आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

संकटकाल र कर्फ्यू लाग्ने कुरा तथ्यहीन : गृह मन्त्रालय

कात्तिक ३ काठमाडौं । गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यममा संकटकाल र कर्फ्यू लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडेर सङ्कटकाल र कर्फ्यू लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

‘उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्येहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *