इतिहासलाई मात्र भजाएर पार्टी अघि बढन सक्दैन
डा.डिआर उपाध्याय
नेपाली कांग्रेस लामो ऐतिहासिक इतिहास बोकेको पार्टी हो । यो पार्टी कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ की भन्र्ने चिन्ता छ । नेपालको लोकतान्त्रिक आन्दोलन देखि पटक पटक भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहदै आएको छ । इतिहासलाई कसैले भुल्नु हुदैन । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा सबै भन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस हो। यो पार्टीले राणाशासनको अन्त्य र निरंकुश राजतन्त्रको अन्त्य गर्न प्रमुख भूमिका खेल्यो । हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गदै आएको छ । नेपाल र नेपालीलाई स्वाधीन र सार्वभौम तुल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको कुरा कसैले भ्ुल्नु हुदैन । अहिले यो पार्टी पनि सत्तारुढ दल जस्तै आन्तरिक द्वन्द्व, कलह, गुट–उपगुटमा बिभाजित छ । विगत इतिहासलाई मात्र भजाएर पार्टी अघि बढन सक्दैन । ०७ सालको क्रान्ति, ०३६ स...






