बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अन्तराष्ट्रिय

नोवाभ्याक्स भ्याक्सिनको सबै ट्रायल्स सफल:बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

नोवाभ्याक्स भ्याक्सिनको सबै ट्रायल्स सफल:बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरसको संक्रमण सारा विश्वमा नै व्याप्त छ । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार राती देशमा नोवाभ्याक्स भ्याक्सिनको सबै ट्रायल्स सफल भएको बताएका छन् । जोनसनले भने, ‘मसँग एक राम्रो खबर छ, हाम्रोमा नोवाभ्याक्स भ्याक्सिनको ट्रायलको नतिजा सफल रह्यो, यो ट्रायलमा सहभागी बन्ने सबैलाई धेरै धन्यवाद । हाम्रो रेग्युलेटर अब भ्याक्सिनलाई स्वीकृति दिन सक्छ, यदि स्वीकृति मिलेमा हामी ६ करोड भ्याक्सिनको अर्डर दिनेछौँ ।’ हेल्थ मिनिस्टर म्याट हनूकले यसलाई ठूलो सफलता भएको बताए । ट्रायलमा भ्याक्सिन ८९.३ प्रतिशत इफेक्टिभ पाइयो । ...
बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ७० वटा देशमा पुगिसकेको :डब्ल्यूएचओ

बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ७० वटा देशमा पुगिसकेको :डब्ल्यूएचओ

अन्तराष्ट्रिय, समाचार
 बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ७० वटा देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ । यो भ्यारिएन्ट पहिलेको भन्दा ७० प्रतिशत धेरै खतरनाक रहेको बताइएको छ । यस बारेमा डब्ल्यूएचओले साप्ताहिक रिपोर्ट जारी गरेको छ । यसलाई बी १.१.७ वा भीओसी २०२०१२/०१ नाम दिइएको छ ।यो केस बेलायत, डेनमार्क र आयरल्याण्डमा कमी हुँदै गइरहेको छ । ...
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार नाघ्यो

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार नाघ्यो

अन्तराष्ट्रिय
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ३ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ लाख ३५ हजार ३ सय पुगेको हो । त्यस्तै अमेरिकामा एकैदिन १ लाख ४३ हजार ८ सय ६ जनामा संक्रमण देखिएको छ । यसरी अमेरिकामा कोरोना संक्रमतिको संख्या २ करोड ६० लाख ६ हजार ७ सय ६३ पुगेको छ । त्यस्तै अमेरिकामा १ करोड ५७ लाख ५३ हजार ८ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन् भने ९८ लाख १७ हजार ६ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् । ...
इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना

इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना

अन्तराष्ट्रिय, शिक्षा, समाचार
बेलायत सरकारले इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना गर्नु परेको छ। सांसदहरूले विद्यालहरू महिनौंसम्म बन्द रहनसक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो । प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स पार्टीका एक दर्जन सांसदहरूले महामारीका कारण ‘बिर्सिएका पीडित’ का रूपमा विद्यार्थीहरू पर्ने खतरा देखिएको भन्दै विद्यालयहरूलाई शीघ्र पूर्ण रूपमा खोल्नका लागि माग गरेका छन्। समूहमा पूर्व मन्त्री एस्टर म्याकवे र कन्जर्भेटिभ सांसदहरूको प्रभावशाली समितिका प्रमुख ग्राहम ब्रैडीले यस मुद्दामा अभिभावकको दबाब समूह अभियानको समर्थन गरेका छन्। “हामीले आफ्ना बच्चाहरूको निरन्तर कक्षा सञ्चालनमा जोड दिन जरुरी छ,” बेलायतको संसदको शैक्षिक निगरानी समितिका अध्यक्ष तथा सांसद रोब हाफनले ट्वीट्रमार्फत सम्प्रेषण गरेको सन्देशमा...
विश्वमा एकैदिन ४ लाख ३१ हजार ९ सय १२ जनामा कोरोना संक्रमण

विश्वमा एकैदिन ४ लाख ३१ हजार ९ सय १२ जनामा कोरोना संक्रमण

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा एकैदिन ४ लाख ३१ हजार ९ सय १२ जनामा संक्रमण देखिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड २ लाख ५१ हजार ६ सय ५४ पुगेको वल्डोमिटर्सले जनाएको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ९ हजार ३ सय ३० जना संक्रमितको मृत्यु भएको छ । यसरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ३ सय ५७ पुगेको छ । त्यस्तै विश्वमा ७ करोड २२ लाख ४० हजार ७ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छ । ...
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो । ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । मोहमद सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो। त्यसपछि युनाईटेडका लागि ब्रुनो फर्नान्डेस नायक बने ।खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए । अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको स...
बोरिस जोन्सन र जो बाइडेनबीच जलवायु परिवर्तन सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमति

बोरिस जोन्सन र जो बाइडेनबीच जलवायु परिवर्तन सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमति

अन्तराष्ट्रिय, समाचार
 बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तन समेतका जल्दाबल्दा मुद्दाहरुको सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमति भएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुई नेताबीच पहिलो पटक भएको कुराकानीमा यस्तो सहमति जुटेको हो । प्रधानमन्त्री जोन्सनले बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हालेकामा बधाई दिँदै दुबै देशबीचको प्रगाढ सम्बन्धलाई थप उचाईमा पुर्‍याउन कुनै कसर बाँकी नराखिने बताएका थिए । बेलायती अखबारहरुले बाइडेनले फोन सम्पर्क गरेका युरोपका नेतामध्ये बेलायती प्रधानमन्त्री जोन्सन पहिलो युरोपेली नेता रहेको बताएका छन् । बाइडेनले यसअघि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपतिसँग कुराकानी गरेका थिए । यसअघि सन् २०१९ मा राष्ट्रपति बाइडेनले चुनावी प्रचारका क्रममा जोन्सनमाथि व्...
यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित

यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बर्लिन । यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ। बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ। युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो। अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन। संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ। यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ। म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ । गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फ...
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् । बाइडेनले बुधबार मात्रै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका थिए । कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकश्मिक कानून लागु गरिने भएको छ । कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लाग्ने भए पनि अमेरिका यसबाट बाहिरि निस्कने बताए । तर त्यसका लागि नागरिक एकतावद्ध हुनु पर्ने उनले बताएका छन् । ...
अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई दिए निरन्तरता

अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई दिए निरन्तरता

अन्तराष्ट्रिय, समाचार
अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई निरन्तरता दिएका छन। उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन। यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए। सो निर्णयको सर्वत्र आलोचना भएको थियो। वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ। अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन। विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्वन्धलाई जोडेको बताएको हो। ...