डा.डिआरको किर्तिमानमाथी किर्तिमान, विश्वकिर्तिमान १०८ पुग्यो
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड कायम गर्नुभएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच उहाँका थप २८ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँको विश्व कीर्तिमानको सङ्ख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले कीर्तिमान हस्तान्तरण गर्नुभएको थियो ।
डीआर म्युजिक क्रियसन आयोजक तथा खनाल सेवा समाज सहआयोजक रहेको समारोहमा डा. उपाध्यायका थप आठ एल्बम पनि विमोचन गरिएको थियो । यसअघि डा. उपाध्यायका २५ गीति एल्बम सार्वजनिक भइसकेका छन् ।
पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायलाई विश्व कीर्तिमानका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यमा लाग्न शुभकामना दिनुभयो । उहाँका कामले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन सघाउ पुगेको पनि उल्लेख गर्नुभयो । गीतकार डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिच...









