मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

अतिक्रमित ७ लाख ९५ हजार बढी वर्गमिटर जग्गा फिर्ता

अतिक्रमित ७ लाख ९५ हजार बढी वर्गमिटर जग्गा फिर्ता

आर्थिक, समाचार
काठमाडौं। सरकारले देशका विभिन्न स्थानमा व्यक्तिले अतिक्रमित गरेकाे करिव ७ लाख ९५ हजार ५ सय ६६.७३ वर्गमिटर जग्गा फिर्ता ल्याएकाे छ भने २०७६ असारदेखि हालसम्म ९४ हजार ३ सय २३.०७ वर्गमिटर जग्गा रोक्का गरेकाे छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा गरी ९ सय ४६ रोपनी ७ आना २ पैसा पहाडी क्षेत्रको जग्गा र १ सय २५ विगाह, १६ कठ्ठा, १६.५८ धुर तराई क्षेत्रको जग्गा व्यक्तिको नामबाट सरकारको नाममा ल्याइएको छ। यस्तै, मन्त्रालयका अनुसार पहाडी क्षेत्रमा ६ रोपनी १ आना ४ पैसा ३.९३ दाम जग्गा र तराई क्षेत्रमा १३ विगाह ९ कठ्ठा ७.७५ धुर जग्गा सरकारले रोक्का गरेर राखेको छ।भूमि व्यवस्था मन्त्रालयको २०७६ माघ १२ गतेको निर्णय अनुसार काठमाडौं जिल्लाको गोठाटार ३ मा रहेको कित्ता नं. २९१ को ५ हजार ७ सय ९१ वर्ग मिटर र कित्ता नं. ८० को ३२१.५७ वर्गमिटर जग्गा मन्त्रालयको चलानी न...
शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ गायब

शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ गायब

समाचार, स्वास्थ्य
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। आजकोअन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेको समाचार अनुसार सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ बैंक मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख आठ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। ...
जिल्ला न्यायाधीशमा २६ जना नाम निकाल्न सफल

जिल्ला न्यायाधीशमा २६ जना नाम निकाल्न सफल

समाचार, समाज
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आज जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको नामावली सार्वजनिक गरेको हो । जिल्ला न्यायाधीशको २९ पदमा ४५ जना नाम निकाल्न सफल भएका छन् । आयोगले जिल्ला न्यायाधीशका लागि आन्तरिक खुलाका लागि १४, खुला नौ, महिला एक, आदिवासी जनजाति दुई, मधेशी दुई, अपाङ्ग एक र पिछडिएका क्षेत्रका लागि एक जनाको विज्ञापन गरेको थियो । आन्तरिक खुलामा १६, खुलामा २६, मधेशी दुई र अपाङ्गमा एक जनाले लिखित परीक्षामा नाम निकालेका छन् ।      जिल्ला न्यायाधीशको परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएका क्षेत्रमा नाम निकाल्न नसकेकी कोटा खाली रहेको र मधेशी दुई कोटामा एक जनाले मात्र नाम निकालेका छन् ।  ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता

अपराध, समाचार
आर्थिक वर्ष २०७६/०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता पाएको छ। अख्तियारको वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष ४ सय ४१ वटा मुद्दा दायर गरिएको थियो। जुन अघिल्लो आवको तुलनामा ९० वटा मुद्दा बढी हो। अख्तियारले भ्रष्टाचार आरोपमा दायरमध्ये ८४.८ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको हो। तर अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो दर निकै बढी भएको अख्तियारले जनाएको छ। अघिल्ला आवहरुमा ६०/७० प्रतिशतको हाराहारीमा रहने गरेका थिए। गत आवमा अख्तियारले २०६ वटा घुस लिएका, नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ८५ वटा, सार्वजनिक सम्पत्तिको हानि/नोक्सानीसम्बन्धी ७४ वटा, गैरकानुनी लाभहानिसम्बन्धी ३६ वटा, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ र अन्य विविध १० वटा गरी ४ सय ४१ वटा मुद्दा दायर गरेको थियो। ४ सय ४१ मुद्दामा कुल १ हजार १...
यो पटकको साउनको सोमवार पशुपति नखुल्ने,दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने

