विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दुर्गा भजन ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाः को सङ्गीत संयोजन रहेको दुर्गा भजनको भिडियो नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । पवन भट्टको रेकडिङ रहेको भजनमा सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।
https://youtu.be/7DnGplpBwfk
अर्जुन खडकाको निर्देशन रहेको भजनको भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतलाई फिचरिङ गरिएको छ । सनम तामाङको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको कलर संयोजन छ । भजनमा देवी दुर्गाको महिमा व्यक्त गरिएको छ ।
‘बडा दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष ...









