मोटोपन भएका पुरुषलाई नौलो अवसर, मिस्टर प्लस साइजको दोस्रो अडिसन यहि जेस्ठ १८ गते
काठमाडौं, बैशाख १७ - के तपाईं मोटोपनाका कारण निरास हुनुहुन्छ ? अब निरास नहुनूस, किनकी तपाईंलाई साथ दिन आउँदै छ 'मिस्टर प्लस साइज नेपाल’ । मिस्टर प्लस साइज नेपाल’ ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले आयोजना गर्दैछ । नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन गत जेठ ०४ गते सम्पन्न भएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यहि जेठ १८ गते शनिवार हुँदैछ ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजार स्थित कृषि बैंक मार्गमा रहेको ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै छ । अडिसन फारम अडिसनको दिनसम्म भर्न सकिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् ...









