आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

किन सलबलाए राजावादी ? यसो भन्छन् नागरिक समाजका अगुवा र नेताहरु

किन सलबलाए राजावादी ? यसो भन्छन् नागरिक समाजका अगुवा र नेताहरु

राजनीति
कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै । ०६२–६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरु चरणबद्ध प्रदर्शन गरिरहेका छन् । देशका मुख्य शहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरमा फरक फरक ब्यानरमा प्रदर्शन गरेका छन् । उनीहरुको उद्देश्य भने एउटै देखिन्छ गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने । संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन हुन थालेपछि उपत्यकाका तीनै जिल्ला प्रशासनले आन्दोलनकारी माथि निगरानी बढाउने निर्णय गरेका छन् । आखिर गणतन्त्र स्थापनाको १२ वर्षमै राजावादीहरु किन सलबलाए ? नागरिक समाजका अगुवा कृष्ण पहाडी भन्छन्, गणतन्त्रपछि जति शासक आएपनि उनीहरुले यो व्य...
मंसिर २५ र २६ गते नेपाल–भारतबीच सचिवस्तरीय बैठक

मंसिर २५ र २६ गते नेपाल–भारतबीच सचिवस्तरीय बैठक

राजनीति
नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने विषयमा छलफल गरिने जनाइएको छ । नेपाल भारतबीच यो आठौं ऊर्जा सचिवस्तरीय बैठक हो । सो बैठकले विगतका बैठकमा ऊर्जासम्बन्धी दुई देशबीच भएको सहमति कार्यान्वयनको विषयमा जोड दिनेछ । कोरोनाका कारण सो बैठक भर्चुअल माध्यमबाट हुन लागेको छ । नेपाल र भारतबीचको संवादहीनता अन्त्य भएसँगै नेपालको प्रस्तावमा भर्चुअल बैठक हुन लागेको हो । सातौं बैठकमा भएका एजेन्डा कार्यान्वयनका विषयमा अहिले हुन लागेको आठौं बैठकमा छलफल हुनेछ । सातौं बैठक भारतको बैंग्लोरमा भएको थियो । सातौँ बैठकमा नेपाल, बंगलादेश र भारतको त्रिपक्षीय बैठक बसेर नेपालको बिजुली भारत निर्यात गर्ने एजेन्डा रहेको थियो । टनकपुरबाट भारतले दिँदै आएको बिजुलीको विषयमा पनि बैठकको एजेन्डा ...
अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

राजनीति
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले कार्य व्यस्तताबारे जानकारी गराउँदा गराउँदै पनि अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबारका लागि बैठक राखेपछि ओली असन्तुष्ट भएका थिए । बैठक राख्ने विषयमै मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद झन्झन् चर्किँदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि सचिवालय बैठक २० मंसिरसम्मका लागि सारिएको छ । २० मंसिरमा सचिवालय बैठक बस्ने निर्णय भएपछि यसअघि नै १८ मंसिरका लागि तय भएको स्थायी कमिटी बैठक २१ मंसिरका लागि सारिएको छ । ...
सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन:रामचन्द्र पौडेल

सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन:रामचन्द्र पौडेल

राजनीति
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायकवादी भएको आरोप लगाएका छन् । आज प्रहरी नियन्त्रणबाट रिहा भएलगत्तै पौडेलले सरकारको गतिविधिले लोकतन्त्रलाई आघात पुर्याइरहेको समेत टिप्पणी गरेका छन ।सरकारले अधिनायकवादी चरित्र देखायो, पौडेलले रिहाईपछि भने, ‘यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन भन्ने देखिएको छ ।’ पुल उद्घाटन गर्न पुग्दा रोकिएपछि काँग्रेस कार्यकर्ता प्रतिरोधमा उत्रिएपछि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएको घटनालगत्तै काँग्रेस नेता कार्यकर्ताले विरोध गरेका छन् । ...
देशमा गुट,उपगुटको राजनीति

देशमा गुट,उपगुटको राजनीति

राजनीति, समाचार
डा.डिआर उपाध्याय नेकपाभित्रको आन्तरिक बिवाद चुलिदै गएको छ । यदि नेकपामा फुट भयो भने मुलुक गम्भिर संकटमा फस्ने छ । गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्ने छ । २०६२ , ०६३ सालका उपलब्धिहरू समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा हुनेछ । यो नै चिन्ताको विषय हो । नेकपाभित्रको अन्तरकलह छिटो समाधान हुनु पर्छ । युग बदलिएको छ, तर जनताको अवस्था बदल्लिएको छैन । मुलुकमा समाजवाद ल्याउनु पर्छ भन्र्ने नेताहरुको कमी छैन । तर यो बिषमा कुनै सुरसार नै छैन । समाजवाद त्यति सजिलरी आउँदैन । समाजवादको बाटो त्यति सजिलो छैन । युगले त्यसको नेतृत्व गर्ने नयाँ नेतृत्व खोजेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । संविधानमै समाजवाद लेखिएको छ । अब नेताहरूले राजनीतिक क्रान्तिका भाषण गरेर मात्र देश चल्दैन । अव राजनीतिक र तिनका नेताहरुमा आर्थिक क्रान्ति गर्ने दृष्टिकोण चाहिन्छ । भ्रष्टचार शून्य, गरिबी न्यूनीकरण, शिक्षा, स...
वर्तमान शासन पद्धति नै भँड्कालोमा जाकिने त होइन ?

