बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार गर्ने

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार गर्ने भएको छ।

रकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीन तथ्यका आधारमा तयार पारिएकोले अस्वीकार गर्ने जनाएका छन्।

प्रवक्ता गुरुङले सन् २०१८ को ट्रान्सपेरन्सीकै प्रतिवेदनले नेपाल १२४ औं स्थानमा रहेका देखाएको र अर्को वर्ष ११ स्थान माथि उक्लँदै ११३ औँ स्थानमा रहेका देखाएको बताए।

उनले सरकार भ्रष्टाचार निवारणमा सरकार लागिरहेको भन्दै एक वर्षमै नेपालमा यति धेरै भ्रष्टाचार भयो भन्ने कुरा आफैँमा विवादित भएको बताए।

सरकारले ट्रान्सपरेन्सी नेपालका अध्यक्ष खेमराज रेग्मीसहितको भूमिकामा पनि प्रश्‍न उठाएको छ।

‘ट्रान्सपरेन्सी नेपालमा आवद्ध व्यक्तिको राजनीतिक पृष्ठभूमिबारे प्रश्‍न उठाउनुपर्ने भएको छ। ट्रान्सपरेन्सी नेपाल प्रमुख खुलेआम दलीय राजनीतिमा लागेका छन्। उनको दलीय आवद्धता प्रष्ट हुनुपर्छ।’ प्रवक्ता गुरुङले भने, ‘ट्रान्सपरेन्सी नेपालले कसरी यस्तो रिपोर्ट ल्यायो? हामी यसलाई खारेज गर्छौं।’

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *