जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि,फ्रान्समा रात्रिकालीन कर्फ्यू
इसाइहरुको महान चाड क्रिसमस र नयाँ वर्ष नजिकिँदै जाँदा कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि फ्रान्सले दोस्रो चरणको लकडाउनका क्रममा रात्रिकालीन कर्फ्यूसमेतको निर्णय गरेको छ ।
जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि लागू गरिनेछ ।
राती ८ बजेदेखि बिहान ६ बजेसम्म आवश्यकबाहेकका नागरिकलाई घरबाट बाहिर निस्कन अनुमति दिइएको छैन ।
क्रिसमसको पूर्वसन्ध्यामा यो नियममा केहि छुट हुनेछ तर नयाँ वर्षको पूर्वसन्ध्यामा लागू हुने छैन ।
बार र रेस्टुरेन्टहरु कम्तिमा २० जनवरीसम्म बन्द रहनेछन् ।
फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या मंगलबार ७ सय ९० थपिएर जम्मा ५९ हजार ७२ पुगेका छन् ।
फ्रान्सका नागरिकले दिउँसोको समयमा घरबाट निस्कन आवश्यक कागजपत्र देखाउनु नपर्ने भएको छ ।
तर दैनिक ५ हजार संक्रमण हुनु र त्यसको दर दिनदिनै दुईगुणा बढ्नुले रातीको समयमा कर्फ्यू लगाउने र सडकमा प्रहरी चेकिङ÷...








