आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

रोकिएको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयको खोपको परीक्षण पुनः सुरु हुने

रोकिएको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयको खोपको परीक्षण पुनः सुरु हुने

अन्तराष्ट्रिय
भदाै २८ काठमाडाैं । अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण पुनः सुरु हुने भएको छ । खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (साइड इफेक्ट) देखिएपछि तत्कालका लागि रोकिएको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षण पुनः सुरु गर्ने तयारी भएको खोप निर्माताले बताएको बिबिसीले उल्लेख गरेको छ । खोपको परीक्षण पुनः सुरु गर्ने तयारी भइरहेको बताएको एस्ट्राजेनेकाले गएको मंगलबार गम्भीर रियाक्सन खोपसँग सम्बन्धित हो वा होइन भन्ने बारे अध्ययन भइरहेको बताएको थियो । बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको बताइएको थियो । तर शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण गर्न सुरक्षित रहेको निष्कर्ष निकालिएको र चाँडै...
बलिउड अभिनेता सोनु सुदले दिने भए विद्यार्थीलाई प्राध्यापक आमाको नाममा छात्रवृत्ति

बलिउड अभिनेता सोनु सुदले दिने भए विद्यार्थीलाई प्राध्यापक आमाको नाममा छात्रवृत्ति

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
बलिउड अभिनेता सोनु सुदले शिक्षा क्षेत्रमा सहयोग गर्ने भएका छन्। स्कूल, कलेजका विद्यार्थी भर्चुल क्लासमार्फत पढिरहेका छन्। तर, भारतका सबै विद्यार्थीसँग इन्टरनेट साथै मोबाइल र ल्यापटपको पहुँच छैन। पहुँच एवं पैसा नभएका विद्यार्थीहरूका लागि सुदले नयाँ योजना ल्याएका हुन्। उनले मृत आमा प्राध्यापक सरोज सुदको नाममा छात्रवृत्ति उपलब्ध गराउने भएका हुन्।  ‘मेरो आमाले विद्यार्थीहरूलाई निः शूल्क पढाउनुहुन्थ्यो। र, आफ्नो मृत्युपछि पनि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन आग्रह गर्नुभएको थियो। त्यसैले यो कार्य गर्न लागेको हुँ,’ सुदले भने। उनका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएसँगै सुरु भएको लकडाउनमा सिटी बाहिर पुगेका जेहेनदार विद्यार्थीहरूलाई अनलाइन क्लासको लागि सहयोग गर्नेछन्। त्यसका लागि आफूले विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेको उनले बताए। मेडिकल, इन्जिनियरिङ, आर्टिफिसिय यन्टेलिजेन्...
नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन

नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जापानी खेलाडी नाओमी ओशाका दुई वर्षपछि पुनः युएस ओपन च्याम्पियन बनेकी छन्। न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् । सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् । सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पछि त्यसपछि पछि परिन् । ओशाकाले खेल जीवनको तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् । ...
कोरोना कसरी नियन्त्रण गर्‍यो पाकिस्तानले? भारत पनि प्रशंसा गर्न बाध्य

कोरोना कसरी नियन्त्रण गर्‍यो पाकिस्तानले? भारत पनि प्रशंसा गर्न बाध्य

अन्तराष्ट्रिय
भदाै २७ काठमाडौं। अहिले कोरोना संक्रमणको सबै रेकर्डहरु छिमेकी मुलुक भारतले तोडिरहेको छ। विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित भएका मुलुकहरुको दोस्रो सूचीमा रहेको भारतमा दैनिक ९३ हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन्। नेपालमा पनि हजारभन्दा धेरै संक्रमित थपिरहेका छन्। कोरोना महामारीको इपिसेन्टर अहिले दक्षिण एशियाली मुलुक भारत बन्दै गएको छ। चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको इपिसेन्टर चीनसँग सीमा जोडिएको भारतसम्म आइपुग्न करिब ६ महिना लाग्यो। गएको जनवरीमा वुहानमा पहिलो कोरोना संक्रमित फेला परेका थिए भने, अहिले अगस्टमा भारतमा दैनिक करिब एकलाख संक्रमित फेला पर्ने गरेका छन्। भारतमा हालसम्म ४६ लाचख ९० हजार संक्रमित छन्। तर, अविश्वनीय रुपमा भारतको छिमेकी मुलुक अर्को दक्षिण एशियाली मुलुक पाकिस्तानमा भने कोरोना नियन्त्रणमा छ। र त्यहाँ संक्रमण दर दैनिक घटिरहेको छ। वर्ल्ड मिटरका अनुसार ...
शक्तिशाली भूकम्प गयो जापानमा

शक्तिशाली भूकम्प गयो जापानमा

अन्तराष्ट्रिय
भदौ २७।जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् । भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो ।अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् । यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ । ...
नेयमार कोरोना मुक्त

नेयमार कोरोना मुक्त

अन्तराष्ट्रिय, खेलकुद, समाचार
ब्राजिलियन फरवार्ड नेयमार कोरोना मुक्त भएका छन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले आफू कोरोना मुक्त भएको जनाएका हुन् । उनलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्वीट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन खेलाडीको कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि अर्का स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो । सन् २०१७ मा बार्सिलोनाबाट पिएसजीमा आबद्ध भएका नेयमारले टोलीका लागि ८५ खेलमा ७० गोल गर्नुका साथै ४१ एसिस्ट गरेका छन् । पिएसजी पुगेर उनले तीन वटा लिग वन, दुई वटा फ्रेन्च कप र दुई पटक फ्रेन्च लिग कप जितेका छन् । नेयमारको उच्च प्रदर्शनबाट प्रेरित पिएसजी गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । क्लब इतिहासमै...
यूएईपछि बहराइनको पनि इजरायलसँग कूटनीतिक

