आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

राजश्व छलीमा संलग्न रहेको आरोपमा काठमाडौँबाट दुई जनालाई पक्राउ

राजश्व छलीमा संलग्न रहेको आरोपमा काठमाडौँबाट दुई जनालाई पक्राउ

समाचार, समाज
राजश्व छलीमा संलग्न रहेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । भन्सार छली चोरी निकासी गरी सुनको कारोबार गरेको भन्ने विशेष सूचनाका आधारमा महाशाखाबाट अनुसन्धानमा खटिएको प्रहरी टोलीले सिनामङ्गल र कोटेश्वरबाट उनीहरुलाई पक्राउ गरेको हो । शुक्रबार सिनामङ्गलस्थित गोल्डेन गेट अगाडिबाट रामेछापका गङ्गाबहादुर थापा मगरलाई पक्राउ गरिएको र उनको बयानका आधारमा आज कोटेश्वरबाट कुमार सेन्चुरी पक्राउ परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उनीहरुलाई थप कारबाहीका लागि आजै राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । सिनामङ्गलमा शङ्कास्पद अवस्थामा फेला परेका थापासँग रहेको झोला जाँच गर्दा स्रोत नखुलेको रु ११ लाख ८६ हजार फेला पारेको प्रहरीले जनाएको छ । उनीमाथिको अनुसन्धानका क्रममा भन्सार छलेर सुनको बाला ल्याई कोटेश्वरमा रहेको स...
द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल आएको:चीनका रक्षामन्त्री वेइ फेङ्हे

द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल आएको:चीनका रक्षामन्त्री वेइ फेङ्हे

समाचार, समाज
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे। चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पु-याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए। “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो”, कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने। रक्षामन्त्री वेइलाई गृह...
सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार गर्ने

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार गर्ने

समाचार, समाज
सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार गर्ने भएको छ। रकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीन तथ्यका आधारमा तयार पारिएकोले अस्वीकार गर्ने जनाएका छन्। प्रवक्ता गुरुङले सन् २०१८ को ट्रान्सपेरन्सीकै प्रतिवेदनले नेपाल १२४ औं स्थानमा रहेका देखाएको र अर्को वर्ष ११ स्थान माथि उक्लँदै ११३ औँ स्थानमा रहेका देखाएको बताए। उनले सरकार भ्रष्टाचार निवारणमा सरकार लागिरहेको भन्दै एक वर्षमै नेपालमा यति धेरै भ्रष्टाचार भयो भन्ने कुरा आफैँमा विवादित भएको बताए। सरकारले ट्रान्सपरेन्सी नेपालका अध्यक्ष खेमराज रेग्मीसहितको भूमिकामा पनि प्रश्‍न उठाएको छ। ‘ट्रान्सपरेन्सी नेपालमा आवद्ध व्यक्तिको राजनीतिक पृष्ठभूमिबारे प्रश्‍न उठाउनुपर्ने भएको छ। ट्रान्सपरेन्सी नेपाल प्रमुख खुलेआम दलीय राजनीतिमा लागेका छन्। उन...
काठमाडौं जेसीजको निर्वाचन सम्पन, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

काठमाडौं जेसीजको निर्वाचन सम्पन, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

समाचार, समाज
काठमाडौं, आइतबार, १४ मङ्सिर २०७७ । काठमाडौं जेसीजको निर्वाचन सम्पन्न भएको छ । शनिवार सम्पन निर्वाचबाट बर्ष २०२१ का लागि जेसी कैलाश श्रेष्ठ निर्वाचित भएका छन् । कुलेश्वर स्थित स्टार फुड ल्याण्डमा भएको शाखाको ३८ औं अधिवेशन तथा ५० औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरु चयन गरेको हो । अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझा, जेसी श्यामकुमार घिमिरे, जेसी रामेश्वर सिंखडा, महासचिवमा जेसी निरोज खतिवडा , कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्कालाई चयन गरेको छ । सदस्यहरुमा जेसी बिनोद तिमिल्सिना, जेसी समिप खनाल, जेसी पुरुषोत्तम पौडेल, जेसी गोविन्द ओझा, जेसी प्रचण्ड भूर्तेल र जेसी नकुल अर्याल निर्वाचित एवं मनोनीत भएका छन् । निर्वाचनमा सिनेटर दिपक भण्डारीले निर्वाचन अधिकृतको रुपमा काम गरेका थिए । काठमाडौं जेसीज न...
काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै

काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै

समाचार, समाज
काठमाडौं, शुक्रबार, १२ मंसिर २०७७ । काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा सम्पन्न हुँदैछ । शनिवार हुने निर्वाचनको लागि शुक्रबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।काठमाडौं जेसीसको एक ब्यक्ति एक पद एक बर्षको नीतिलाई निरन्तरता दिदै २०२१ का लागि उम्मेदवारी घोषण तथा उम्मेदवार तालिम कार्यक्रम शुक्रबार नै सम्पन्न भएको छ । २०२१ का लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । साथै ईभिपी कार्यकारीणी उपाध्यक्षको ४ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, ४ भिपी पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । २०२१ काठमाडौं जेसीसको चुनाव भोलि शनिबार मंसिर १३ गते कुलेश्वर स्थित स्टार फुडल्यान्ड हुने २०२१ का लागि ईभिपीका उम्मेदवार रामेश्वर सिंखडाले जानकारी दिएका छन् । ...
हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थाले

हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थाले

समाचार, समाज
हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएको छ । उक्त घट्नामा परी झण्डै  एक करोड बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौमतले जानकारी दिए । प्राप्त जानकारीअनुसार पछिल्लो २४ घण्टामा सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, ललितपुर, धनुषा, धनकुटार र महोत्तरीमा आगलागीका घटना भएको छ । त्यसमध्ये सोलुखुम्बुमा पढ्ने क्रममा आगलागी हुँदा एक बालिका घाइते नै भएकी छिन् । केही ठाउँमा ग्यास चुहिएर त केही स्थानमा विद्युत् चुहिएर आगलागी भएको छ भने कतिपय स्थामा चुलोबाट आगो सल्किएको छ । दाङमा भने ट्रकमा विद्युत्को तारले छोएर आगलागी भएको र झण्डै रु ७० लाखको क्षति भएको जनाइएको छ । तेह्रथुमको आठराइस्थित एक घरमा आगलागी हुँदा १५ लाखको क्षति भएको जना...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी बनाइँदै

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी बनाइँदै

समाचार, समाज
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलको लगानी मोडालिटी सम्बन्धमा साता दिनभित्र छलफल गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज मन्त्रालयमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने र सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकेको छ। वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, लगानी बोर्ड र प्राधिकरणका सम्बद्ध पदाधिकारीसँग छलफल गरी एक वर्षको कार्यतालिकासहितको ठोस कार्ययोजना बनाई पेश गर्न पनि बैठकले...
नेपालमा भाषाको संख्या थप ८ वटा बढेको एक सरकारी अध्ययनले देखाएको छ

नेपालमा भाषाको संख्या थप ८ वटा बढेको एक सरकारी अध्ययनले देखाएको छ

समाचार, समाज
नेपालमा भाषाको संख्या बढेको एक सरकारी अध्ययनले देखाएको छ। भाषा आयोगले गरेको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो। योसँगै नेपालमा बोलिने भाषाको संख्या १ सय ३१ पुगेको छ। जनगणना २०६८ को तथ्यांकअनुसार यसअघि नेपालमा भाषाको संख्या १ सय २३ मात्रै थियो। संघीयता कार्यान्वयसँगै मुलुकमा बोलिने भाषाहरूको संरक्षण, संवर्द्धन तथा संघ, प्रदेश र स्थानीय तहमा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा निर्धारणका लागि सिफारिस गर्न सरकारले आयोग गठन गरेको थियो। आयोगले गरेको अध्ययनले राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक-याक्खा, नावा शेर्पा भाषा नेपालमा बोलिने थप भाषा भएको देखाएको छ। आयोगले गरेको अध्ययनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएको छ। यो आयोगको चौथो वार्षीक प्रतिवेदन हो। ‘नेपालमा बोलिने केही थप भाषाहरूको सम्बन्धमा जानकारी प्राप्त भएको छ,’ भाषा आयोगको प्रतिवेद...
नेपाल–भारत सीमा सुरक्षा संयन्त्र दह्रो भयो,सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थाले

नेपाल–भारत सीमा सुरक्षा संयन्त्र दह्रो भयो,सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थाले

समाचार, समाज
इलाम। दुई वर्षअघिसम्म नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो। आफैंले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय (एसएसबी)को गाली खानुपर्यो। भारततर्फ बाक्लो सुरक्षा रहे पनि नेपालमा सुरक्षा निकाय नहुँदा यस क्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै रहनुपथ्र्यो तर अब भने सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थालेका छन्। नेपालतर्फ पनि ठाउँठाउँमा सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि पुराना समस्या हल हुने स्थानीयवासीको अनुमान छ। हुन पनि सीमावर्ती क्षेत्रमा पाँच महिनाको अवधिमा पाँचवटा बिओपी स्थापना गरिएको छ। सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अघिल्लो वर्ष नै बिओपी स्थापना भएको थियो भने कालपोखरी, छब्बिसे, सलकपुर, समाल्बुङ र जौबारीमा बिओपी स्थापन...
सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुरु

सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुरु

समाचार, समाज
सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आजदेखि शुरु हुने भएको छ । शुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले जानकारी दिए । गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम शुरु गर्न लागेको उनले बताए । सिन्धुपाल्चोकमा यस वर्ष लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गरेका थिए । उनले सङ्घ र जि...