शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

शिक्षा

‘क्यान इन्फोटेक’ सकियो, चार लाखले अवलोकन

‘क्यान इन्फोटेक’ सकियो, चार लाखले अवलोकन

आर्थिक, शिक्षा, समाज
काठमाडौं— २१, माघ । सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिजए । भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ संस्करणको मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग सम्बन्धि अवलोकनको व्यवस्था मिलाइएको थियो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ नाम दिइएको सो मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए । सूचना प्रविधि म...
प्रा.डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने

प्रा.डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने

शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं — १३, माघ । नेपाल चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन सुरु गर्ने निर्णय गरेको छ । आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि संघले रिले अनसन शुरु गर्ने निर्णय गरेको हो । आज काठमाडौका चिकित्सकहरुलाई शिक्षण अस्पताल महराजगञ्जमा भेला गरेर संघले रिले अनसनमा सहभागी हुन आह्वान गरेको छ । चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले दुई तिहाइको दम्भ देखाएर ३ करोड जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । उनले सरकारले डा.केसीको माग पूरा नगरे जस्तोसुकै आन्दोलनमा उत्रन तयार रहेको चेतावनी पनि दिए । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा.केसी १९ दिन देखि अनशनमा छन् । (ईमेज खबर)...
विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सरकारसँग प्रा.डा. केसीको आग्रह

विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सरकारसँग प्रा.डा. केसीको आग्रह

शिक्षा, समाचार, स्वास्थ्य
माघ—८, काठमाडौं । विगत १४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन सांसदहरुलाई आग्रह गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. केसीले त्यहीँबाट मंगलबार एक भिडियो सन्देश जारी गर्दै माफियामुखी ऐन ल्याउन नदिन सांसदहरुलाई आग्रह गरेका छन् । डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गर्दै आफूसँग सरकारले गरेको सहमतिअनुसार ऐन पारित गर्न अपिल समेत गरेका छन् । अनशनरत डा. केसीलाई उनको स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबार आइसीयुकक्षबाट जनरल वार्डमा सारिएको थियो । सोमबारदेखि डा. केसीलाई गणेशमान सिंह नाक, कान, घाँटी भवनमा सारिएको छ । उनी विगतमा समेत यही भवनमा अनशन बसेका थिए ।...
डा. केसी लाई ‘अब कहिल्यै बस्नुपर्दैन’ भन्दै १५ औं अनशन तोडाएका नेम्वाङ अहिले भन्छन्– सबै माग पूरा हुन धेरै गाह्रो छ

डा. केसी लाई ‘अब कहिल्यै बस्नुपर्दैन’ भन्दै १५ औं अनशन तोडाएका नेम्वाङ अहिले भन्छन्– सबै माग पूरा हुन धेरै गाह्रो छ

शिक्षा, समाचार, स्वास्थ्य
  काठमाडौं, माघ- २ । प्रा.डा. गोविन्द केसीको १५ औं चरणको अनशन तोडाउनका लागि महत्वपूर्ण भूमिका खेलेका सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङ्ले त्यतिबेला सहमति भएका सबै माग पूरा हुन गाह्रो भएको बताएका छन् । उनले ९५ प्रतिशत विषय संसदीय समितिले मानेकाले डा. गोविन्द केसी अनशन बस्न जरुरी नरहेको बताएका छन् । उनले बुधबार बिहान बाह्रखरीसँगको कुराकानीमा संसदीय समितिले यति लामो समय लगाएर गरेको कामलाई अन्यथा रुपमा लिन नहुने समेत जनाए । प्रा.डा. केसी आफ्ना माग पूरा नभएको भन्दै गएको बुधबारदेखि नेम्वाङ्को गृहजिल्ला इलाममा गएर अनशन बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था झन्झन् नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पहिला सहमति गरेर अहिले धोका दिने काम भएको भन्ने कुरापनि डा. केसी पक्षधरहरुले उठाइरहेका छन् । यसबारेमा नेम्वाङ भन्छन्,‘‘संसद भनेको सार्वभौमसत्ता सम्पन्न निकाय...
डा गोविन्द केसीलाई चुनौती दिँदै २७ वर्षीय युवा अनशनमा

डा गोविन्द केसीलाई चुनौती दिँदै २७ वर्षीय युवा अनशनमा

शिक्षा
इलाम, पुस- २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौती दिएका छन् । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा संसदीय समितिबाट हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै इलाममै आमरण अनशन बसेका छन् । काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन बसेका हुन् । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन शुरु गरेका हुन् । दुवै अनशनस्थलको दूरी ए...
सञ्चारकर्मी रबिको कुरा: के/कति पत्याउने के/कति नपत्याउने ?

सञ्चारकर्मी रबिको कुरा: के/कति पत्याउने के/कति नपत्याउने ?