यूएईपछि बहराइनको पनि इजरायलसँग कूटनीतिक

अन्तराष्ट्रिय, समाचार
 सँयुक्त अवर इमिरेट्स (यूएई)ले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको करिब एक महिनापछि अर्को अरब मुलुक बहराइनले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने भएको छ। दुई मुलुकबीच सम्बन्ध सुधार गर्ने सहमति भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहराइन र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक सहमति भएको घोषणा गरेका छन्। ट्रम्पले ३० दिन भित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो मुलुक बनेको बताएका छन्। यसअघि इजरायल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पनि ट्रम्पले नै घोषणा गरेका थिए। दशकौंदेखि अरब मुलुकहरुले प्यालेस्टानी समस्या समधान भएमात्र इजरायललाई मान्यता दिने र उसँग सम्बन्ध स्थापना गर्ने बताउँदै आएका थिए। तर, गत महिना यूएई र इजरायलबीच ऐतिहासिक कूटनीतिक सम्बन्ध स्थापना भयो। त्यसपछि बहराइन र इजरायलबीच पनि कूटनीतिक सम्बन्ध स्थापना हुने...
अफगानिस्तान र तालिबानबिच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदै

अफगानिस्तान र तालिबानबिच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदै

अन्तराष्ट्रिय, समाचार
अफगानिस्तानमा चार दशकदेखि चलेको युद्ध अन्त्यको प्रयास स्वरुप शान्ति वार्ता सुरु हुँदैछ। अफगानिस्तान सरकार र तालिबान बिद्रोहीबिच शनिबार पहिलोपटक खाडी मुलुक कतारमा शान्ति वार्ता हुँदैछ । शान्ति वार्ता यसअघि नै हुने भनिए पनि विविध कारणले हुन सकेको थिएन । वार्ताको उद्घाटनका लागि दोहा उड्ने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटना भनेका छन् । गएको फेब्रुअरीमा अमेरिका र तालिबानबिच सुरक्षा सम्झौता भएपछि वार्ताको वातावरण बनेको हो। बन्दी रिहा गर्ने सहमति भने विवादास्पद छ । तर वार्ता सफल भएमा अफगानिस्तानमा विगत चार दशकदेखि जारी हिंसा अन्त्य हुनेछ । अफगानिस्तानको वार्ता टोलीका प्रमुखहरु शुक्रबार नै दोहा पुगेका छन् । बिहीबार तालिबानले आफू वार्तामा सहभागी हुने पुष्टि गरेको थियो । ६ कैदी रिहा भएपछि तालिबानले वार्ताका लागि सहमति जनाएको हो । अफगान सरकार र तालिबानका प्रत...
अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

अन्तराष्ट्रिय, समाचार
भदाै २६ एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने यसअघिको घोषणाबाट पछि नहट्ने बताएका छन् । टिकटकसहितका चिनियाँ एप्सहरू सेप्टेम्बरको १५ तारिखदेखि प्रतिबन्ध लगाउनेबारे यसअघिको निर्णय सोही मितिबाट कार्यान्वयनमा आउने जनाएका हुन् । अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीमा जानअघि जोइन्ट बेस एन्ड्रयुमा ट्रम्पले यस्तो धारणा राखेका हुन् । चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि प्रतिबन्ध लगाइसकेको छ । ...
ओसामा बिन लादेनका परिवारले ट्रम्पलाई चुनावमा सघाउने

ओसामा बिन लादेनका परिवारले ट्रम्पलाई चुनावमा सघाउने

अन्तराष्ट्रिय
भदाै २६ काठमाडौ । कुख्यात आतंकवादी संगठन अल कायदाका संस्थापक अमेरिकी सेनाद्वारा मारिएका ओसामा बिन लादेनका परिवारका सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पदावधिका लागि सघाउने भएका छन ।ओसामाकी भतिजी नूरले ट्रम्पलाई समर्थन गर्ने बताएकी छिन । अल कायदाले अमेरिकाको जुम्ल्यहा गगनचुम्बी महलमा विमान ठोकाएर गराएको हमलाका बेला नूर १४ वर्षकी थिइन । अल कायदाका नेताहरुले पूर्व राष्ट्रपति बराक ओबामालाई मार्न खोजेको दाबी समेत उनले गरेकी छिन ।ट्रम्पले अमेरिका मात्रै होइन पश्चिमा सभ्यतालाई जोगाउने भएकाले आफूले उनलाई सहयोग गर्ने नूरले बताएको अन्तर्राष्ट्रिय माध्यमहरूले समाचार सार्वजनिक गरेका छन । साउदी अरबको शाही परिवारको एक खेमाको रुपमा रहेको बिन लादेन परिवारलाई सम्पत्तिशाली परिवारको रुपमा हेरिन्छ ।नूरका बाबु जेनेभास्थित साउदी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष हुन ।नूरकी आमाले आफूले ओसा...