आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले”सार्वजनिक(भिडियो)

तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले”सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन । यस अघि उनको “चकलेटी हिरो” बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन । https://www.youtube.com/watch?v=dZO7S_ilKB4 अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बिचको शंका र नोकझोक गीतमा रहेको बताउछन । यो गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ । लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन । ...
सौन्दर्य सामाग्री पनि अव अर्गानिक ‘नन्दिनी’ ब्राण्डमा बजारमा उपलव्ध

सौन्दर्य सामाग्री पनि अव अर्गानिक ‘नन्दिनी’ ब्राण्डमा बजारमा उपलव्ध

आर्थिक, समाचार
काठमाडौं । विभिन्न ब्राण्डका कस्मेटिक उत्पादनहरू मार्फत आफ्नो छालामा प्रयोग गर्दा हानिकारक रसायनहरूको बारेमा आम नेपाली सौन्दर्य प्रशाधन उपभोक्ताहरु निकै चिन्तित छन । पछिल्लो रिपोर्ट अनुसार नेपालमा गुणस्तरहिन र नक्कली सौन्दर्य सामाग्रीहरु भित्रिने क्रम वृद्धि हुदै गएको छ । नक्कली उत्पादनको प्रयोगले सौन्दर्यता लागि भनेर प्रयोग गरिने सामाग्रीबाटै उपभोक्ताहरु ठगिने र त्यस्ता सामाग्रीको प्रयोगले छालाजन्य रोगीहरुको संख्या दिनानुदिन वढ्दो छ । यस्ता सामाग्रीहरुले स्वास्थ्यमा विभिन्न नकरात्मक असर पर्दै गईरहेको छ, भने आर्थिक व्ययभार समेत बढेको छ । खैर, अब नेपाली आम उपभोत्ताले यस्ता समस्याबाट चिन्ता गर्ने दिन गएको छ । सौन्दर्यताका लागि उपयोग गरिने यस्ता सामाग्रीहरुले पुर्याएको असरलाई ध्यानमा राखि विगत लामो समयदेखि शत प्रतिशत प्राकृतिक तथा कुनै साईड ईफेक्ट नभएको विभिन्न सौन्दर्य सामाग्रीहरु अर्गान...
अष्ट्रेलिया निवासी गणेश केसीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

अष्ट्रेलिया निवासी गणेश केसीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

आर्थिक, समाचार
अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्ट्रेलिया निवासी गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहना राख्नु भएको हो । वर्तमान आइसिसी उपमहासचिव रहनु भएको केसीले अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो । एनआरएनए अष्ट्रेलियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न टास्क फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिरहदै आउनु भएको छ । केसी हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमीकामा रहनु भएको छ । केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदै...
५१ हजार रुपैयाँ राशिको ‘भुवन चैत्य वसुन्धरा पुरस्कार’ हस्तान्तरण

५१ हजार रुपैयाँ राशिको ‘भुवन चैत्य वसुन्धरा पुरस्कार’ हस्तान्तरण

मनोरन्जन, समाचार
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष गरी दुई वर्षका भुवन चैत्य वसुन्धरा पुरस्कार विभिन्न व्यक्तित्वहरुलाई एक साथ हस्तान्तरण गरेको छ । आइतबार चलचित्र विकास बोर्डको हलमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती पुरस्कारहरु प्रदान गरेकी हुन् । समारोहमा २०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल तथा २०८० सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहलाई प्रदान गरियो । यसैगरी, समारोहमा विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७९ तथा विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०८० सालको चैत्यदेवी पुरस्कार पूदान गरियो । यसका साथै, विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७९ साल तथा विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०८० सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गरियो । समारोहमा चलचित्र विकास बोर्डका अध्...
म्युजिक भिडियो कलाकार संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन”सम्पन्न

म्युजिक भिडियो कलाकार संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन”सम्पन्न

मनोरन्जन, समाचार
म्युजिक भिडियोमा अभिनय  गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको“छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा  मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षता रहेको थियो भने चलचित्र कलाकार संघ नेपालका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, बरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, बरिष्ठ गायक सिताराम पोखरेल, बाबुराजा केसी“उज्ज्वल”, हरी डाँगी, हुम गैरे, सेमन्तमणी खराल, लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सुनिल लामिछानेले गरेका थिए । म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” को अवसरमा सोही संस्थाकी संस्थापक अध्यक्ष अञ्जु निरौला, बरिष्ठ कलाक...
अरमान तामाङको ‘भावना’ सार्वजनिक

अरमान तामाङको ‘भावना’ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं, अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताउनुभयो । उहाँले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गर्नुभयो । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको बताउनुभयो । अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोमा अरमानलाई रिया लामाले साथ दिनुभएको छ । दिनेश पराजुलीको सिनेमाटोग...
सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

मनोरन्जन, समाचार
काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको मेहनत र उपलव्धीलाई थप हौसला प्रदान गर्दै आएको छ । सिजन मिडिया आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको सगौरव घोषणा गर्दछौ । सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफ...
गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं, साउन १८ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको एरेञ्ज छ । गम्भीर विष्टको निर्देशन/कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।  टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको सुनाउनुभयो । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको समेत बताउनुभयो । शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण...
प्रमोद भट्टराई ‘प्रतीक’को‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडियो)

प्रमोद भट्टराई ‘प्रतीक’को‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतको सङ्ग्रह ‘चुपचाप मन पराएँ’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । गीतकार प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर गीतकार संघ नेपालको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सात वटा गीतहरू सङ्ग्रहित उक्त गीति सङ्ग्रह लोर्कापर्ण गरिएको हो । विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, तथा विशेष अतिथिहरू संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा. नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रुपमा उक्त सङ्ग्रह लोकार्पण गर्नुभएको हो । बैंकिङ क्षेत्रमा क्रियाशिल रहँदा नै मुक्तक, कविता तथा गीत रचनामा रुची राख्नुका साथै डायरीका पानामा आफ्ना भावनाहरु सङ्ग्रहित गर्दै आएका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको थियो । ...
गायक भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान’ बाट सम्मानित

गायक भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान’ बाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ । गायक तथा सङ्गीतकार भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहकाबीच उनलाई उपसभामुख इन्दिरा राना मगर, रेशमलाल चौधरी, रेखा यादव, नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी लगायतले उक्त सम्मान प्रदान गरे । समारीलाई नेपाली गीतसङ्गीतमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । उनीसँगै गायिका सामना शाह, गीतकार सुमन वैरागी, गायिका शान्ता जिसी, गजलकार सरला गहा थापा लगायत करिब दुई दर्जन कलाकार सम्मानित भएका थिए । नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको व्यक्तिहरूलाई प्रोत्साहन दिने उद्देश्यले गरिएको थियो । ।एक दसक भन्दा लामो समय देखि गीत सङीत को क्षेत्र् मा राम्रो स्थान बनाउन सफल भरत समारी गायक तथा र्यापर हुन्। ...