शिक्षा
काठमाडौं, पुस- २४ प्रेस काउन्सिल नेपालमा रबी लामिछाने बारे उजुरी पर्‍यो । उजुरी परेपछी सम्बन्धित निकाय भएको नाताले के हो त भनेर सोध्नै पर्‍यो । त्यसैले पत्र लेख्यो । पत्रको जवाफ यस्तो देखियो कि प्रेस जगत नै आस्चर्यमा पर्‍यो । रबिको त्यस्तो जवाफको प्रेस जगतले कल्पना समेत गर्न सकेको थिएन । प्रेस काउन्सिलको प्रश्नको जवाफमा रबिले लेखे, ‘मैले बिदेशी नागरिकता लिएको छैन, मैले नेपालमा रहेर काम गर्न स्विक्रिती प्राप्त गरेको छुँ, म पत्रकार होईन, म नेपालको प्रेस पास पनि लिन्न ।’ रबी बिरुद्द उजुरी परेको हुंदा सम्बन्धित निकाय भएको कारणले उजुरी कर्तालाई जवाफ त दिनै पर्ने हुन्छ त्यसैले सांचो कुरा के हो त भनेर प्रेस काउन्सिलले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा पत्राचार गर्‍यो । पररास्ट्र र गृहले स्पस्ट जवाफ दियो, ‘रबी अमेरिकी नागरिकको हैसियतले नेपालमा नाता भिसामा बसिरहेका छन्, नाता भिसा भएकाहरुले ...
कक्षा ३ पास गर्दा प्रतिविद्यार्थी ३६ हजार भत्ता प्रदान

कक्षा ३ पास गर्दा प्रतिविद्यार्थी ३६ हजार भत्ता प्रदान

शिक्षा, समाचार, समाज
पर्वत- पुस २२ । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामाग्रीबाहेक विद्यार्थीलाई भत्ता समेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा संचालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो । प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत बर्षदेखि प्रतिविद्यार्थी बार्षिक ३६ हजार ४ सय रुपैंयाँ भत्ता दिन थालिएको हो । यसबर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत आसोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् । भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन् । कान्तिपुर दैनिक...
साक्षर अभियान व्यापक भए पनि बाँकेमा ८० हजार्भन्दा बढी नागरिक अझै ‘औँठाछाप’

साक्षर अभियान व्यापक भए पनि बाँकेमा ८० हजार्भन्दा बढी नागरिक अझै ‘औँठाछाप’

शिक्षा, समाचार
बाँके, पुस- १८ । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् । साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै भेटिएको छ । यस्तै तत्कालीन नौबस्ता गाविसमा पनि निरक्षरको सङ्ख्या धेरै रहेको स्थानीय याम श्रेष्ठको भनाइ छ । उपमहानगरपालिकासँगै जोडिएको नरैनापुर गाउँपालिकामा मात्रै करीब १२ हजार नागरिक निरक्षर भेटिएका छन् । यो एउटै गाउँपालिकाको तथ्याङ्कले पनि बाँकेमा निरक्षर अभियान कागजमै सीमित रहेको प्रष्ट देखिएको छ । सरकारी तथ्याङ्कअनुसार निरक्षरमध्ये महिला ५० हजार ४६९ र पुरुष ३४ हजार ६१५ अझै निरक्षर छन् । पाँच लाख ४ हजार ५४८ जनसङ्ख्या रहेको जिल्लामा एक लाख ७६ हजार २५५ महिला र दुई...
२०७२ सालमा भुकम्पले क्षति पुर्याएको व्यास १० को सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास

२०७२ सालमा भुकम्पले क्षति पुर्याएको व्यास १० को सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास

शिक्षा, समाचार
२०७२ सालमा भुकम्पले क्षति पुर्याएको व्यास १० को सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास तनहुँ, ११ पौष – २०७२ सालमा भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण कार्य तनहू जिल्लामा तिब्र गतिले भईरहेको छ । यसैक्रममा व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको एक कार्यक्रमका बिच सिलन्यास गरियो , उक्त सिलन्यास कार्यक्रम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यानवयन ईकाई ( शिक्षा ) तनहुका प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाट र जग्गादाता स्वर्गिय ईश्वरीप्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।   विद्यालयको भवन भुकम्पले जिर्ण बनाएपछि टालटुल गरे विद्यार्थीहरुलाई अध्ययन गराउनु परेको र ति भवनलाई बिस्थापित गर्नको लागि नया भवनको आवश्यकता रहेको समयमा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) बाट भवन बनाउनको लागि रकम पर्नु...
गुल्मीकाे मुसिकाेटमा रहेकाे खस्थाेक माध्यामिक विधालय्ले मनपरी शुल्क असुली गर्दै

गुल्मीकाे मुसिकाेटमा रहेकाे खस्थाेक माध्यामिक विधालय्ले मनपरी शुल्क असुली गर्दै

शिक्षा, समाचार
काठमाडौं, पुस- ११ । सुखी नेपाली समृद्ध नेपाल र समृद्धि हाम्रै पालामा भन्ने नारा सरकारले वारम्वार लगाइरहेकाे छ। तर पहाडी जिल्ला गुल्मीकाे एउटा घटनाले सबैलाई झस्काइदिएकाे छ। गुल्मीबाट प्राप्त खवर अनुसार, त्यहाकाे एक विधालयले आठ कक्षा पास गरेकाे एक बालिकालाइ सर्टिफिकेट लिनकाे लागि मात्र ३ हजार रूपैया शुल्क लिएकाे जनाईएको छ। गुल्मीकाे मुसिकाेटमा रहेकाे खस्थाेक माध्यामिक विधालयले यति चर्काे शुक्ल उठाएको पाईएको हाे। विधार्थीले आफनाे परिक्षाकाे उत्तीर्ण भएकाे सर्टिफिकेट महिनावारी शुल्क र जाच शुल्क तिरेपछि आरामसंग लिन पाउने सरकारी प्रावधान रहेको छ तर गुल्मीकाे हकमा भने याे नियमले काम गरेकाे देखिएन । एउटा साधारण स्कुलमा सर्टिफिकेट मात्र लिएकाे पनि ३ हजार शुल्क लिएपछि अभिभावक आक्राेशित भएका छन। र,उनीहरू प्रश्न गर्न थालेका छन-के यसरी समृद्धि आउला ?...