वर्तमान शासन पद्धति नै भँड्कालोमा जाकिने त होइन ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय विगतमा झैं विकृत राजनीति प्रदर्शन मुलुकमा पछिल्लो समय प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । लोकतन्त्र पक्षधरको लागी यो चिन्ताको बिषय हो । राजावादी पक्षधरहरुको नारा जुलुस र प्रर्दशन दिनौं हुने गरेका छन । जनताको सहभागीता पनि हुने गरेको दृष्य देख्न सकिन्छ । यसले के जनाउँछ भने मुलुक ठिक ढंगले अघि बढन सकेन । अहिले आम जनता निराश छन । जनतामा देखिएको निराशाको फाईदा राजावादी पक्षधरहरुले लिइरहेका छन । जनतालाई ‘सरकार भएको अनुभूति दिन सक्नु पर्दथ्यो , सरकार असफल भयो । प्रतिपक्षी दल पनि निरीह बनेर बसेको छ । उसको आवाज कहीँ सुनिँदैन । सरकार गलत बाटोमा जान खोज्दा सहि बाटोमा ल्याउने काम प्रतिपक्षी दलको हो । खै प्रतिपक्षी दलले आवाज उठाएको ? यहि भएर प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । खै लोकतन्त्रवादी शक्तिहरुले कुरा बुझेको ? मुलुक अफठ्यारो बाटोमा छ । अव सवै लोकतन्त्रवादी शक्ति...
नेकपा गम्भीर सङ्कटको भुमरीमा

नेकपा गम्भीर सङ्कटको भुमरीमा

राजनीति, समाचार
डा.डिआर उपाध्याय यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर सङ्कटको भुमरीमा छ । दुई वामपन्थी पार्टी मिलेर नेकपा बनेको हो । लामो समय देखि मुलुक कोरोना भाइरसबाट आक्रान्त छ । यही अवस्थामा सत्तारुढ दल नेकपाभित्र बिवाद छ । जसले गर्दा पार्टी एकता नै सङ्कटमा पुगेको छ ।पछिल्लो समयमा दोस्रो पुस्ताका नेताहरूले पार्टी जोगाउँन त्यति पहलकदमी गरेको देखिएन । नेकपाभित्र यसअघिका विवाद भन्दा अहिलेको बिवाद निकै पेचिलो बनेको छ । परिस्थिति जटिल बनेर अघि बढिरहेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सङ्गीन आरोपसहित प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवादले नयाँ मोड लिन पुगेको हो । गुटगत भेला, एक अध्यक्षले अर्का अध्यक्षमाथि सङ्गीन आरोप लगाउने काम रोकिएको छैन । यसअघिका विवादहरू लेनदेनमा समाधान हुन्थ्ये । अहिले त्यस्तो अवस्था देख...
चीनका रक्षामन्त्री आज काठमाडाैं आउँदै

चीनका रक्षामन्त्री आज काठमाडाैं आउँदै

राजनीति
उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउँदै छन्। परराष्ट्र मन्त्रालयले उनी आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ। एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार काठमाडौँ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणई ‘कार्यगत’ भ्रमण भने पनि यसलाई सद्भावना भ्रमण भन्न सकिन्छ । उनी आइतबार साँझ नै स्वदेश फर्किने जानकारी दिइएको छ। नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो। अरनिको र भृकुट...
सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

राजनीति
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए । भेटमा सभापति देउवाले कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए । सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोड दिएको सभापति देउवा प्रधानमन्त्री हुँदा उनका सल्लाहकार रहिसकेका भट्टराईले बताए। भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै...
मुख्यमन्त्री र अनुगमन टोलीबीच छलफल

मुख्यमन्त्री र अनुगमन टोलीबीच छलफल

राजनीति
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र सङ्घीय सरकारका विभिन्न निकायबाट विकास आयोजनाको अनुगमन गर्न आएको एक टोलीका प्रतिनिधिबीच आज धनगढीमा छलफल भएको छ । उक्त टोलीका प्रतिनिधि र मुख्यमन्त्रीका बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका साथै प्रदेश र सङ्घीय सरकारद्वारा संयुक्त रुपमा सञ्चालित सडकलगायत विकास आयोजनाका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उक्त टोलीले शुक्रवार कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको स्थलगत अनुगमन निरीक्षण गर्ने बताइएको छ । टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, सिँचाइ विभाग...