आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

साझा र विवेकशील एकताका लागि संयुक्त प्रतिवेदनमाथि छलफल गर्दै

साझा र विवेकशील एकताका लागि संयुक्त प्रतिवेदनमाथि छलफल गर्दै

राजनीति
कात्तिक ४ काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकतासम्बन्धी संयुक्त प्रतिवेदन मंगलबार दुबै दलको केन्द्रीय समितिमा पेश भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ का रूपमा असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो । उक्त प्रतिवेदनमाथि दुबै दलको संघीय र केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीयरसङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरणको प्रक्रियाले पूर्णता पाउने ती दलको संवाद समिति संयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विगतमा एकता भएको यी दल पछि फुटेर अलग अलग रुपमा गतिविधि गर्दै आइरहेका थिए । ...
चौतर्फि आलोचनापछि दसैंभत्ता फर्काउँदै सांसद

चौतर्फि आलोचनापछि दसैंभत्ता फर्काउँदै सांसद

राजनीति
कात्तिक ४ काठमाडौं । कोरोना संक्रमणबाट देश आक्रान्त बनेका बेला दसैभत्ता लिएको भनी आलोचना बढेपछि केही सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ताको घोषणा गरेका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेससमेत सत्तारूढ नेकपाले संस्थागत रूपमै भत्ता फिर्ता गर्ने निर्णय गरेका छन्। सोमबारसम्ममा नौजना सांसदले भत्ता फिर्ताका लागि प्रक्रिया सुरु गरेको संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेसका गगन थापा र नेकपाका गोकर्ण बिष्टले भत्ता रकम नै फिर्ता गरेका छन् भने नेकपाका भीमबहादुर रावल, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, कांग्रेसका नारायण खड्का, नेकपाका सोमप्रसाद पाण्डे, प्रभु शाह र सूर्यप्रसाद पाठकले रकम फिर्ता गर्न पत्र पठाएका छन्। संसद् सचिवालयले संघीय संसद्का पदाधिकारी, सांसद तथा उनीहरूका सल्लाहकार र स्वकीय सचिवलाई दसैंभत्ताबापत भन्दै रकम उनीहरूका ब...
Speaker Sapkota to deposit his festival allowances in Corona Prevention Fund

Speaker Sapkota to deposit his festival allowances in Corona Prevention Fund

राजनीति
Kathmandu, Oct 20:Speaker Agni Prasad Sapkota is to deposit the amount he gets as festival allowances in the Corona Fund set up by the government. The Speaker declared this in a press release on Monday.He has said his attention was drawn to the various comments and criticisms over the festival expenses and allowances provided to the Members of Parliament amidst the global coronavirus pandemic and the crisis brought by it. The government had last year decided to provide the festival allowances to the MPs and the allowance had been provided to them this year as well based on this decision. Speaker Sapkota has thanked the ruling and opposition parties for the ‘wise decision’ they have taken regarding the allowances considering the present difficult situation of the country. It may be n...
सभामुख मूकदर्शक मात्रै

सभामुख मूकदर्शक मात्रै

राजनीति
कात्तिक ४ काठमाडौं । नैतिक, राजनीतिक र कानुनी मुद्दा बनेपछि प्रमुख राजनीतिक दलले सांसदको दसैँ भत्ता कोरोना कोषमा पठाउने निर्णय गरेका छन् । सांसदहरूले व्यक्तिगत रूपमा र राजनीतिक दलहरूले संसदीय दलको नेतृत्वबाट निर्णय गरेपछि मात्र धन्यवाद दिन सभामुख अघि सरेका छन् । संसद् भनेको आफैमा सार्वभौम निकाय हो, जसले आफ्नो सेवा र सुविधाका सर्त आफै निर्धारण गर्छ । कानुन बनाउने विषयमा आफैमा सार्वभौम संसद्ले भत्ता लिने विषयमा सरकारले निर्धारण गरेको व्यवस्था किन स्वीकार ग¥यो ? संसद्को गरिमा जोगाउने प्रमुख जिम्मेवार सभामुख अग्नि सापकोटा नै अलमलमा छन् । यो विषयमा नयाँ पत्रिकाले सभामुखसँग प्रश्न राखेको थियो । ‘दसैँमा भत्ता दिने भनेर अहिले भएका निर्णय होइन, यो मेरो कार्यकालमा निर्णय भएको विषय थिएन, त्यसैले दसैँ भत्ता आउनुअघि यस विषयमा ध्यान पुगेन । तर, जब समाचार आयो, यसबारे उचित निर्णय लिनुपर्छ भनेर क...
अन्तर स्थानीय तह कर्मचारी सरुवा तयारी

अन्तर स्थानीय तह कर्मचारी सरुवा तयारी

राजनीति
कात्तिक ४ काठमाडौं । अन्तर स्थानीय तह र अन्तरप्रदेश कर्मचारी सरुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि तयारी थालेको छ ।१ भदौको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी नीतिगत निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण हुन बाँकी भएकाले कार्यान्वयन भएको थिएन । ‘प्रधानमन्त्री कार्यालयबाट निर्णय प्राप्त भएको छ,’ मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने, ‘अब निर्णय कार्यान्वयनमा लैजान्छौँ ।’ समायोजन भएका कर्मचारीलाई अन्य प्रदेश र स्थानीय तहमा सरुवा गर्न बाटो खुलेको हो । यसअघि समायोजन भएका कर्मचारीलाई अन्यत्र सरुवा गर्ने व्यवस्था थिएन । अब सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको सहमतिमा उनीहरूको सरुवा हुनेछ । त्यसका लागि स्थानीय तह र प्रदेश दुवैको सहमति आवश्यक हुने प्रवक्ता अधिकारीले बताए । केही प्रदेश सरकार र स्थानीय तह भने उक्त निर...
‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

राजनीति
कात्तिक ४ काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेफाली कांग्रेसले सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ । महामारीको समयमा जनताको जीवन जोगाउने कर्तव्य सरकारको भएको भन्दै कांग्रेसले कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन सरकारसँग आग्रह पनि गरेको छ । कोरोना संक्रमितको उपचार गर्नबाट सरकार पन्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्यत रहेको कांग्रेसले भनेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुरूप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने र सरकारले जनताप्रतिको उत्तरदायित्व वहन नगरेको बताए । कांग्रेसले सरकारले संवेदनशील अवस्थामा समेत जनता, अदालत, प्रतिपक्ष र सञ्चार माध्यमको कुरा नसुनेको समेत वि...
संकटकाल र कर्फ्यू लाग्ने कुरा तथ्यहीन : गृह मन्त्रालय

संकटकाल र कर्फ्यू लाग्ने कुरा तथ्यहीन : गृह मन्त्रालय

राजनीति
कात्तिक ३ काठमाडौं । गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यममा संकटकाल र कर्फ्यू लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडेर सङ्कटकाल र कर्फ्यू लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्येहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ...
सरकारको प्रवक्तामा सञ्चारमन्त्री पार्वत गुरुङ नियुक्त

सरकारको प्रवक्तामा सञ्चारमन्त्री पार्वत गुरुङ नियुक्त

राजनीति
कात्तिक ३ काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ ।गत असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सरकारको प्रवक्ता हुने गुरुङ चौथौँ व्यक्ति हुन् । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदबाट बाहिरिएसँगै तत्कालिन अर्थमन्त्री डा युवराज खतिडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । अर्थमन्त्रीबाट राजिनामा दिइसँगै हालका परराष्ट्रमन्त्री ज्ञवालीलाई तोकिएको थियो । मन्त्री गुरुङलाई सोमवार बाटै लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि गुरुङ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । गत असोज २८ गते भएको मन्त्रिमण्डल पुनगर्ठनपछि गुरुङलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिइएको हो । ...
मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण

मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण

राजनीति
कात्तिक ३ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ।नेम्वाङका स्वकीय सचिव गणेश योङहाङका अनुसार लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए। उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो। ‘उहाँको आजै पोजेटिभ रिपोर्ट आएको छ। सामान्य ज्वरो र खोकी लागेको छ। अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बस्नुभएको छ,’ योङहाङले भने।मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो। ...
विजयकुमार गच्छदारको सम्पत्ति रोक्का

विजयकुमार गच्छदारको सम्पत्ति रोक्का

राजनीति
कात्तिक ३ काठमाडौं ।ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ ।सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनायो । ...