आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण

कात्तिक ३ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ।नेम्वाङका स्वकीय सचिव गणेश योङहाङका अनुसार लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए। उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो।

‘उहाँको आजै पोजेटिभ रिपोर्ट आएको छ। सामान्य ज्वरो र खोकी लागेको छ। अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बस्नुभएको छ,’ योङहाङले भने।मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *