विश्व महामारीमा पनि अर्बपतिहरु झन धेरै धनी
पछिल्लो तीन महिना सामान्य अमेरिकी नागरिकका लागि कठिन रह्यो, तर अर्बपतिहरुका लागि होइन । गत मार्च १८ यता अमेरिकी अर्बपतिहरु ५.६५ खर्ब डलरले धनी भएको इन्सिटिच्युट फर पोलिसी स्टडिजले बिहीबार प्रकाशन गरेको एक रिपोर्टले देखाएको छ । यो रिपोर्ट फोर्ब्सको विश्वका अर्बपतिको सूचीको आधारमा तयार पारिएको हो । अहिले अर्बपतिको कूल सम्पत्ति ३५ खर्ब डलर पुगेको छ । महामारीको शुरुवात यता उनीहरुको सम्पत्ति १९ प्रतिशतले वृद्धि भएको रिपोर्टमा भनिएको छ । अमेजनका प्रमुख जेफ बेजोस एक्लैको सम्पत्ति ३६।२ अर्ब डलर रहेको छ । यो गत मार्च १८ भन्दा यो बढी नै हो ।
सोही दिन यता ४.३ करोड अमेरिकीले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । सेवा र पर्यटन क्षेत्रका कम आय भएका कामदारहरु महामारीबाट बढी प्रभावित बनेका छन् । यसले अमेरिकामा धनी र गरिबबीचको खाडल धेरै ठूलो रहेको देखाउने विज्ञहरु बताउँछन् । यही कारणले पनि अमेरि...









