा जापानका प्रधानमन्त्री सिन्जो आबेले देशमा आएको बिपत नियन्त्रण र उद्धारका लागि १० हजार सैनिक परिचालन गरिएको बताउदै सबै नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । ...
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् । ...
चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनको चेतावनी

चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनको चेतावनी

अन्तराष्ट्रिय, राजनीति, समाचार
चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनले चेतावनी दिएको छ। जुन १५ मा लद्दाखमा रक्तपातपूर्ण झडपपछि दुई देशबीच सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख पुगेर सैनिकहरुसँग भेट गरेका थिए। त्यहाँ चीनतर्फ संकेत गर्दै मोदीले विस्तारवादको युग समाप्त भएको बताएका थिए। शुक्रबार नै बेइजिङमा नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले गैरजिम्मेवार टिप्पणी नगर्न भारतीय अधिकारीहरुलाई चेतावनी दिए। ‘भारतले द्विपक्षीय सम्बन्धलाई सुरक्षित बनाउन चीनसँग मिलेर काम गर्नुपर्छ,’ चाओले भने, ‘भारतले चीनका बारेमा कुनै रणनीतिक भूल गर्नुहुन्न।’ चिनियाँ विदेश मन्त्रालयको यो टिप्पणीलाई पछिल्लो विवाद सुरु भएयता हालसम्मकै कडा वक्तव्य मानिएको छ। विवाद बढ्दै जाँदा भारतले ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। त्यस्तै सडक परियोजनाहरुमा चिनियाँ...
मोदी अचानक पुगे चीनसँग झडप भएकाे लद्दाखमा

मोदी अचानक पुगे चीनसँग झडप भएकाे लद्दाखमा

अन्तराष्ट्रिय, राजनीति, समाचार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन्। उनी आज बिहानै गत जुन १५ राति चिनियाँ सेनासँग झडप हुँदा आफ्ना २० सैनिक मारिएको सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुगेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ त्यस हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्ने कार्यक्रम छ। भारतको आधिकारिक समाचार प्रसारक ‘प्रसार भारती’ले ट्विट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमुमा हुनुहुन्छ। उहाँ आज बिहान यहाँ आइपुग्नुभएको हो। प्रधानमन्त्रीले सेनाका जवान, वायुसेना र आईटीबीपीसँग कुरा गर्दै हुनुहुन्छ।’ निमु भन्ने स्थान ११ हजार फिट उचाइमा पर्छ। अधिकारीहरूले प्रधानमन्त्रीलाई सम्पूर्ण अवस्थाबारे जानकारी गराएका छन्। यसअघि रक्षामन्त्री राजनाथ सिंह ले जाने भनिएकाे थियाे। तर उनको भ्रमण बिहीबार रद्द भएको थियो। त्यसपछि प्रधानमन्त्री माेदी आफैं शुक्रबार त्यहाँ गएका हुन्। ...