आखिर के को लागि राजनीति ?
डा.डिआर उपाध्याय
आज म अलि गम्भिर छु । हातमा कलम र कापी लिएर घोत्लिरहेको छु ,के लेखौँ के नलेखौँ, केही कुरा नलेख्न पनि मनले दिदैन, लेखौँ–लेखौँ लाग्छ । अहिलेको तात्तातो विषय भनेको राजनीति विषय नै हो । अरु सबै कुरा ओझेलमा परे । नेकपा भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । एउटा प्रश्न उठ्ने गर्छ ।आखिर के को लागि राजनीति गर्ने पद,पैसा र शक्तिको दुरुपयोग गर्न राजनीति गरिएको हो रु अहिले त्यस्तै दृश्य देखिएको छ ।
राजनीति भनेको त समाजसेवा हो । राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिन सम्म राम्रो सँग चप्पल लगाउन नसक्ने अधिकांश नेताहरु अहिले आलिसान महल,गाडी बैंक व्यालेन्स सबथोक छ । लगानी बिनाको व्यापार भएको छ नेपाली राजनीति ,पछिल्लो पुस्ता राजनीतिबाट पलायन हुँदैछन् । राजनीतिले वितृष्णा जन्मायो । २०४६ सालको परिवर...








