मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

आइपीओ रिजल्ट मिडियाबाट हेर्न नपाइने, महिला लघुवित्तको आज आउने

आइपीओ रिजल्ट मिडियाबाट हेर्न नपाइने, महिला लघुवित्तको आज आउने

समाचार
महिला लघुवित्तको साधारण शेयर आईपीओ आज शुक्रवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेण्ट बैंकिङ्गले आज बिहान ८ बजे आईपीओ बाँडफाँड गर्न लागेको हो ।क्यापिटलका अनुसार लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलवार नै भइसकेको छ । लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् । तर यो पटकदेखि लगानीकर्ताले अनलाइन मिडियाबाट आईपीओ परे नपरेको रिजल्ट भने हेर्न नपाउने भएका छन् । यसअघि विभिन्न सञ्चार माध्यमको वेबसाइटमा पनि आईपीओको रिजल्ट हेर्न पाइन्थ्यो । यसरी धेरै स्थानबाट रिजल्ट हेर्न प...
विप्लव समूहका इञ्चार्ज पक्राउ

विप्लव समूहका इञ्चार्ज पक्राउ

समाचार
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अ’पराधमा सं’लग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताउनुभयो । “दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो”, उहाँले भन्नुभयो, “उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो ।” पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आ’गजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुनुहुन्छ । उहाँ पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरी...

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

समाचार
नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अ’पराध र अ’वैध हा’तहतियार तथा ब’न्दोबस्ती’ ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण, सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको छ । नेपालका तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह, भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी, भा...
बिरामी बोकेको जीप दुर्घटना

बिरामी बोकेको जीप दुर्घटना

समाचार
बेनी नगरपालिका–४ फापरखेतमा बिहीवार राती भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जीप सडकबाट म्याग्दी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले मालिका–३ का ६२ वर्षीय गोबिन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजादैँ गरेको जीप दुर्घटना भएको हो। घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रबिन्द्र रोका, २० वर्षीय रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ। चालक बाहेक मृतक र घाइते एकै परिवारका सदस्य हुन्। तातोपानी प्रहरी चौकी, तातोपानी र...
नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ

नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ

आर्थिक, समाचार
नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ थियो । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ थियो । साप्ताहिक कारोबारको पहिलो दिन (फागुन ९ गते, आइतबार) बढेको सुनको मूल्य त्यसपछि सोमबार यथावत रह्यो भने मंगलबार बढेको थियो । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य ९० हजार १ सय रुपैयाँ प्रतितोला पुगेको थियो । मंगलबार ९० हजारको आंकडा पार गरेको सु्नको मूल्य बुधबार भने पुनः ओरालो लाग्यो । बुधब...
पोखरामा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेका छन्

पोखरामा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेका छन्

आर्थिक, समाचार
पोखरा। आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ। कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन्। पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन्। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द पर्यटक त्रास कम भउपछि घुमफिरमा समय दिन थालेका छन्। साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो। पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर ग...
नेपालमा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बिहिबार नेपालमा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा ८४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ८३ जना थपिएका छन् । योसँगै कुल २ हजार ७६७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै, हालसम्म ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पीसीआर परीक्षण गरिएको छ ...
हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने:बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल

हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने:बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल

शिक्षा, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् । हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनर्निर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे । विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उनको भनाइ थियो । पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने बताए । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पौडेलको भनाइ थियो । कार्यक्रममा वाग्म...
संसद पुनर्स्थापना गरे सँगै प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने

संसद पुनर्स्थापना गरे सँगै प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने

राजनीति, समाचार
प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने भएका छन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सांसदहरुको तलब रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै सांसदहरुले तलब पाउने भएका हन् । सांसदहरुले पुस महिनाको ५ दिनको तलब प्राप्त गरेका थिए । भने बाँकी रहेको समयको तलब उपलब्ध गराउन लागेको संसद सचिवालयले जनाएको छ । हाल संघीय सांसदहरूको मासिक तलब ५५ हजार २ सय ३० रुपैयाँ छ। त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको तलब भने त्यसमा केही बढी रहेको छ। यस अवधिमा कुनै बैठकहरु नभएका कारण तलबहरु मात्रै प्राप्त गर्न लागेका हुन् । ...
फैसलासँगै प्रतिगामी तत्वहरु पराजित

फैसलासँगै प्रतिगामी तत्वहरु पराजित

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ । यो नै खुशिको कुरा हो । यो फैसलासँगै प्रतिगामी तत्वहरु पराजित भएका छन् । लोकतन्त्रवादी शक्ति र नेपाली जनताको जित भएको छ । न्यायलयले निष्पक्ष छानबिन गरी जुन यो फैसला गरेको छ यसले न्यायलय माथि विश्वास प्रकट गरेको छ । अलोकतान्त्रिक प्रवृत्तिको पराजय भएको छ । यो फैसलाले गलत बाटोमा गएको संविधानलाई फेरि सही बाटोमा फर्काएको छ । यसका लागि सर्वोच्च अदालतलाई सबै जनताले ह्रिदयदेखि नै धन्यवाद दिनु पर्छ । फैसला सँगै जनताले देशका विभिन्न ठाउँमा खुसीयाली मनाइरहेका छन् । अब मुलुकको राजनीति कसरी विकसित हुने हो भन्ने कुरा सबैको चासोको विषय बनेको छ । सर्वोच्च अदालतले संसद बैठक १३ दिन भित्र बोलाउन सुझाएको छ । त्यसपछि देशको राजनीतिले कुन मोड लिन्छ भन्ने कुरा प्रष्ट होला । नेपालको न्याय क्षेत्रले धेरै प्रश्नचिन्हको सामना गर्नुपरेको...