आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

आज जनै पूर्णिमा रक्षाबन्धन, देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

आज जनै पूर्णिमा रक्षाबन्धन, देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

समाचार, समाज
काठमाडाैं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानव...
वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

समाज, स्वास्थ्य
वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ। नारायणी बयोधा अस्पतालमा मृत्यु ती महिलाको शुक्रबार दिउँसो मृत्युको थियो। स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ ५० वर्षीर्या ती महिलाको मृतयुपछि कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनायो। ती महिलाको शुक्रबार स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो। उनको शुक्रबार बिहान १0 बजे मृत्यु भएको र रिपोर्टभने राति मात्रै आएको अस्पताल स्रोतले बतायो। पछिल्लो दुई दिनमा वीरगन्जमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको थियो। ...
गुल्मीको रुरुक्षेत्रमा पहिरोमा पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

गुल्मीको रुरुक्षेत्रमा पहिरोमा पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

समाचार, समाज
गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा रूरूक्षेत्र ५ बम्घा आटीपाटाकी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो। ‘गए राति करिब आठ बजेको घटना हो,’ गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले भने, ‘आमा र छोराछोरीसहित परिवारका चारै जनाको घटनास्थलमै मृत्यु भएको छ।’ बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन्। उद्धारका इलाका प्रहरी कार्यालय रिडी र जुहाङबाट प्रहरी टोली राति नै घटनास्थलमा पुगेको एसपी खड्काले जानकारी दिए। ...
जिल्ला प्रशासन काठमाडौंले भिडभाड कम गर्न ल्यायो नयां नियम

जिल्ला प्रशासन काठमाडौंले भिडभाड कम गर्न ल्यायो नयां नियम

समाचार, समाज
कोरोनाभाइरस जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ। सामाजिक दूरी कायम गर्न भन्दै कार्यालयले साउन १८ गतेदेखि लागू हुने गरी नयाँ नियम ल्याएको हो। जसअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ। त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्। बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन्। शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। तोकिएका बार मिलाएर म...
रातको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिने क्रम बढ्यो

रातको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिने क्रम बढ्यो

समाचार, समाज
बारा – रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका वडा नं १०, मटिअर्वा टोलका रामायाण पडितले बताए । यसरी भारतबाट आउनेहरु बारा जिल्लाको पूर्वमा सिम्रौनगढ, पचरौता नगरपालिका, सुर्वण, फेटा र बिश्रामपुर गाउँपालिकाको दक्षिणी भागमा पर्ने खुला सीमाबाट नेपाल प्रवेश गर्छन् । दिउँसो कम देखिए पनि राति धेरै सङ्ख्यामा ओहोरदोहोर गर्ने गरेको सिम्रौनगढ नगरपालिकाका जयप्रसाद कुशवाहाले जानकारी दिए । भारतीय नागरिक लुकिछिपी बारा, पर्सामा आउने, चुपचाप बस्ने र उद्योग कारखानामा काम गर्ने बताइएको छ । यो क्रम बढ्दै गएपछि अहिले पथलैय...
कालापानी क्षेत्र नेपालकै हो, त्यहाँ नेपालीलाई अवरोध नहोस्

कालापानी क्षेत्र नेपालकै हो, त्यहाँ नेपालीलाई अवरोध नहोस्

समाचार, समाज
काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपालीहरुले ‘घुसपैठ’ गरेको भन्दै भारतले पठाएको पत्रको नेपालले कडा जवाफ फर्काएको छ। भारतको धार्चुला जिल्लाका सहायक जिल्ला अधिक्षकले दार्चुला जिल्ला प्रशासनलाई गएको जुलाई १४ मा पत्र लेखेर ती भूमिमा नेपालीहरु प्रवेश गरेको भन्दै त्यसलाई रोक्न भनेका थिए। त्यसको जवाफ दिँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले ती भूमि नेपालकै भएकाले नेपालीहरु त्यहाँ जानु स्वभाविक भएको बताएका छन्। भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर नेपालले नयाँ नक्सा जारी गरिसकेको छ। तर, भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ। नेपालले नयाँ नक्सा जारी गरेपछि दार्चुलामा भारतीयहरुले विभिन्न अवरोध गर्दै आइरहेका छन्। त्यसैक्रममा भारतीय अधिकारीले पत्र लेखेका थिए। तर, नेपालले आफ्नो भूमिमा नेपालीहरु ज...
ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

समाचार, समाज
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका-३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते अन्दाजी ३१ वर्षीय पुरुषको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन। पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ४ ख ४१५५ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना ४७ प ६१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेका प्रहरीको भनाई छ। रासस ...
गण्डकी प्रदेशमा बाढी पहिरोका कारणबाट ७८ को मृत्यु

गण्डकी प्रदेशमा बाढी पहिरोका कारणबाट ७८ को मृत्यु

समाचार, समाज
कास्की- गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएता बाढी पहिराका कारणबाट ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ४० महिला र ३८ पुरुष छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गतवैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन् । प्रदेशका ११ जिल्लामध्ये बाढी पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । म्याग्दीमा १६ महिला र १५ पुुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन् । त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु तथा एक बेपत्ता छन् । कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी पहिराका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन् । गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर...
विराटनगरमा आज देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

विराटनगरमा आज देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

समाचार, समाज
मोरङको विराटनगर महानगरपालिकाले आज सोमबार देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। मेयर भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो। नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ। बैठकले उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी थप नगरभित्र थप कडाइ गर्ने निर्णयसमेत गरेको छ। प्रदेश १ मा आइतबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा संक्रमण देखिएको हो। ...
नेपाल जेसिस क्षेत्र (ग) वर्ष २०२०का शाखा अध्यक्षहरुको भेला सम्पन्न

नेपाल जेसिस क्षेत्र (ग) वर्ष २०२०का शाखा अध्यक्षहरुको भेला सम्पन्न

समाचार, समाज
काठमाडौं, ११ साउन । नेपाल जेसिसको आयोजना तथा भक्तपुर लेडी जेसिस शाखाको उपस्थितिमा नेपाल जेसिस अन्र्तगत क्षेत्र (ग) वर्ष २०२० का शाखा अध्यक्षहरुको भेला सम्पन भएको छ । प्रमुख जिल्ला अधिकारी हुम कला पाण्डेको उपस्थिति तथा नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष अनवर हुसैनको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो । नेपाल सरकारद्वारा जारी स्वस्थ्य मापदण्ड भित्र रहेर भौतिक दूरी कायम गरी उक्त भेला आयोजना गरिएको थियो । उक्त भेलालाई सम्बोधन गर्दै भक्तपुर लेडी जेसिसकी संस्थापक अध्यक्ष विद्या राजभण्डारीले शुभकामना मन्तव व्यक्त गरेकी थिइन् । शाखा अध्यक्षहरुको भेलाबाट विभिन्न निर्यणहरु पारित गरिएको छ । नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष धिरज शाही र शिव प्रसाद भुसाल तथा राष्ट्रिय कार्यकारी उपाध्यक्ष गोकुल सापकोटाको समेत उपस्थिति रहरेको थियो । ...