शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने

 चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ ।

मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताएका हुन् । उद्योगीहरुसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताए । उनले भने ‘अध्यक्षलाई हामीले भन्यौं तपाईहरुको उद्योग हाम्रो मन्त्रालय अन्तर्गत भएको हुनाले उद्योगीहरुको हकहितको साथै किसानको हकहित पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले किसान पहिलो हुन । किसानको तिर्नुपर्ने पैसा तपाईहरुले तिर्नुहोस, उद्योगीहरुसँग कुरा गर्नुहोस होइन भने नेपाल सरकार प्रचलित कानून बमोजिम जान्छ भन्यौं ।’

प्रवक्ता रेग्मीले किसानका समस्या समाधानका लागि मन्त्रालय संवेदनशिल भएको पनि बताए । किसानलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको तर नआएपछि फेरि  पत्र दिएर छलफलमा आउन आग्रह गरिएको पनि उनले बताए ।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पनि उद्योग मन्त्री भट्टले  गरेर भएपनि किसानलाई पैसा दिलाउने कुरा राख्नुभएको बताए । आफुले भने फेरि एकपटक पैसा भुक्तानीका लागि छोटो समय दिन आग्रह गरेको बताए ।

उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग किसानहरुको छ । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *