आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुँदा जहाजमा यात्रुको चाप

नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुँदा जहाजमा यात्रुको चाप

समाचार, समाज
 नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढेको छ। पहिरोका कारण पटकपटक अवरुद्ध हुने समस्याले जहाजमा यात्रुको चाप बढेको हो।  भरतपुरबाट काठमाडौं जानका लागि अहिले बुद्ध एयरले मात्रै उडान भरेको छ। बुद्धले ४७ सिट क्षमताको दैनिक तीन वटा उडान भर्छ। यात्रुको चापले बिहीबारसम्म अग्रिम बुकिङ भएको छ। यात्रुहरू टिकटका लागि विमान कम्पनीको कार्यालयमा ताकेता गर्छन्।  भरतपुर अस्पतालमा कार्यरट गोपाल पौडेलले टिकट नपाँउदा समस्या भएको बताए। ‘जरुरी परेर काठमाडौंबाट मान्छे आउनुपर्ने थियो, टिकट नपाउँदा आफन्त चितवन आउन पाएका छैनन्।’ तीन दिनमा पनि नपुग्ने बाटोको अवस्था भए पनि जहाजमा टिकट नपाउँदा हैरानी भएको बताए।  अन्यत्र जिल्लाबाट काठमाडौं जानरआउनेहरू जरुरी परेपछि जहाजमा जान खोज्छन्। जिल्लाबाटै पनि काठमाडौंका लागि सहज यात्रा गर्न खोज्छन्। तर उडान कम भएकै कारण ...
पशुपतिनाथ मन्दिर यस वर्षको साउन महिनामा पनि नखुल्ने

पशुपतिनाथ मन्दिर यस वर्षको साउन महिनामा पनि नखुल्ने

समाचार, समाज
यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि पनि खोल्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।   वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।  कोषका सदस्य सचिव डा प्रदीप ढकालले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए । साउन भगवान् शिवको प्रिय महीना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शकका लागि आउने गर्छन् ।  गत वर्ष पनि साउन महिनामा कोर...
आजदेखि निषेधाज्ञा थप खुकुलो, उपत्यकामा यातायातमा जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने

आजदेखि निषेधाज्ञा थप खुकुलो, उपत्यकामा यातायातमा जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने

समाचार, समाज
आजदेखि थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।   उनका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाइने छैन । यातायात सञ्चालनमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने छ । स्थानीय प्रशासनको अनुमति लिएर विशेष कामका लागि बाहिरका गाडीसमेत उपत्यका भित्रिन पाउने आदेशमा उल्लेख छ ।   आज असार २२ गते बिहानबाट लागू हुने आदेशमा सबै प्रकारका व्यवसाय खुला गरिने उल्लेख छ । आज उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त बैठकले सो आदेश जारी गरेको छ । बैठकले सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगाय...
जारी निषेधाज्ञा थप गर्ने तयारी,थप छलफल गर्न बैठक बस्दै

जारी निषेधाज्ञा थप गर्ने तयारी,थप छलफल गर्न बैठक बस्दै

समाचार, समाज
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जारी निषेधाज्ञालाई थप गर्ने तयारी गरिएको बताएका हुन् ।   प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘निषेधाज्ञाबारे थप छलफल गर्न आज साँझ ५ बजे बैठक बस्दैछ । एक साता निषेधाज्ञा लम्ब्याउने तयारी थलिएको छ ।’ अबको निषेधाज्ञामा साना गाडी सञ्चालन हुन्छन् भन्ने प्रश्नमा निरौला भन्छन्, ‘साना गाडी सञ्चालन गर्न दिने तयारीमा ललितपुर प्रशासन चाँही छैन । अबको लकडाउनमा केके खुल्न दिने भन्ने विषयमा हामीले छलफल गर्न पाएका छैनौँ । काठमाडौंको प्रमुख जिल्ला आधिकारीले बैठक बोलाउनु भएको छ आज थप निर्णय गर्दैछौँ ।’   कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटकको निषेधाज्ञा भने कहि खुकुलो पारेर थप गरिएको ...
असहायसँगै बजगाईको जन्मदिन

