आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

सञ्जिवकुमार र मेलिना राईको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’सार्वजनिक(भिडियो)

सञ्जिवकुमार र मेलिना राईको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौ’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ZJPPns8_ksM विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहको भिडियोमा लक्षमण चौहानको दृश्य सम्पादन छ । गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त गरिएको छ । भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ ।उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्या...
प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनयमा ‘दिल आफ्नै थियो’(भिडियो)

प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनयमा ‘दिल आफ्नै थियो’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  बिगत लामो समयदेखि अभिनयमा सक्रिय कलाकार प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको प्रेमभावयुक्त गीत “दिल आफ्नै थियो” हालै फाक्थुंगलुंग ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतमा गायक नारायण थापा र नित्याशिवाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द शंकर अधिकारी घायलले लेखेका हुन् भने संगीत बिकाश चौधरीले गरेका छन्। https://youtu.be/CKd8QrMQzTg गोबिन्द सोनीले मिक्सिंग र मास्टरिङ गरेका छन्। भिडियो पक्षमा पनि उत्कृष्ट टिमको समावेश छ छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल, श्रृंगार सबिना गुरुङ र निर्देशन प्रकाश धितालले गरेका हुन्। भिडियोमा “दिल आफ्नै भएपनि अरूका लागि मायामा धड्किने भावलाई कलात्मक र भावुक शैलीमा प्रस्तुत गरेको छन् निर्देशक प्रकाश धितालले । भिडियोमा देखाइएको समर्पण, प्रेम र भावनात्मक गहिराइले दर्शकको मन छुने अपेक्षा गर...
जेनजीको मुद्धा लिएर राष्ट्रिय युवा संघको नेतृत्वमा खुट्टा उचालेका अधिकारी

जेनजीको मुद्धा लिएर राष्ट्रिय युवा संघको नेतृत्वमा खुट्टा उचालेका अधिकारी

शिक्षा, समाचार
काठमाडौं । आम मान्छेले चिन्ने कुवेर अधिकारीको पेशागत चिनारी लोकसेवाका सेलिब्रेटी आइक्यू गुरु हो । लोक सेवा आयोग, शिक्षा सेवा आयोग तथा अरु विभिन्न प्रतिस्पर्धात्मक परिक्षाहरुमा आम मान्छेले बुझ्ने शैलीमा उनका आइक्यू कक्षाहरु संचालन हुन्छन् । यसैले उनलाई चिनाएको छ । दैलेखी जरा भएका अधिकारीको राजनीतिक चिनारी भने नेकपा (एमाले) हो । एमालेको युवा मोर्चा राष्ट्रिय युवा संघका उनी केन्द्रिय नेतृत्वमा रहिसकेका एक अनुहार हुन अधिकारी । हाल उनी राष्ट्रिय युवा संघका सचिव छन् । शिक्षा विभागको कमान्ड गर्छन् । एक विभागकै नेतृत्वमा रहेका उनको काम देखेर एमाले नेता स्थायी कमिटि सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले प्रसंसा गरे । बानेश्वरको इन्द्रेणी पार्टी प्यालेसको शिक्षा विभागको कविता तथा गजल पुरस्कार समारोहमा ढकालले अधिकारीलाई तारिफ गरेर भनेका थिए, ‘नामका मात्रै होइन योजना र भिजनका ...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपध्याय खनालको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सांसद डा.अमरेशकुमार सिंह र मञ्चासिन अतिथिहरूले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।संघका अध्यक्ष राधेश्याम लेकालीको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गर्नुभएको थियो । उहाँले उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसंग कोट्याउनुभएको थियो । विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा.उपाध्या...
नुनको कारोबार निजी क्षेत्रलाई दिनेबारे कुनै निर्णय भएको छैन : आपूर्ति मन्त्री भण्डारी

नुनको कारोबार निजी क्षेत्रलाई दिनेबारे कुनै निर्णय भएको छैन : आपूर्ति मन्त्री भण्डारी

आर्थिक, समाचार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई आयोडिनयुक्त नुनको कारोबार गर्न दिनेबारे कुनै निर्णय नभएको दाबी गरेका छन् । आज सोमबार काठमाडौंमा आयोजित उपभोक्ता सुरक्षाबारेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले यसबारे सञ्चार माध्यमहरूमा आएका समाचारमा सत्यता नभएको स्पष्ट गरेका हुन् । आयोडिनयुक्त नुनको आपूर्ति, भण्डारण र बिक्री–वितरण नियमितझैँ साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् नै हुने उनले बताए । ‘केही मिडियाहरूमा साल्ट ट्रेडिङमार्फत हुँदै आएको आयोडिनयुक्त नुनको बिक्री–वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिन लागिएको भनेर समाचारहरू सम्प्रेषण भएको पाएँ,’ मन्त्री भण्डारीले भने, ‘यो कसरी आयो, किन आयो, त्यो जानकारी भएन । वास्तवमा, अहिलेसम्म आयोडिनयुक्त नुन बिक्री–वितरणको अधिकार साल्ट ट्रेडिङ कर्पोरेशनलाई छ ।’ उनले आपूर्ति शृङ्खलासँग सम्बन्धित कुनै निर्...
सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट उत्कृष्ट व्यबसायीको रुपमा सम्मान

सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट उत्कृष्ट व्यबसायीको रुपमा सम्मान

आर्थिक, समाचार
काठमाडौं । प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो । कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र ...
दिपेन्द्र केशर र शर्मिला पण्डितको ‘छ माया छपक्कै’ सार्वजनिक(भिडियो)

दिपेन्द्र केशर र शर्मिला पण्डितको ‘छ माया छपक्कै’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  गायक रामकृष्ण ढकाल तथा गायिका तृप्ति खड्का गुरुङ्गको युगल स्वरमा ‘छ माया छपक्कै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र केशर पण्डित तथा शर्मिला पण्डितको निर्माणमा तयार भएको भिडियोको गीतको शव्द ज्ञानेन्द्र क्षेत्री तथा संगीत गायिका स्वयं तृप्तिले गरेकी हुन । सारेगम स्टुडियोमा तयार गरिएको गीतको एरेन्ज,मिक्सिङ्ग तथा मास्टरिङ्ग नरेश पाण्डेले गरेका थिए । https://youtu.be/4jLJN04QXkM विजय गुरुङ्गको निर्देशनमा तयार भएको भिडियोमा फिचर्ड स्वयं निर्देशक गुरुङ्ग र मोडल मिस पवि रहेका छन । कुलेखानीको रमणीय दृश्यहरु समेटिएको भिडियोलाई छायांकार प्रकाश खड्का तथा उनको टिमले छायांकन गरेका छन । भने भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन । गीतको भिडियो तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । ...
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

समाचार, समाज
काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको प्रिज्मा डी.सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो । समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उहाँलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।‘दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट यहाँले पत्रकारिता पेशामा पुर्‍याउनु भएको योगदान अतुलनीय छ । साथै चलचित्र पत्रकारितामा यहाँले देखाउनु भएक...
प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको शुभारम्भ

प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको शुभारम्भ

मनोरन्जन, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काभ्रेको बनेपामा ‘सिनेपाः’ नामक इन्डोर फिल्म स्टुडियो निर्माण सुरु भएको औपचारिक घोषणा गरे। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शिलापत्र अनावरण गर्दै ओलीले ‘आजको दिन नेपाली सिनेमा क्षेत्रको युग परिवर्तनको संकेत’ भएको बताए। “अब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,” उनले भने। बनेपा नगरपालिका–१० र १३ को ४१ रोपनी जग्गामा बन्ने स्टुडियो सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३९ करोड रुपैयाँ अनुमानित लागतको यो परियोजनाले नेपाली फिल्म उद्योगलाई ‘सस्टेनेबल’ बनाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले डबिङ, गायन र प्रविधिसम्बन्धी अन्य युनिटहरू पनि स्टुडियोमा समेटिनुपर्ने सुझाव दिए। उनले अघिल्लो कार्यकालमा दोलखामा फिल्म नगरी र पालुङटारमा स्टुडियो निर्माणको प्रस्ताव गरे पनि ‘कलाकारक...
तेस्रो संस्करणको ‘राष्ट्रिय संगीत अवार्ड’ सम्पन्न

तेस्रो संस्करणको ‘राष्ट्रिय संगीत अवार्ड’ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कास्की खबर प्रा.लि को आयोजनामा बैशाख २९ गते सोमबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठामा सम्पन्न भएको उक्त अवार्ड समापन समारोहमा नेपाल को पहिलो महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहाल सभापति रहेका थिए ।कार्यक्रममा सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बरिस्ठ गायक बम बहादुर कार्की, प्रतिष्ठानकै सचिव लोकप्रिय गायक बैकुण्ठ महत, वरिष्ठ सङ्गीतकार राजु सिंह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष राधिका हमाल, बरिस्ठ पत्रकार शान्तिप्रिय, सुमन बैरागी, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल, सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी, डब्बु क्षत्री, लोकराज अधिकारी, गायिका एवं सञ्चारकर्...