‘हेलो’को सफलता पछि ‘ मेरो मायाले छुन्छ छुदैन’ भन्दै आए योगेश, सारिका सहित कार्टून क्रुज (भिडियो सहित)
गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको ‘ मेरो मायाले छुन्छ छुदैन’बोलको रोमान्टीक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत रचना तथा साहित्यिक विधामा थुप्रै रेकर्डहरु कायम गरि गिनिज बुक वल्र्ड रेकर्ड बनाएर चर्चा पाउन सफल गीतकार डा.डि.आर. उपाध्यायको शब्द, चर्चित गायक एवं संगीतकार योगेश काजीको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको छ ।
भिडियोमा अर्जुन तिवारीको डिओपी, अर्जुन तिवारीको छायांकन, नविन निरौलाको सम्पादन रहेको छ । भिडियोलाई डिआर म्यूजिक एण्ड क्रियसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो पुस्तालाई लक्षित गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्...









