शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिए,६,८९८ जनाले कोरोनालाई जिते

पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिए,६,८९८ जनाले कोरोनालाई जिते

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिएका छन्। त्यस्तै सोही अवधिमा थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ। कुल २०,१६५ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०१८ एन्टिजन परीक्षण हो जसबाट ८०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। सो अवधिमा परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा सङ्क्रमण देखिएको छ। आज थप ६,८९८ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ। ...
चीनबाट कोरोना विरुद्धको ९ लाख खोप नेपाल आउँदै

चीनबाट कोरोना विरुद्धको ९ लाख खोप नेपाल आउँदै

समाचार, स्वास्थ्य
आज चीनबाट कोरोना विरुद्धको ९ लाख खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख चीनको राजधानी बेइजिङबाट र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउँदै छ । ८ लाख खोप लिएर नेपाल एयरलाइन्सको चार्टर विमान २ बजेसम्म काठमाडौं आउनेछ । खोप लिन सोमबार राति ११ बजे बेइजिङका लागि विमान उडेको थियो । त्यस्तै तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने छ । अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनसार चीनबाट अनुदानमा प्राप्त उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइनेछ । तर कुन उमेर समूहलाई खोप दिने भन्ने बारे निर्णय भएको छैन । ...
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै

समाचार, स्वास्थ्य
पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ। पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ। यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ। यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो। जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए। सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो। जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा ...
नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १९ हजार ८ सय ४६ जनाको पीसीआर रिपोर्ट परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन। सोही अवधिमा ७,१३५ जनाले कोरोनालाई परास्त गरेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा १८५ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रिमतको संख्या १ लाख १५ हजार ४ सय ४७ जना रहेका छन्। आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा धेरै छन्। उपत्यकामा एकैदिन दुई हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो। जस मध्ये काठमाडौंका एक हजार ८ सय ६ रहेका छन्। यस्तै, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ६ सय ८१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...
नेपालमा अहिले १ हजार ७४८ संक्रमित आईसीयूमा उपचाररत

नेपालमा अहिले १ हजार ७४८ संक्रमित आईसीयूमा उपचाररत

समाचार, स्वास्थ्य
कोरोना संक्रमित बिरामीलाई अक्सिजनको कमी हुने क्रम बढ्दै गएसँगै भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय अस्पताल आउने अधिकांश संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउँदै आएका छन् । हाल नेपालमा ४९२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १ हजार ७४८ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् । मन्त्रालयका अनुसार प्रदेश–१ मा ५६, प्रदेश–२ मा ५१, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३१४ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ३६, लुम्बिनीमा–१५, कर्णालीमा–८ र सुदूरपश्चिममा १२ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ९४० उपचाररत छन् । प्रदेश १ मा १९१, प्रदेश २ मा २२५, गण्डकी प्रदेशमा १३३, लुम्बिनीमा १५३, कर...
काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षण तीव्र

काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षण तीव्र

समाचार, स्वास्थ्य
हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ । स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ । कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भने, “परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न...
हाल काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७४

हाल काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७४

समाचार, स्वास्थ्य
 काठमाडौं उपत्यकामा संक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७४ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंमा सबैभन्दा धेरै २८ हजार ५२७, ललितपुरमा ७ हजार १७१ र भक्तपुरमा ५ हजार ७६ सक्रिय संक्रमित छन् । हालसम्म यी तीन जिल्लामा एक हजार ७४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा धेरै काठमाडौंमा एक हजार १८९ संक्रमितको मृत्यु भएको छ भने ललितपुरमा ३१८ र भक्तपुरमा ३२५ को मृत्यु भइसकेको छ । हाल यी तीन वटै जिल्लामा स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका छन् । हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १३ हजार ४८० रहेको छ । मृत्यु हुने...
स्वास्थ्य मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध

स्वास्थ्य मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो । मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारणले धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई मन्त्रालयको सिफारिसविना अस्पताललाई ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेका हुन । “कोभिड–१९ महामारीको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको सन्र्दभमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्...
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् । ...
काठमाडौँ उपत्यकामा आज ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा आज ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा आज एकैदिन ८ हजार बढी संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६५९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मको उच्च हो। यस्तै काठमाडौँ उपत्यकामा आज ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन्। यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ...