सरकारद्वारा लुम्बिनी क्षेत्रमा सञ्चालित विद्युतीय बस भारतमै बनेको पुष्टि
काठमाडौं— फागुन १३।
सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बसको भन्सार जाँचपासमा आयात गरिएको मुलुक भारत नै रहेको भैरहवा भन्सारबाट खुल्न आएको छ ।
सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बस (माथि) र भैरहवास्थित भन्सार कार्यालयमा आपूर्तिकर्ता कम्पनी साइमेक्स इंकले बुझाएको प्रज्ञापनपत्र । जसमा ५ वटै विद्युतीय बसको कन्ट्री अफ ओरिजिन भारत उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि आयातकर्ता कम्पनी साइमेक्स इंकले सम्झौता गरेका १६ विद्युतीय सवारी साधनमध्ये पहिलो चरणमा ल्याइएका पाँच बसको ‘कन्ट्री अफ ओरिजिन’ भारत नै रहेको पत्ता लागेको हो ।
उच्च स्रोतले उपलब्ध गराएका कागजातमा काठमाडौंमा दर्ता भएको नेपाली आपूर्तिकर्ता साइमेक्स इंकले पहिलो चरणमा भित्र्याएका ती बस भारतबाट ल्याइएको प्रज्ञापनपत्रमा उल्लेख गरेको छ । यस परियोजनाका ला...