असहायसँगै बजगाईको जन्मदिन

समाचार, समाज
नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक, राम्रो सन्देश डट कमका प्रधान सम्पादक एवं अग्रज पत्रकार नवराज बजगाईले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन असाहयलाई सहयोग गरेर मनाएका छन । उनले शुक्रबार आफ्नो जन्म दिन काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असहायसँगै रहेर मनाएका हुन । सेवा घरमा रहेका ३३ जना असहायलाई खाना खुवाएर शुरु गरिएको कार्यक्रममा बजगाईले कोभिड–१९ का कारण सबै क्षेत्र मारमा परेकाले यस्ता सेवा घरहरुमा आउने सहयोगी पनि कम हुने हुदाँ यहाँ रहेकाहरुमा समस्या नहोस भनेर थोरै भएपनि सहयोग गरेको बताए । यो देखेर अरुपनि सहयोगीहरु आउन सक्छन भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बताए । आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै म...
सरकारको विपद्बाट हुने जोखिम र क्षति कम गर्न भन्दै विपद् प्रतिकार्य योजना पास

सरकारको विपद्बाट हुने जोखिम र क्षति कम गर्न भन्दै विपद् प्रतिकार्य योजना पास

समाचार, समाज
 भारी बर्षाका कारण मुलुकभर बाढी पहिरोको विपत्ति आइलागेका बेला सरकारले मनसुनको समयमा विपद्बाट हुन सक्ने घटनाको न्यूनीकरणका लागि ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पास गरेको छ। सरकारले विपद्बाट हुने जोखिम र क्षति कम गर्न भन्दै विपद् प्रतिकार्य योजना पास गरेको हो। यसवर्ष सिन्धुपाल्चोकको मेलम्ची, मनाङको चामे लगायतका स्थानमा बाढी र पहिरोले ठूलो संख्यामा जनधनको क्षति पुर्‍याएको बेला सरकारले प्रतिकार्य योजना पास गरेको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले प्रतिकार्य योजना पारित भएसँगै सरकारका सबै संयन्त्रलाई बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको काममा परिचालन गर्न सजिलो भएको बताए। ‘प्रतिकार्य योजना पास भएपछि उद्धार, राहतका साथै सबै संयन्त्र परिचालनमा सहयोग पुग्नेछ र अझ प्रभावकारी रुपमा संयन्त्रहरु परिचालित हुनेछन्’, प्रवक्ता दाहाल...
निरन्तरको वर्षाले मेलम्ची खोलामा बहाव, स्थानीयवासी त्रसित

निरन्तरको वर्षाले मेलम्ची खोलामा बहाव, स्थानीयवासी त्रसित

समाचार, समाज
 निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधवार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची – ११ का दशरथ दनुवारले जानकारी दिए । “खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने । ...
मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा

मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा

समाचार, समाज
कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञाअघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार सङ्ख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श...
संयुक्त राष्ट्रसङ्घमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा

संयुक्त राष्ट्रसङ्घमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा

समाचार, समाज
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् । विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ । यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ । सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटे...
आज राष्ट्रिय धान दिवस देशभर मनाइँदै

आज राष्ट्रिय धान दिवस देशभर मनाइँदै

समाचार, समाज
आज राष्ट्रिय धान दिवस देशभर मनाइँदैछ । हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । यस दिनमा औपचारिक, अनौपचारिक रुपमा धान रोप्ने कार्यक्रम पनि आयोजना गर्ने गरिन्छ । असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । वि.सं. २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ गतेलाई दही, चिउरा खाने पर्वको रुपमा पनि मनाउने गरिन्छ । आजको दिन कृषि पेशामा रहने अथवा अन्य सबै पेशा, व्यवसायका मानिसहरुले दही, चिउरा खाएर असार १५ लाई मनाउने गर्छन् । असारमा एकचोटी हिलोमा पस्नैपर्छ भन्ने मान्यता अनुसार अधिकांश मानिसहरु आजैको दिनमा हिजोमा पसेर धान रोप्ने पनि गर्दछन् । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिइन्छ । यस वर्ष ‘धान...