लेबनानको राजधानी बेरुतमा विस्फोट,मारिनेको संख्या ५० नाघ्यो
लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विशाल विस्फोटमा परी मृत्यु हुनेहरुको संख्या लगातार बढिरहेको छ।
पछिललो अपडेटअनुसार मृतकको संख्या ५० नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। उनले ५०भन्दा धेरैको मृत्यु भएको पुष्टि गरेको रोयटर्सले जनाएको छ।
यसैबीच् इजरायलले बेरुतमा मेडिकल सहयोग गर्ने घोषणा गरेको छ। तर, लेबनानले सो सहयोग स्वीकार गरेको वा नगरेको बारे केही खुलाइएको छैन। बेरुतको तटीय क्षेत्रमा विनाशकारी विस्फोट भएको भिडियो सार्वजनिक भएको छ। कैयौं किलोमिटरसम्म सो विस्फोटले क्षति गरेको छ।
लेबनानका स्वास्थ्यमन्त्रीहरुले हालसम्म २५ सयभन्दा धेरै मानिस घाइते भएको बताएका छन्। मृतकको संख्या बढ्न सक्ने बताइएको छ।विस्फोटको भिडियोमा शुरुमा आगो लागेको र धुवाँ उडेको देखिन्छ। त्यसको केहीसयमै विनाशकारी विस्फोट हुन्छ। जसले सबै तहसनस पारिदिन्छ। बेलबानका राष्ट्रपतिले बुधबारका लागि राष्ट...









