बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

अझै दुई महिना नखुल्ने नयाँ सवारी चालक अनुमतिपत्र

अझै दुई महिना नखुल्ने नयाँ सवारी चालक अनुमतिपत्र

समाचार, समाज
नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ। झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ । उनले भने, “त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ।” लामो समयसम्म अवरुद्ध भएकाले तत्काल खुलाउँदा सेवाग्राहीको धेरै भीड हुनसक्ने देखिएको प्रवक्ता डा भुसालले बताए। नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ। त्यसैल...
नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६९८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ५०० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । अहिलेसम्म नेपालमा १८ लाख ३१ हजार ४१ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१६ रहेको छ । ...
नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ

नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ

आर्थिक, समाचार
नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी तेजावी सुनको भाउ ९२ हजार ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ । ...
सगरमाथा राष्ट्रिय निकुञ्जमा  पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट

सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट

आर्थिक, समाचार
सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए । गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट रु चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट रु १५ लाख २४ हजार ६११ राजश्व सङ्कलन गरेको थियो । कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख १६ हजार ३५० र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ २५ पैसा मात्रै सङ्कलन गरेको जनाएको छ । निकुञ्जको मुख्य आम्दानी नै सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट लिने प्रवेश शुल्क र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्क हो । खुम्बु क्षेत्रका लागि वर्षमा दुईपटक चैत–जेठ र असोज–मङ्सिरलाई मुख्य पर्यटकीय मौसम मानिन्छ । यही मौ...
मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२०

मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२०

मनोरन्जन, समाचार
 वाई वाई ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न भएकाे छन् । भब्य र सभ्य रुपमा ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन्। किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो। अनलाईन कार्यक्रमकाबिच आज ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो। भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर रे यादबले बिजेताको घोषणा गरेको हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी: एकराज घिमिरे, वातावरणविद् मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभिय...
चिसो मौसमः आफ्नो सुरक्षा आफै गरौं

चिसो मौसमः आफ्नो सुरक्षा आफै गरौं

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय विगत नौ महिना देखि नेपालमा फैलिएको कोरोना संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । यसले आम नागरिकलाई आक्रान्त बनाई रहेको छ । नेपालमा जाडो मौसम सुरु भैसकेको छ । यो समयमा चिसोका कारण रुघा, खोकी, निमोनिया जस्ता रोगहरुको प्रकोप बढ्ने गर्दछ । यस्तो मौसममा विशेष गरी बालबच्चा र वृद्धवृद्धा हरुलाई रोगले छिटो आक्रमण गर्ने हुँदा विशेष सावधानी अपनाउनु पर्र्ने जरुरी देखिन्छ । यस्तो अवस्थामा तपाई हामी सावधानी पूर्वक कोरोना संक्रमण हुनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ यो नै मानवीय धर्म र कर्तब्य हो । सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको अवस्थामा नपुग्दै बढी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ ।यस्तो अवस्थामा आफ्नो सुरक्षा आफै गरौँ यो भन्दा अर्काे कुनै विकल्प छैन । नेपालमा दोस्रो चरणको संक्रमण बढ्नसक्ने चेतावनी विज्ञले दिएका छन् ।यस्तो जोखिम पूर्ण अवस्थामा पनि सरकारले बिनातय...
पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि

पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि

आर्थिक, समाचार
काठमाडौँ । पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले बढाएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर भएको निगमले जानाएको छ । आईओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य कार्यान्वयन विधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। ...
सत्तारुढ दल नेकपाको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने

सत्तारुढ दल नेकपाको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने

राजनीति, समाचार
सत्तारुढ दल नेकपाको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने भएका छन। प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले ओली सहभागी हुने निश्चित भएको जनाएको छ। यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले पत्रमा उल्लेख गरेका थिए। स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने उनीनिकट स्रोतले बताएको छ। ...
कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताए

कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बीबीसी। कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्। अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए। यो विधिअन्तर्गत एमआरआई स्क्यानका बेला जिनन नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको हो। फोक्सोका विज्ञहरूका अनुसार फोक्सोमा परेको दीर्घकालीन असर पत्ता लगाउने परीक्षणले कोभिड-१९ का बिरामीहरूलाई धेरै फरक पार्छ। जिनन विधिमा बिरामीको एमआरआई गर्दा उक्त ग्यासमिश्रित सास तान्न लगाइन्छ। सो विधिको अगुवाइ गरिरहेका प्राध्यापक फर्गस ग्लीसनले १९ र ६९ वर्ष उमेरबीचका १० जना बिरामीमा परीक्षण गरेका थिए। तीमध्ये आठ जनाले सङ्क्रमित भएको तीन महिना बितिसक्दा पनि निरन्तर स्वाँस्वाँ आएको अनि थ...
विश्वभरमा कोरोनाका ७ करोड २० लाख ८९ हजार ७ सय ६२ संक्रमित

विश्वभरमा कोरोनाका ७ करोड २० लाख ८९ हजार ७ सय ६२ संक्रमित

समाचार, स्वास्थ्य
विश्वभरमा कोरोनाका ७ करोड २० लाख ८९ हजार ७ सय ६२ पुगेको छ। गत २४ घण्टामा थपिएका ६ लाख ३५ हजार ५ सय ६८ गरी संक्रमितको संख्या ७ करोड २० लाख बढी भएको हो। गत २४ घण्टामा १० हजार बढीले ज्यान गुमाएका छन्। अमेरिकामा २ हजार ३ सय ९ ले गत २४ घण्टामा ज्यान गुमाउनु प¥यो। योसँगै विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख १० हजार ८ सय २० पुगेको छ। कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ। विश्वभरमा हालसम्म ५ करोड ४ लाख ८० हजार ६ सय ७६ पुगेको छ। भारतमा सबैभन्दा बढी ९३ लाख ५६ हजार ८ सय ७९ ले कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। हालसम्म १ करोड ६५ लाख ४९ हजार ३ सय ६६ संक्रमित रहेको अमेरिकामा ९६ लाख ४४ हजार ३ सय २५ जनाले कोरोना जितेका छन् भने भारतमा ९८ लाख ५७ हजार ३ सय ८० कोरोनाका संक्रमित भए पनि ३ लाख ५७ हजार ४ सय ४६ मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्। अमेरिकामा...