आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक छ : अर्थमन्त्री पौडेल

ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक छ : अर्थमन्त्री पौडेल

आर्थिक, समाचार
काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक रहेकाे बताएका छन्। उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन्। शनिबार ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन्। उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ। दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ। त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान ...
अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचनामा ‘सम्बन्ध’(भिडियो)

अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचनामा ‘सम्बन्ध’(भिडियो)

मनोरन्जन, समाचार
गीतकारका रूपमा ख्याति कमाउनुभएका अमर बान्तु संगीतकारमा रूपमा आफ्नो पहिचना स्थापित गरिरहनुभएको छ । उहाँको संगीत रहेको पछिल्लो गीत ‘सम्बन्ध’ श्रोता/दर्शकमाझ आएको छ । एपसी कोइलाको शब्द रचना रहेको गीतमा प्रताप दासको स्वर छ भने बाबुल गिरीको संगीत संयोजन रहेको छ । शान थापाको निर्देशन रहेको गीतको भिडियोमा सागर खनाल र गुँरास ढकाललाई फिचरिङ गरिएको छ । बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा विविक सुनुवारको दृश्य सम्पादन रहेको छ । जीवनकै कथा प्रस्तुत गरिएको गीतमा सम्बन्ध बनेको सम्हाल्नलाई हो बिग्रानका लागि होइन, संसार शृंगार्नका लागि माया प्रेम बनेको हो भन्ने भाव व्यक्त गरिएको छ । जीवन भोगाइका यर्थाथ प्रस्तुत गरिएको गीतको शब्द रचना जति सशक्त छ त्यतिनै मधुर संगीत सिर्जना भएको छ भने भिडियो पनि उत्कृष्ट बनेको छ । https://youtu.be/eTKAsCXJVoM स्रष्टा अमर बान्तुका हालै एकसाथ पाँच गीत...
भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील

भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील

अन्तराष्ट्रिय, समाचार
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणको बारेमा जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको छ। संयुक्त राष्ट्र संघले उक्त विज्ञप्तिको जवाफ दिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भएको भारतीय सैन्य कारबाहीप्रति चिन्तित रहेको बताएका छन्। एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘ एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन अपील गरेका छन्। विश्वले भारत र पाकिस्तान बीचको सैन्य टकराव सहन सक्दैन।’ यसअघि मे ५ मा, गुटेरेसले  सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव धेरै वर्षयताकै उच्चतम बिन्दुमा रहेको बताएका थिए। उनले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका थिए। ...
आफूलाई पूर्ण रूपले तयार पारी कला क्षेत्रमा आएकी छु:श्री स्वस्थानी

आफूलाई पूर्ण रूपले तयार पारी कला क्षेत्रमा आएकी छु:श्री स्वस्थानी

अन्र्तवार्ता, समाचार
काठमाडौं ।  पछिल्लो समयमा  मोडल तथा डान्सर श्री स्वस्थानी तामाङ यतिबेला चर्चाको शिखरमा पुगेकी छिन। उनी उमेरमा २१ वर्ष मात्र भइन्। तर छोटो समयमै निकै नै रुचाएकी उनी आज सबैको प्यारो बन्न पुगेकी छिन्। सानैदेखि डान्स गर्दै आएकी उनी सबैको मनमा बस्न चाहन्छिन्। घरको जेठी छोरी भएको कारणले उनी माथि जिम्मेवारी झन् थपिएको थियो। १५ वर्ष उमेरदेखि काम गर्न थालेकी थिइन्। जसले गर्दा घरको अवस्थालाई बिस्तारै समाधान गर्दै थिइन्। आर्थिक अवस्था कमजोर भएको कारणले उनी अगाडि बढ्न निकै नै कठिन भइरहेको थियो। स्कुलको प्रिन्सिपल घनेन्द्र भट्टराई सरले रियालिटी शोमा जान प्रोत्साहन गर्नुभयो। अभिनेत्री मिथिला शर्मा र महेश गोदार सरको देखाउनुभएको बाटोमा हिँड्दैछु। प्रतिभाको आँगनमा उनले सर्वोकृष्ट डान्सरको प्रथम श्रेणीको उपाधि हासिल गरिन्। एसी डान्स च्याम्पियनमा उनले छात्रावृत्ति पाएर कक्षा ११/ १२ र स्नातकमा प...
लोकराज अधिकारी ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को दुई विधामा टप २० मा छनौट

लोकराज अधिकारी ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को दुई विधामा टप २० मा छनौट

