शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

अन्तराष्ट्रिय

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह बी अन्तर्गतको खेलमा बुधबार राति बोरुसिया मोनचेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको रियल मड्रिड समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई गोल गरेका हुन् । उनले ९ र ३१ औँ मिनेटमा गोल गरेर जित दिलाएका हुन् । ...
अमेरिकाका  राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप

अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप

अन्तराष्ट्रिय, समाचार
 अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको बताउँदै आफूले करको विषयलाई कानूनी र सही ढङ्गले ह्यान्डल गरिरहेको कुरा अनुसन्धानले स्पष्ट गर्ने कुरामा आफू ढुक्क भएको बताएका छन् । ...
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरस विरुद्धको खोप दिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरस विरुद्धको खोप दिने

अन्तराष्ट्रिय, समाचार
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप दिने निर्णय गरेका छन् । आफ्नो कार्यकालको पहिलो महिना मै महामारी नियन्त्रणमा लिन नसक्ने तथार कोभिड–१९ को हालको अवस्थामा धेरै परिवर्तन आउने बाइडेनले बताए । आउँदो जनवरी २० मा सत्ता लिएपछि स्वास्थ्य सेवाको नेतृत्व लिने टिमको घोषणा गर्दै बाइडेनले पुनः अमेरिकीसँग आग्रह गरे ‘१०० दिन मास्क लगाउनु होला ।’ बाइडेनले स्वास्थ्य मन्त्रीका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता साबिएर बेकेरालाई प्रस्तावित गरेको घोषणा गर्दै बाइडेनले भनेका छन्, ‘मेरो कार्यकालको पहिलो १०० दिनले कोभिड–१९ भाइरसलाई अन्त्य गर्ने छैन, म त्यो वाचा गर्न सक्दिन । तर अवस्था सुधार हुनेछ ।’ ...
अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी

अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी

अन्तराष्ट्रिय, समाचार
बीबीसी। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन्। अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको छ। उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताएका हुन्। अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ। अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्। न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन्। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन्। क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य ...
फ्रान्सले  आफ्ना जनतालाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क उपलब्ध गराउने

फ्रान्सले आफ्ना जनतालाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क उपलब्ध गराउने

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क उपलब्ध गराउने भएको छ ।   फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले आफ्ना जनतालाई यो खोप निशुल्क दिने घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइने बताएका छन । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् । खोप लगायने प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको बेलामा फ्रान्सले भने यस्तो घोषणा गरेको हो । अब युरोपेली संघको स्वीकृति मिल्नेबित्तिकै शुरु गरिने उनले बताए । फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको समाचारमा जनाइएको छ । ...
लिभरपुलले वुल्भ्समाथि ४–० को जित

लिभरपुलले वुल्भ्समाथि ४–० को जित

अन्तराष्ट्रिय, खेलकुद
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वुल्भ्समाथि ४–० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा मोहम्मद सालह, जर्जिनिओ विनाल्डम र जोएल मातिपले गोल गरेका हुन् । वुल्भ्सका नेल्सन सेमेडोले आत्मघाति गोल गरे । जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको ११ खेलबाट २४ अंक पुगेको छ । ...
टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद
काठमाडौं । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–० को जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सन हेङ्ग–मिन र ह्यारी केनले गोल गरे । जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट २४ अंक भएको छ।
चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा  २३ जनाको गयो

चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा २३ जनाको गयो

अन्तराष्ट्रिय, समाचार
चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो । त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो । त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो । सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो । चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन् ।...
टी–२० सिरिजको पहिलो खेलामा भारतले अस्ट्रेलियालाई ११ रनले पराजित

टी–२० सिरिजको पहिलो खेलामा भारतले अस्ट्रेलियालाई ११ रनले पराजित

अन्तराष्ट्रिय, खेलकुद
या र भारतबीच भइरहेको टी–२० सिरिजको पहिलो खेलामा भारतले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । क्यानबेरामा शुक्रबार भएको खेलमा भ्रमणकारी टोली भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । जीतका लागि भारतले अस्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । तर, अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा म्याथ्यु सर्टले ३४ रन बनाए । यस्तै, मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाए । म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट भए । सिन एब्बट र मिचेल स्विपसन समान १२/१२ रनमा अविजित रहे । अस्ट्रेलियाविरुद्ध भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३/३ विकेट लिए । रविन्द्र जडेजा घाइते भएपछि चाहल उनको स्थानमा मैदान प्रवेश गरेका थिए । नटराजनको यो टी-ट्वान्टीमा डेब्यु खेल हो । य...
इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि लकडाउन

इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि लकडाउन

अन्तराष्ट्रिय, समाचार
रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि लकडाउन (नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा) गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए । नयाँ व्यवस्था अनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सिमित गरिने छ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताए । इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन् । “क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दै...