बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

बडा दशैंको छैटौं दिन आज ‘कात्यायनी’ देवीको पूजा

बडा दशैंको छैटौं दिन आज ‘कात्यायनी’ देवीको पूजा

समाचार, समाज
 बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज ‘कात्यायनी’को पूजाआजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्क...
मोडल सङ्गस अवार्ड- २०२०’ को आवेदन खुल्यो,निःशुल्क अनलाईन फाराम भर्न सकिने

मोडल सङ्गस अवार्ड- २०२०’ को आवेदन खुल्यो,निःशुल्क अनलाईन फाराम भर्न सकिने

मनोरन्जन, समाचार
काठमाडौँ, ५ कार्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय स्तरमा आयोजना हुँदै आएको मोडल सङ्गस अवार्डको दोश्रो संस्करण “मोडल सङ्गस अवार्ड, २०२०” नेपालमा हुने भएको छ। कोरोना संक्रमणको कारण ग्लोरी मिडिया,पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण नेपालमा नै हुन लागेको हो । अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिएका छन् । अवार्डमा मनोनयनका लागि कत्तिक ४ गते देखी अनलाईन आवेदन फाराम खुल्ला रहने र नोमिनेशनको निमित्त यस वर्ष निःशुल्क अनलाईन फारम भर्न सकिने उनले बताए । ‘अवार्डलाई मर्यादित र मैत्रीपूर्ण बनाउन हामी एक्यबद्ध छौ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुरा गर्...
विपन्न परिवारलाई गाउँपालिकाको दशैँ राहत

विपन्न परिवारलाई गाउँपालिकाको दशैँ राहत

समाचार
कात्तिक ५ कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिका भित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैँ राहत उपलब्ध गराएको छ ।दशैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गरिएको हो । उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दशैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताए ।उनले गाउँपालिकाले कोरोना कहरका कारणले दशैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिए । “भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ”, उनले भने, “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।” ...
‘रअ’ का प्रमुख गोयल काठमाडौँमा

‘रअ’ का प्रमुख गोयल काठमाडौँमा

समाचार
कात्तिक ५ काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्।केहीबेर अघि इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट गोयल र रअ कै अर्का उच्चअधिकारी नेपाल आएको विमानस्थल उच्च सुरक्षा स्राेतले जानकारी दि विमानस्थलमा उनीहरुलाई लिन नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पुगेका थिए। गोयल भीआईपी कक्षबाट बाहिरिएको विमानस्थल स्रोतले जानकारी दियो।राष्ट्रिय अनुसन्धान विभागका एक उच्चअधिकारीले गोयल काठमाडौं आएको र उनी आज राति नै दिल्ली फर्किने जनाएका छन्। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमण तय भइसकेका बेला रअ प्रमुख पनि नेपाल आइपुगेका हुन्। सेनाध्यक्षको भ्रमण र दुई देशको सम्बन्ध सुधारमा उनको भ्रमण केन्द्रित हुने बताइएको छ। उनी बुधबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।  लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्...
कक्षा १२ को परीक्षा मंसिर ९ देखि

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

समाचार
कात्तिक ५ काठमाडौं । कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।कोरोनाका कारण सरेको परीक्षा मंसिर ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने भएको छ । परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने पनि बोर्डले जनाएको छ।यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाका कारण ७ महिना पर सरेको हो । ...
उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ३ हजार १०७ कोरोना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ३ हजार १०७ कोरोना संक्रमित

समाचार
कात्तिक ५ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो) काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ...
पछिल्लो २४ घन्टामा  थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि

समाचार
कात्तिक ५ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४४८७१ पुगेको छ । ...
दशैँमा पनि विदेश जाने लर्को बढ्दै

दशैँमा पनि विदेश जाने लर्को बढ्दै

समाचार
कात्तिक ५ काठमाडौं । स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो । यस्तैमध्येका हुनुहुन्छ पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा साउदी अरबबाट तीन महिनाको घर बिदामा आउनुभएका सुवेदी गत जेठमै जानुपर्ने हो तर कोरोनाका कारण उडान बन्द भएर रोकिनुभयो र उडान खुल्यो, बल्ल जान थाल्नुभएको हो ।१६ वर्षदेखि साउदीमा आउने–जाने गरिरहनुभएका उहाँले भन्नुभयो, “कोरोनाको बढ्दो त्रास र मुखैमा आएको दशैँ नमानी जाने रहर त कहाँ थियो र ! भर्खर घर बनाउँदै छु, ऋण लागेको छ, नगएर के गर्नु ?”\उहाँजस्तै कुवेत जान...
व्यावसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

व्यावसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

समाचार
कात्तिक ५ काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरस संक्रमण भएको छ ।आफूलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । चौधरीले ट्वीटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् ।उनले आफूलाई लक्षण भने केही नदेखिएको र अवस्था समान्य रहेको बताएका छन् ।उनले चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएका छन् । ...
वाग्मती प्रदेश सरकार मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार निशुल्क:मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेश सरकार मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार निशुल्क:मुख्यमन्त्री पौडेल

समाचार
कात्तिक ५ काठमाडौं । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि : शुल्क उपचार भइरहेको जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् । ...