मनोरन्जन, समाचार
काठमाडौँ । इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को सातौँ संस्करणमा नेपाल बाट प्रसिद्ध गीतकार लोकराज अधिकारी अन्तिम प्रतिस्पर्धामा दुई विधामा टप २० मा छनौट भएका छन । नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका थिए । अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत गीतकार पुरुष तर्फ ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेकामा इलेकट्रोनिक भोटिङ’ मार्फत गीतकार अधिकारी टप २० मा परेका हुन । आगमी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा हुने फाइनलका लागि गीतकार अधिकारीलाई आयोजकले ” रेड कार्पेट ” निम्तो पठाएको छ । गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ “ह...
गण्डकी कोटिहोम पोखराबाट आउदो शुक्रबार ‘जय श्रीराम’ भजन सार्वजनिक हुदै

गण्डकी कोटिहोम पोखराबाट आउदो शुक्रबार ‘जय श्रीराम’ भजन सार्वजनिक हुदै

मनोरन्जन, समाचार
पोखरा। आध्यात्मिक यात्रा र भक्ति भावनाले भरिएको “जय श्रीराम” भजनको भिडियो यही शुक्रबार पोखराको गण्डकी कोटिहोमबाट विशेष समारोहसहित सार्वजनिक गरिने भएको छ। भजनलाई “विष्णुमाया पौडेल” युट्युब च्यानलमार्फत विश्वभर प्रसारण गरिनेछ, जसले श्रद्धालुहरूको हृदयमा शान्ति, समर्पण र भक्ति भावनाको गहिरो संचार गर्ने विश्वास निर्माण पक्षले लिएको छ। आरबी केसीको शब्द/संगीत एबम निर्देशनमा आधारित यो भजन केवल एक गीत होइन, शाश्वत प्रेम, अडान र समर्पणको भावनाले ओतप्रोत आध्यात्मिक अभिव्यक्ति हो।भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र पवित्र मार्गतर्फ सबैलाई निमन्त्रणा दिन्छ। मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर विसीले आत्मस्पर्शी गायन प्रस्तुत गरेका छन्। हेमन्त भट्टराई, आरबी केसी, र स्वयं गायक/गायिकाहरूको कोरसले यसलाई दिव्य बनाएको छ...
कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी

कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् । डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई ...
‘मह’को ‘म’ परिवारको ‘मनमा पापको ‘प’ पनि सार्वजनिक (भिडियो)

‘मह’को ‘म’ परिवारको ‘मनमा पापको ‘प’ पनि सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक र शब्द मदन कृष्ण श्रेष्ठ आफैको रहेको गीतमा यमन श्रेष्ठ र मदन कृष्ण श्रेष्ठ आफैले आवाज दिएका छन् । साथै अभिनय पनि बाबु छोराले नै गरेका छन्  । भिडियोको निर्देशन मदनकृष्ण श्रेष्ठकै बुहारी  रिंकु बज्राचार्य श्रेष्ठले गरेकी छन् । श्रेष्ठ परिवार नै गीत संगीतमा सक्रिय रहेका छन । मदनकृष्णका छोरी सराना श्रेष्ठ पनि कुशल गायिका एवं निर्देशक हुन । https://youtu.be/oG7T8NrA9K8 ...
“मिसेस नेपाल अस्ट्रेलिया” हुदै, आवेदन फारम खुल्ला

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै, आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
अस्ट्रेलिया –  हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” आयोजना गर्ने घोषणा भएको छ । उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको छ । विबाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत दश वर्ष देखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक स...
शिवन पोखरेल निर्देशित तथा अभिनित “झोले” सार्वजनिक(भिडियो)

शिवन पोखरेल निर्देशित तथा अभिनित “झोले” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
मोडल तथा म्यूजिक भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा  फरक र यथार्थपरक गीत “झोले” सार्वजनिक भएको छ। यस गीतमा आशिक राईको स्वर रहेको छ भने आशिक राई कै शब्द, संगीत रहेको छ। यस गीतको भिडियोमा शिवन पोखरेलको परिकल्पना तथा निर्देशन रहेको छ भने प्रदिप कुमार रसाईलीको कोरियोग्राफी, करण चैशिर र सरोज शाहीको छायांकन, टेकेनद्र शाहको सम्पादन रहेको छ। https://youtu.be/u0OYiTBoPHU उक्त गीतको भिडियोमा रबी गिरी, पवन खतिवडा, शिवन पोखरेल, आशिक राई, नविना सिलवाल (खुईली), कल्पना सिंह, हरिहर तिमिल्सिना, सपना रसाईली, करुणा केसी, राकेश रणपहेली, रुपेश तामाङ, राजिब आले मगर, राज कुमार गिरी, माया मोक्तान, राज कुमार तामाङ (टाईगर), गणेश कुँवर आदीको अभिनय रहेको छ। यस गीतलाई युबिन ईन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो। ...