बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अन्तराष्ट्रिय

अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डको जित

अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डको जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेल पनि जितेको छ । पहिलो टी ट्वान्टीमा ५३ रनको जित हात पारेको न्युजिल्याण्डले दोस्रो टी ट्वान्टीमा चार रनको जित हात पारेको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले पाँच खेलको टी ट्वान्टीमा २–० को अग्रता लिएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले जित नजिक पुगेपनि लक्ष्य प्राप्त गर्न सकेन । पाहुना टोलि पुरै २० ओभर खेलेर आठ विकेटको क्षतिमा २१५ रन तयार गर्यो । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ७८ रनको योगदान दिए । उनले मात्र ३७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। डेनियल साम्सले १५ बलमा दुई चौका र चार छक्काको सहयोगमा ४१ रनको योगदान गरेर पेभेलियन फर्किनुअघि अष्ट्रेलियाले एक ओभरमा जितका लागि १५ रन आवश्यक थियो । तर अन्तिम ओभरमै मार्कस स्टोइनिस समेत पेभेलियन फर्किदा ...
नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी) को सिफारिश

नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी) को सिफारिश

अन्तराष्ट्रिय, समाचार
नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले सिफारिश गरेको छ। सीडीपीले नेपालको प्रतिव्यक्ति आय, मानव सम्पत्ति तथा आर्थिक जोखिमका सूचकहरुको समीक्षापछि स्तरोन्नतिका लागि सिफारिश गरेको हो । यसमध्ये आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा नेपालले स्तरोन्नतिको मापदण्ड पूरा गरेको छ। यद्यपि, प्रतिव्यक्ति आयमा भने तोकिएको मापदण्ड पूरा भएको छैन। स्तरोन्नतिको तयारीका लागि सीडीपीले नेपाललाई ५ वर्षको अवधि दिने निर्णय गरेको हो । सामान्यतयाः स्तरोन्नति तयारीका लागि ३ वर्षको अवधि दिइने भएपनि नेपालले ५ वर्षको अवधि पाएको छ। जसले गर्दा नेपालले अहिले अति कम विकसित देशका हैसियतले पाइरहेको सुविधा आगामी पाँच वर्षसम्म निरन्तर पाउनेछ। सीडीपीको सिफारिशपछि राष्ट्रसंघीय आर्थिक एवं सामाजिक परिषद् (इकोसोक) र राष्ट्रसंघको महासभा...
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)  मोनाकोसँग २-० गोल अन्तरले पराजित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग २-० गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतवार राति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोल अन्तरले पराजित भएको हो । मोनाकोले पीएसजीलाई उसैको मैदानमा पराजित भएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५१ औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए । जितसँगै मोनाको लिगको चौंथो स्थानमा उक्लिएको छ । मोनाकोले २६ खेलमा ५२ अंक जोडेको छ । पीएसजी भने तेस्रो स्थानमा झरेको छ । पीएसजीले ५४ अंक जोडेको छ । शीर्ष स्थानको लिलको ५८ र दोस्रो स्थानको लियोनको ५५ अंक रहेको छ । एजेन्सी ...
जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर  विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने

जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने

अन्तराष्ट्रिय, समाचार
लण्डन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् । यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेको यस बैठकमा सहभागी भएका जि ७ का नेताहरुको सो धारणा शुक्रवार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । जि ७ द्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ– जि ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक आज भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अ...
म्यानमारका सडकमा सेनाको बख्तरबन्द, इन्टरनेट काटियो, सैन्य दमन नगर्न चेतावनी

म्यानमारका सडकमा सेनाको बख्तरबन्द, इन्टरनेट काटियो, सैन्य दमन नगर्न चेतावनी

अन्तराष्ट्रिय
म्यानमारमा सेनाको कदम विरुद्ध पछिल्ला दिनहरुमा लगातार प्रदर्शन भइरहेका छन् । सैनिक सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै हजारौं वर्मेली नागरिकले दिनहुँ विरोध प्रदर्शनलाई जारी राखेका छन् । गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्दै फ्रेब्रुअरी १ मा म्यानमारमा सेनाले देशको शासन आफ्नो हातमा लिएको छ । निर्वाचनमा आङ साङ सूचीको नेसनल लीग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो । सैन्य कूसँगै नेतृ सुचीसहित एनएलडीका विभिन्न नेता पनि सेनाको नियन्त्रणमा रहेका छन् । लगातार नौ दिनदेखि जारी विरोध प्रदर्शनहरुलाई दबाउन सेनाले ठूलो संख्यामा आफ्नो शक्ति परिचालन गरेको बीबीसीले जनाएको छ । रातको समयमा निषेधाज्ञा जारी गरेपनि त्यसको उल्लंघन गर्दै सर्वसाधारण सेनाको कदमको विरोधमा सडकमा उत्रिएका हुन् । विरोधका गतिविधि नियन्त्रणमा लिने सेनाले रातको समयमा इन्टरनेट ...
हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो

हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो

अन्तराष्ट्रिय
भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । “कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वेटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,” प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनीहरूको शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अङ्ग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अङ्गहरू भेटिएका हुन् । घटनास्थलमा भेटिएका शवहरूको डीएनए परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । हिमपहिरोका कारण अरु झण्डै १५० जना अझै पनि हराइरहेको जनाइएको छ । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । उत...

अफगानिस्तानमा रक्षामन्त्रीका चालक र छोराको हत्या

अन्तराष्ट्रिय
अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रवार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् । देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन । ...
दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

अन्तराष्ट्रिय
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो। दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो। उनीहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो। यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो। उनीहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो। उनीहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका थिए। उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ। यसका...
बीबीसीले प्रसारणसम्बन्धि चिनियाँ कानुनहरुको गम्भिर उल्लंघन गरेको चीनको आरोप,प्रसारण गर्न प्रतिबन्ध

बीबीसीले प्रसारणसम्बन्धि चिनियाँ कानुनहरुको गम्भिर उल्लंघन गरेको चीनको आरोप,प्रसारण गर्न प्रतिबन्ध

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । चीनले बीबीसी वर्ल्ड न्यूजलाई आफ्नो देशमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । चीनको प्रसारण नियामक निकायले बिहीवार बीबीसीको प्रसारणमा रोक लगाइएको घोषणा गरेको हो । बीबीसीले प्रसारणसम्बन्धि चिनियाँ कानुनहरुको गम्भिर उल्लंघन गरेको चीनको आरोप छ । बीबीसीको चीनसम्बन्धि समाचारहरु सत्य र निष्पक्ष नभएको र चीनको राष्ट्रिय हितमा हानी गर्न खोजेको उसको आरोप छ । बीबीसीले कोरोना भाइरस नियन्त्रण र चीनको जातीय अल्पसंख्यक यूगर्सको उत्पीडनको बारेमा गरेको रिपोर्टको चीनले यसअघि देखि नै आलोचना गर्दै आएको थियो । बीबीसीले चीनको यो कदमप्रति दुख व्यक्त गर्दै आफूहरुले विश्वभरका घटनाहरुको सत्य र निष्पक्ष रुपमा रिपोर्ट गर्ने गरेको दाबी गर्दै चीनको आरोपको खण्डन गरेको छ । ...
विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भए

विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भए

अन्तराष्ट्रिय, समाचार
 विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा सात करोड ९२ लाख ७६ हजार पाँच सय ४५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १० करोड ७३ लाख ७६ हजार चार सय ५६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २३ लाख ४८ हजार ६ सय ८४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५६ लाख तीन हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ७७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ७६ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७९ हजार तीन सय ८७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म एक करोड आठ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड पाँच लाख ५९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट...