आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

अदुवाको औषधीय गुण

अदुवाको औषधीय गुण

समाचार, स्वास्थ्य
हाम्रो भान्सामा दैनीक जसो हामी अदुवा प्रयोग गर्छौं । अदुवाको प्रयोगले हाम्रो खाना मिठो तथा स्वादिलो बनाउँदछ । अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौ । तर हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ । यस आलेखमा अदुवाको औषधीय गुणको बारेमा प्रस्ट पार्न खोजिएको छ । १ खाना खानु अघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,भुँडीमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पस्चात् एक टुक्रा अदुवा खाने गरे अरोचक रोग आउँदैन । २ अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग,कफ बिकार,मन्दाग्नि,रुघा,अमन हुने,वातज अण्डवृद्धि र सास बढ्ने रोगमा लाभ हुन्छ । ३.कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा,खक्खरमा मिलाएर खानाले अजीर्णमा,पुरानो गु...
थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

समाचार, स्वास्थ्य
 मंगलबार नेपालमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ। यस्तै हालसम्म ६१६ जना क्वारेन्टिनमा रहेका छन् । ...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

समाचार, स्वास्थ्य
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ नजाको निधन भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको हो।  पछिल्लो २४ घण्टामा नेपालमा थप १४७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ छ। जसमध्ये २ लाख १४ हजार ५२१ निको भएका छन् भने १७ हजार ४२३ संक्रिय संक्रमित छन्। ...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार् दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४०४ जना निको भएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण देशभर थप २५ जनाको मृत्यु भएको छ । ...
दु:खमा मलम लगाउने सहयोगी सुवास न्यौपाने, जसले सदालाई संसार देख्ने बनाए

दु:खमा मलम लगाउने सहयोगी सुवास न्यौपाने, जसले सदालाई संसार देख्ने बनाए

समाचार, स्वास्थ्य
सिरहा, १३ मंसिर - नेपालमा कोभिड–१९ को बढदो संक्रमण र मृत्युको खबरले लगभग सात महिना नेपाली जनजीवन नराम्ररी प्रभावित बन्यो । आर्थिक–सामाजिक सम्बन्धहरू तहसनहस भए । एकै घरका दुई भन्दा बढिको कोरोना संक्रमणकै कारण मृत्यु भएको खबर पनि सार्बजनिक भए । जसले मानिसहरुमा त्रासदी निम्त्यायो । घरघरका संकट त कति हो कति, लेखा जोखा गरेर साध्य नै छैन । आमनागरिकलाई महामारीबाट जोगाउन र अहिलेका संकट पार लगाउन सरकार करिब–करिब असफलजस्तै देखियो । तर यस्तोमा पनि समाजका केहि ब्यक्तिले भने कोरोनाको महामारी नभनि आफ्नै पेशा तथा कर्ममा तल्लिन रहे । मानव सेवामा समर्पित हुँदै दु:खको घडीमा मलम लगाउन कम्मर कसेर लाग्नेहरुको जमात पनि भेटिए । यिनै मध्ये एक पात्र हुन काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका ६ का सुवास न्यौपाने । न्यौपानेले चौतर्फी नकारात्मक खबरका बीच गरिब तथा असायहरुको सेवा गर्दै उनले समाजमा सकारात्मक...
काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७९ महिला र ४४३ पुरुष गरि जम्मा ८२२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ रहेको छ । संक्रमित मध्ये दुई लाख ९ हजार ४३५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ । पछिल्लो २४ घण्टामा १२३६ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।  त्यस्तै, काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ । जसमा ७८ हजार १६२ जना निको भएर घर फर्किसकेका छन् भने ७ हजार ८६७ जना उपचाररत छन् । अहिलेसम्म काठमाडौंमा ३४२ जनाको कोरोनाबाट ज्यान गइसकेका छ ।  त्यसैगरि, भक्तप...
शुक्रबार नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

शुक्रबार नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 शुक्रबार नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार २३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४३५ पुगेको छ। यस्तै हालसम्म ६०१ जना क्वारेन्टिनमा रहेका छन् । ...
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड,१४ लाखको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड,१४ लाखको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड पार भएको छ। ती मध्ये १४ लाखको मृत्यु भइसकेको छ। पछिल्ला दिनको कोरोना तीव्र गतिमा फैलिइरहेको छ। सेप्टेम्बरसम्म विश्वभर दैनिक ३ लाखसम्म संक्रमित भेटिने गरेका थिए, तर अहिले दैनिक ६ लाखभन्दा धेरै संक्रमित थपिने गरेका छन्। अमेरिका, ब्राजील, फ्रान्स तथा रुससहित ५४ देशमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। त्यसको सबैभन्दा धेरै अमेरिका, युरोप र एशियाली मुलुकमा परेको छ। भारतमा पनि दोस्रो लहरको असर सुरु भएको छ। विगत तीन दिनमा भारतमा निको हुने संक्रमितको संख्या बढेको थियो। तर अहिले फेरि संक्रमितको दर बढ्न थालेको छ।१७ नोभेम्बर २०१९ मा चीनको वुहान शहरमा ५५ वर्षीय एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। १७ नोभेम्बर देखि ३१ नोभेम्बरसम्म तीनमा कन्तिमा पनि ५६६ जना कोरोनाको चपेटामा आएका थिए। २०२० को शुरुवातमा विश्वका कयौं देशमा कोरोना फैलिइसकेको पुष्टि भएको थियो...
२४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि,२८ जनाको मृत्यु

२४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि,२८ जनाको मृत्यु

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३८९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १४० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ९० हजार ५०९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६६९ रहेको छ । ...
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३६१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७९१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ८१ हजार २९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२७ रहेको छ । ...