बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

क्लिन फिड लागू भएपछि रोकिएका टेलिभिजन च्यानल पुनः सञ्चालनमा

क्लिन फिड लागू भएपछि रोकिएका टेलिभिजन च्यानल पुनः सञ्चालनमा

मनोरन्जन, समाचार
सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो । विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ । डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् । उनका अनुसार विदेशी ब्रोडकास...
प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश फिर्ता लिन सहमत

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश फिर्ता लिन सहमत

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अकस्मात ल्याएको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश फिर्ता लिन सहमत भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले अध्यादेश फिर्ता गर्ने सहमित भएको पुष्टि गरे। यो सहमति भएसँगै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा सहभागी भएको र बैठक शुर भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले ‘सबै फिर्ता’ हुने बताए। उनको भनेको ‘सबै’ नेकपा सचिवलाय हुँदै स्थायी कमिटीमा पुगेका दुई अध्यक्षका राजनीतिक प्रस्ताव, चिठी पत्र पनि हुन्। मंगलबार अध्यादेश ल्याएपछि संवैधानिक परिषद्को बैठकसमेत बसेको थियो। तर, सो अध्यादेशको चौतर्फी आलोचना भइरहेको थियो। प्रधानमन्त्री ओलीले यसअघि गएको वैशाखमा पनि यो अध्यादेश ल्याएका थिए र विरोध भएपछि फिर्ता लिएका थिए। प्रधानमन्त्री ओली दोस्रो पटक अध्यादेश फिर्ता लिने अवस्थामा पुगेका हुन्। ...
आम नागरिक पिडादायी अवस्थामा बाच्न बाध्य

आम नागरिक पिडादायी अवस्थामा बाच्न बाध्य

राजनीति, समाचार
डा.डिआर उपाध्याय अब दलहरु नसच्चिए मुलुक बन्दैन अहिलेको सरकारको मुख्य कार्यभार भनेको देशको विकासलाई गति दिनु हो । देशको विकास के कसरी गर्न सकिन्छ भन्ने कुरा सबै बिज्ञहरु सँग सरसल्लाह र सुझाब लिएर सरकारले कामलाई अघि बढाउनु पर्छ । देशको विकास समृद्धि र सुशासन कायम भयो भने सडकमा ढुङ्गा हान्न कोही आउँदैन् । सडकमा देखिएको असन्तुष्टि भनेको गरिबी अभाव र बेरोजगारी समस्याले गर्दा हो । मानिस काममा ब्यस्त हुने वातावरण निर्माण हुन थाल्यो भने को आउँछ सडकमा प्रर्दशन गर्न ? काम नपाएर बेरोजगारीहरुको भिड नै सडक तताउने माध्यम बनेको छ । हामीले बेरोजगारी समस्या समाधान गर्ने कुरामा कहिल्यै पनि ध्यान दिन सकेनौँ। हो अहिले विश्वब्यापी कोरोना भाइरसले संसारलाई नै आक्रान्त बनाएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरसको कारणले लामो समय लकडाउन भयो । मान्छेहरुले आफ्नो पेसा ब्यबसाय चलाउन पाएनन् । त्यसक...
जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि,फ्रान्समा रात्रिकालीन कर्फ्यू

जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि,फ्रान्समा रात्रिकालीन कर्फ्यू

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
इसाइहरुको महान चाड क्रिसमस र नयाँ वर्ष नजिकिँदै जाँदा कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि फ्रान्सले दोस्रो चरणको लकडाउनका क्रममा रात्रिकालीन कर्फ्यूसमेतको निर्णय गरेको छ । जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि लागू गरिनेछ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म आवश्यकबाहेकका नागरिकलाई घरबाट बाहिर निस्कन अनुमति दिइएको छैन । क्रिसमसको पूर्वसन्ध्यामा यो नियममा केहि छुट हुनेछ तर नयाँ वर्षको पूर्वसन्ध्यामा लागू हुने छैन । बार र रेस्टुरेन्टहरु कम्तिमा २० जनवरीसम्म बन्द रहनेछन् । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या मंगलबार ७ सय ९० थपिएर जम्मा ५९ हजार ७२ पुगेका छन् । फ्रान्सका नागरिकले दिउँसोको समयमा घरबाट निस्कन आवश्यक कागजपत्र देखाउनु नपर्ने भएको छ । तर दैनिक ५ हजार संक्रमण हुनु र त्यसको दर दिनदिनै दुईगुणा बढ्नुले रातीको समयमा कर्फ्यू लगाउने र सडकमा प्रहरी चेकिङ÷...
९ महिनादेखि भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट खुला

९ महिनादेखि भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट खुला

समाचार, समाज
 ९ महिनादेखि भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट खुला भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत ९ महिनादेखि पशुपतिनाथमा भक्तजनको प्रवेशमा रोक लगाइएको थियो । प्राचीनकालदेखि नियमित रुपमा नियमित रुपमा भक्तजनले दर्शन गर्न पाइरहेकामा ९ महिनादेखि रोकिएकाले मंगलबन क्षमा पूजा गर्दै आजबाट मन्दिर दर्शन खुला गरिएको हो । क्षमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेकी थिइन् । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । “महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न...
गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)

गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ३० मंसिर आईएमई लोक स्टारका ‘सेकेण्ड रनरअप’ तथा उदयपुरे गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका – ७ चुहाडे स्थित आदिम बाल संगित तथा नृत्य पाठशालाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उनले भिडियो सार्बजनिक गरेका हुन् । उदयपुरका बिभिन्न स्थानमा छायांकन गरिएको सो भिडियामा निशान लिम्बु र झरना राईको मुख्य अभिनय रहेको छ । https://youtu.be/xUvJU4xzrgg बिनोद दनुवार र सपना कट्टेलले गाएको सो गितको शब्द सैन्ध्वज दनुवार र एरेन्ज÷मिक्सिङ पुस्कर सुनुवारको रहेको छ । आदिम बाल संगित तथा नृत्य पाठशालाको ब्यानरमा निमार्ण भएको सो गित मेलोडी नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गितमा संगित गायक बिनोद दनुवारले नै दिएका छन् । गितको अफिसियल भिडियो गायक दनुवारको युटुब च्याननलबाट बुधबार सार्बजनिक गरिएको छ । ...
चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने

चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने

आर्थिक, समाचार
 चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ । मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताएका हुन् । उद्योगीहरुसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताए । उनले भने ‘अध्यक्षलाई हामीले भन्यौं तपाईहरुको उद्योग हाम्रो मन्त्रालय अन्तर्गत भएको हुनाले उद्योगीहरुको हकहितको साथै किसानको हकहित पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले किसान पहिलो हुन । किसानको तिर्नुपर्ने पैसा तपाईहरुले तिर्नुहोस, उद्योगीहरुसँग कुरा गर्नुहोस होइन भने नेपाल सरकार प्रचलित कानून बमोजिम जान्छ भन्यौं ।’ प्रवक्ता रेग्मीले किसानका सम...
थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
मंगलबार नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७३० पुगेको छ। यस्तै हालसम्म ४५७ जना क्वारेन्टिनमा रहेका छन् । ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई  दिए बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई दिए बधाई

अन्तराष्ट्रिय, समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन् । विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताएका छन् । राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको बताएका छन्। राष्ट्रपतिको कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ । विश्वका प्रमुख नेताहरुमध्ये रुसी राष्ट्रपति अन्तिमतिर जो बाइडेनलाई बधाई दिने विश्व नेता हुन् । सोमबार मात्र अमेरिकी इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्नेगरी औपचारिक रुपमा मतदान गरेको थियो । तर अमे...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागे

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् । प्रधानमन्त्रीले गुरुङलाई बोलाएर प्रमुख सचेतक पदबाट राजीनामा दिन भनेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार गुरुङले प्रधानमन्त्रीको विरुद्ध गतिविधि गर्दै हिँडेकोले उनीसँग राजीनामा मागिएको छ । ‘उहाँ (गुरुङ)ले प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्दै हिँडेपछि प्रधानमन्त्रीज्यूले बोलाएर सचेत गराउनुभएको थियो तर उहाँ नसच्चिएपछि राजीनामा दिन भन्नुभएको हो’ स्रोतले भन्यो ‘अब पनि राजीनामा नदिए बर्खास्त समेत गर्न सक्नुहुन्छ ।’ पार्टीको संसदीय दलका नेताविरुद्ध नै गतिविधि गरेपछि गुरुङलाई हटाउने तयारी गरिएको स्रोतले बतायो । प्रधानमन्त्रीले सोमबार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर यस विषयमा जानकारी दिएका थिए । प्रधानमन्त्रीले आफूले गुरुङलाई हटाउन लागेको बताएपछि प्रचण्डले यसको प्रतिवाद गरे...