आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

आजबाट सभामुख र सांसदहरुको कोरोना परीक्षण

आजबाट सभामुख र सांसदहरुको कोरोना परीक्षण

समाचार, स्वास्थ्य
आजबाट सभामुख र सांसदहरुको कोरोना परीक्षण गरिंदैछ । आउँदो बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षण हुनेछ । आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहित अरुको पीसीआर परीक्षण भोलि हुनेछ । ...
काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय

काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय

समाचार, स्वास्थ्य
काठमाडौं निषेधाज्ञाको अवधि थप गरिएको छ। ३ वटै जिल्लाका सिडिओहरुको बैठकले बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यसअघि २ दिन अघि मात्र मन्त्रिपरिषदको बैठकले २ हप्ता निषेधाज्ञा थप गर्न प्रशाशनलाई निर्देशन दिएको थियो। यसको साथै आजको बैठकले उपत्यकामा बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ। साँझ पसल खोल्न नपाईने भएको छ। नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो। सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोली राति १२ बजे सकिदैछ। अब हुने निषेधाज्ञा थप कडा हुने जनाइएको छ। ...
अक्सिजन सिलिन्डरको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने

अक्सिजन सिलिन्डरको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उनले भने, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो ।” मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड)नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्न...
सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई कोरोना संक्रमितको उपचारमा खटाउने

सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई कोरोना संक्रमितको उपचारमा खटाउने

समाचार, स्वास्थ्य
कोरोना संक्रमितको संख्या थेग्न नसक्नेगरि बढ्न थालेपछि सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई उपचारमा खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णय सार्वजनिक गर्दै मेडिकल कलेजहरुलाई र विश्व विद्यालयहरुलाई यस्तो व्यवस्था मिलाउन भनेको हो ।  अब यसअघि पीसीआर परिक्षणमा लगाउँदै आएका बन्देजहरु पनि स्वास्थ्य मन्त्रालयले खोलेको छ । विदेश जानेहरु पीसीआर परिक्षण गर्न केहि निश्चित अस्पतालहरुको नाम सहितको सूची नै सार्वजनिक गरेको मन्त्रालयले अब न्युनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर परिक्षण केन्द्रलाई समेत विदेश जानेको पीसीआर गर्न अनुमति दिएको छ ।  त्यसैगरि, मन्त्रालयले ए वर्गमा पर्ने सबै प्रयोगशालाहरुको पीसीआर रिपोर्टलाई पनि विदेश जाने प्रयोजनका लागि मान्यता दिने जनाएको छ । हाल अध्ययन विदामा रहेका सबै स्वास्थय कर्मीहरुलाई आ–आफ्नो दर...
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दैनिक संक्रमित भेटिनेमा यो संख्या हालसम्मकै धेरै हो। यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको। आज थपिएका मध्येकाठमाडौं उपत्यकामा मात्रै २४९५ कोरोना संक्रमित छन्। काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ कोरोना संक्रमित थपिएका हुन्। यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। मन्त्रालयका अनुसार देशभर ४० हजार ...
विभिन्न २३ जिल्लामा निषेधाज्ञा जारी

विभिन्न २३ जिल्लामा निषेधाज्ञा जारी

समाचार, स्वास्थ्य
सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ। त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ। केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ। आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८ र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो। सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत,...
काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकोले संवेदनशील हुन  स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकोले संवेदनशील हुन स्वास्थ्य मन्त्रालयको अपील

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको जनाएको छ। कोरोना फैलिएका जिल्लाका अस्पतालहरुमा बेड नरहेकोले संवेदनशील हुन पनि स्वास्थ्य मन्त्रालयको अपील गरेको छ। मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेका हुन। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचार गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ...
गत २४ घण्टामा विश्वभरमा ८ लाख ७५ हजार १ सय ४६ जना कोरोनाका संक्रमित थपिए

गत २४ घण्टामा विश्वभरमा ८ लाख ७५ हजार १ सय ४६ जना कोरोनाका संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
गत २४ घण्टामा विश्वभरमा ८ लाख ७५ हजार १ सय ४६ जना कोरोनाका संक्रमित थपिएका छन्। तथ्यांक अनुसार सबैभन्दा बढी भारतमा पौने ४ लाख भन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन। भारतमा गत २४ घण्टामा ३ लाख ८६ हजार ८ सय २९ जना कोरोनाका संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ८७ लाख ५४ हजार ९सय २५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ५ सय बढीले कोरोनाका कारण ज्यान गुमाए भने हालसम्म कोरोनाबाट २ लाख ८ हजार ३ सय १३ जनाको मृत्यु भइसकेको छ। भारतपछि ब्राजिलमा कोरोनाका संक्रमित थपिएका छन्। ब्राजिलमा गत २४ घण्टामा ६९ हजार ७९ कोरोनाका संक्रमित थपिएका छन्। ३ हजार बढीले ज्यान गुमाएका छन् भने कोरोनाको थपिएका संक्रमित सँगै ब्राजिलमा १ करोड ४५ लाख ९२ हजार ८ सय ९६ जना कोरोनाका संक्रमित रहेका छन्। सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा पछिल्लो समय कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। ...
कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित

कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित

समाचार, स्वास्थ्य
 कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित भएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गतेदेखि स्थगित गर्ने निर्णय गरेको हो । यस अघि आज वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर सन्चालन गर्ने भनिएकोमा केही समयको लागि स्थगित गर्ने निर्णय भएको हो । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित भएको जनाइएको छ । आठ लाख डोज भेरोसेल खोप चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो । ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन

समाचार, स्वास्थ्य
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए । आज एकै दिन चार हजार ५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ । मन्त्रालयले आजै कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको थियो ...