यो पटकको साउनको सोमवार पशुपति नखुल्ने,दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने

समाचार, समाज
४ साउन, काठमाडौंः हरेक वर्ष जस्तो यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथको दर्शन गर्न भक्तजनहरुले नपाउने भएका छन् । साउन ७ गतेसम्म सरकारले जारी गरेको लकडाउन कायम नै रहेकाले यस वर्षको सोमबार पशुपतिको दर्शन गर्न भक्तजनहरुले नपाउने भएका हुन् । पशुपति विकास कोषका अनुसार पशुपतिनाथको मन्दिरलाई तत्काल खुल्ला गर्ने निर्णय नभएकाले पहिलो सोमबार मन्दिर नखुल्ने भएको हो । मन्दिर खुल्ला गर्ने निर्णय सरकारले अहिलेसम्म नगरेकाले साउनको पहिलो सोमबार पशुपति नखुल्ने भएको छ । यो वर्ष दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने भएको छ । सरकारले लकडाउनलाई केही खुल्ला गरेसँगै विभिन्न क्षेत्रहरु विस्तारै खुल्ला हुँदै छन् । तर, भडिभाड हुने मन्दिरलाई अहिले नै सरकारले खोल्ने सुचिमा राखेको छैन । ...
गीतकार रमेशको शब्दमा पवनले गाए ‘मिल्टेरीको जुत्ता’ ( भिडियो सहित )

गीतकार रमेशको शब्दमा पवनले गाए ‘मिल्टेरीको जुत्ता’ ( भिडियो सहित )

मनोरन्जन, समाचार
गीतकार रमेश दहालको रचना र अस्ट्रेलियामा बसेर लामो समयदेखि नेपाली संगीतमा योगदान पुर्याइरहेका टिका दहालद्वारा संगीतवद्द नयाँ गीत सार्वजनिक भएको छ ।नेपाल आइडल सिजन २ फेम्ड गायक पवन गिरीको स्वर रहेको गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरिएको छ । कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन।नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन्। लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन्। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम...
बुटवल –तानसेन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन

बुटवल –तानसेन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन

आर्थिक, समाचार
सिद्धार्थ राजमार्ग अन्तरगतको अवरुद्ध बुटवल –तानसेन सडक खण्ड आइतबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।शुक्रवार साँझ डुम्रेस्थित गौडेपुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक तीनदिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो हटाउन सडक डिभिजन पाल्पाले दुबैतर्फबाट दुईवटा डोजर प्रयोग गरेको थियो । सडक खुलेसँगै रुपन्देही र पाल्पा तर्फबाट आएका यात्रु गन्तव्यमा लागेका छन् । पहिरो सडकदेखि करिब सय मिटर माथिबाट खसेको थियो । ...
पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले बताएका छन् । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, वाग्मती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ । अहिले देशका विभिन्‍न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभरीका क्‍वारेन्...
भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

अपराध, समाचार
काठमाडौं। आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार रहेका भारतीय नागरिक राजेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशखाको टोलीले उनलाई १३ वर्षपछि पक्राउ गरेको हो। महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएको जनाएको छ। प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालीन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरी हत्या गरेका थिए। रोहितका बुबा बासुदेवसँग गुप्ताले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि भान्जालाई अपहरण मुक्त नगरी हत्या गरेका थिए। भान्जाको हत्यापछि उनले बालकको शवलाई शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फालेर फरार रहेका थिए। सो घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो उनी हालपनि कारागारमै र...
नेपाल एयरलाइन्सका १४ उडान कर्मचारी सङ्क्रमण मुक्त

नेपाल एयरलाइन्सका १४ उडान कर्मचारी सङ्क्रमण मुक्त

समाचार, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन्। उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताइन्। कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो। देशले खटाएको उद्धार उडानमा साहसिक...