असोज २३ काठमाडौं । पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । तस्वीर , कृष्ण दवाडी, रासस
असोज २३ काठमाडौं । लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो ।
आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य आयोगको बोर्डबाट भएको बताउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा संसद् सचिवालयबाट सहसचिव र उपसचिव पद रिक्त संख्या प्राप्त भएको बताए ।
आयोगले हरेक वर्ष असोज अन्तिम बुधबारदेखि विज्ञापन खुलाउन सुरु गर्छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म रहन्छ । जसअनुसार आयोगले असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव पदमा तथा कात्तिक महिनाको अन्तिम बुधबार प्राविधिक पदमा विज्ञापन आह्वान गर्ने गरेको छ ।
यसैगरी मंसिरको अन्तिम बुधबार शाखा अधिकृत पदमा विज्ञापन...
असोज २३ सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृत्यु प्रकरण रहस्यमय बनेको छ । परिवार र आफन्तले उनको मृत्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन् ।
गएको असोज १६ गते राति आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी भुजेलको शव समेत माईती पक्षलाई हेर्न नदिई जलाएपछि घटना थप रहस्यमय बनेको हो ।
उनको आत्महत्या नै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने आत्माहत्या नभई हत्या नै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी समेत दिएपछि घटनाले अर्कै मोड लिएको छ ।
सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले राती २ः३० बजे पुष्पाको एक आफन्तलाई फोन गरेर पुष्पाको पेट फुलेको र धेरै बिमारी भएको भन्दै गाडी लिएर आउन खबर गरेका थिए । तर, बहिनी बिरामी भएको थाहा पाएपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पाको मृ...
हामी अनेक धार्मिक चलचित्र, टेलिश्रृखंलामा हेर्छौ राक्षसहरुले पृथ्वीबासीमाथी चरम अत्याचार गर्ने थालेपछि र देउताहरु समेतले उनीहरुलाई पराजीत गर्न नसकेपछि सबै त्राहिमाम–त्राहिमाम गर्दैै महादेव शिव वा भगवान बिष्णु समक्ष पुगेर राक्षसहरुको अत्याचार अन्त्य गर्न आग्रह गर्छन । बलत्कारीहरुले आज सिंगो मानवियतालाई त्यसै गरी दिनहँु क्षत–बिक्षत पारिरहेका छन् । हाम्रो देशमै सुन्दै पढद्दै मुटु थर्रर कपाउने बलत्कारका घटना एकमाथी अर्को भई रहेका छन् । धनुषामा ५वर्षे बालकको मलद्धार च्यातिने गरी भिनाजुबाट यही असोजमा भएको बलत्कारले अमानवियताको पराकाष्टा नै नाघिदियो ।
यहि असोज १५ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका –३ तेम्बाथानकी ३२ वर्षिय एक छोरा र एक छोराकी आमालाई बाटोमा हिँडदै गर्दा मोटरसाइकलमा अपहरण गरेर लगी बोलेरो जिपमा चारजनाले बलत्कार गरे । यही महिना १६ तथा १७ गते राजधानी उपत्यकाकै भक्तपुरमा एक किशोरी बन...
असोज २३ काठमाडौं ।सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिकास्थित कोशी किनारबाट लाखौं मुल्य बाराबरको बरामद गरिएको अवैध मदिरा ।
गोप्य सूचनाको आधारमा नेपालबाट ढुङगामा लोड गरि अवैधरुपमा चोरीतस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले झण्डै रु एक लाख मूल्य बरावरको डुङ्गासहित ४० कार्टुन मदिरा बरामद गरेको छ ।
...
असोज २३ चितवन- चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जना नवलपरासी र मकवानपुरका छन् ।नवलपरासी गैँडाकोट-१२ की २३ वर्षीया एक महिला र कावासोती-१७ का २५ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ । यस्तै मकवानपुर हेटौँडा- ४ का ५० वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।
भरतपुर अस्पतालले बिहीबार गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ८ पुरूष र ३ वर्षीया बालिकासहित ७ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्तिका ३ पुरूष र ३ महिला, खैरहनीका १ पुरूष र १ महिला, र रत्ननगरका ४ पुरूषमा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।
...
बढ्दो कोरोना भाइरस संक्रमणप्रति सचेत बनौं कोरोना भाइरस संक्रमणको दरले सीमा नाग्दै छ । यसको रोकथाम र नियन्त्रणमा आफै लाग्नु पर्ने आबश्यकता देखियो । महिनौंको ‘लकडाउन’ र निषेधाज्ञाले पनि कोरोना भाईरस नियन्त्रणमा आउन सकेन । मुलुकको अवस्था झन्–झन् डरलाग्दो बन्दै छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गइरहेको छ । संक्रमणको गति यसरी बढनु भनेको डर लाग्दो संकेत हो । सरकारले प्रभावकारी कदम चाल्नु पर्ने आबश्यकता देखियो । यदि सरकारले प्रभावकारी कदम चाल्न सकेन भने परिस्थिति भयावह हुने संकेत स्पस्ट देखिएको छ ।
त्यसैले, सरकारले रोकथाम र नियन्त्रणका लागी उपाय अपनाउनुपर्छ । नागरिकले पनि पर्याप्त सतकर्ता अपनाउनु पर्ने जरुरी छ । सक्रिय संक्रमित संख्या २५ हजार नाघि सक्यो । लामो समयसम्म काठमाडौं उपत्यका सुरक्षितजस्तै थियो । अहिले संक्रमणको दर बढेको देखदा स्थिती डर लाग...
असोज २३ काठमाडौं । उपत्यकाका अस्पतालमा मात्रै दुई सय सात कोभिड आइसियू र ८२ भेन्टिलेटर छन्।मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीका अनुसार उपत्यकामा ८२ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा उपचाररत छन् ।बिहीबार साँझसम्म उपत्यकामा मात्रै एक सय २५ कोभिड आइसियू र ५५ भेन्टिलेटर खाली छन् । सरकारी अस्पतालमा मात्रै अझै ३९ वटा आइसियू र २७ वटा भेन्टिलेटर खाली नै छन् । तथ्यांकअनुसार निजी अस्पतालले उपत्यकामा कोभिडका लागि ७२ आइसियू र २८ भेन्टिलेटर छुट्याएका छन्।
घटना १ : सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भयो । ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूको आवश्यकता प¥यो । उपत्यकाका सबै अस्पतालले आइसियू खाली नभएको बताए । उनलाई आइसियू दिलाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको पूरै टिम लागिप¥यो । करिब २४ घन्टापछि वीर अस्पतालको एउटा आइस...
असोज २२ काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ।समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ।
यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताए।
यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ। यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ।
जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन ...
असोज २२ काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ ।चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन्।
सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको दशै बजार र सुशासन विषयक अन्तरक्रियामा कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाँडै नै सरक्षा योजना कार्यान्वयनमा ल्याउने जानकारी दिए।
आगामी कात्तिक एक गतेबाट नेपालीको महान चाड वडादशै शुरु हुँदै छ। दशैमा आपराधिक घटना बढी हुने सम्भावना भएकाले सरकारले विशेष सुरक्षा योजना लागू गर्न थालेको हो।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दशैमा सर्वसाधारणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्दै बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्र...