आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

नायक तेज गिरी चलचित्र ‘प्रेमगन्ज’मा अनुबन्धित

नायक तेज गिरी चलचित्र ‘प्रेमगन्ज’मा अनुबन्धित

मनोरन्जन, समाचार
चलचित्र ‘प्रेमगन्ज’मा तेज गिरी र बेनिशा हमाल अनुबन्धित भएका छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ का लागि तेज र बेनिशा मुख्यकलाकारका रुपमा छनौट भएका हुन् । यस अघि अडिसन मार्फत् केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकार दिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमा कार्य गर्दै आएका निर्देशक हुन् । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् । यसअघि नै चलचित्रकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छा...
फोटोपत्रकार वन्तको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

फोटोपत्रकार वन्तको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
फोटोपत्रकार वन्तको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा वढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो ।  उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार प्रदीपले हाम्रो नेपाली समाजमा युवा युवतिहरु मायामा कसरी तडपिएर वाच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । https://www.youtube.com/watch?v=HgcJfZYI6es उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले ...
“मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर, २०२१” को शिर्ष उपाधी अनिश र शुष्माको हातमा

“मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर, २०२१” को शिर्ष उपाधी अनिश र शुष्माको हातमा

मनोरन्जन, समाचार
काठमाडौँ – चैत्र १९। अनिश बु्ढाथोकी र सुष्मा खत्रीले यो वर्षको ‘मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज पहिरिन सफल भएका छन् । रोयल मेजेन्टाको आयोजनामा भक्तपुरको सुर्यविनायकस्थित ईम्पेरियल बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘मिस्टर आईकन अफ भक्तपुर –२०२१’ को उपाधी अनिश बु्ढाथोकी ले हात पारे । ‘मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज भने सुष्मा खत्रीले पहिरिईन। प्रतियोगितामा मिस्टर तर्फबाट सौरभ राज गिरि फर्स्ट रनर अप भए भने मिस तर्फबाट अस्मिता कार्की फर्स्ट रनर अप घोषित भईन। त्यसैगरी रियनुज तण्डुकार र अल्विना श्रेष्ठ क्रमशः मिस्टर र मिस तर्फबाट सेकेण्ड रनर अप घोषित भएका थिए । सरोजा श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा निर्णायक मण्डलको रुपमा क्वेस्ट ग्रुप अफ कम्पनीका सिईओ तथा ईभेन्ट व्यवस्थापक बिकाश श्रेष्ठ, एआईएमटी ट्रेनिङका म्यानेजिङ डिरेक्टर त...
“लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका र श्रीतुको हातमा

“लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका र श्रीतुको हातमा

मनोरन्जन, समाचार
काठमाडौँ – चैत्र १९। भक्तपुर निस्ट स्कूल भक्तपुरसंगको सहकार्यमा इनोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित “लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका श्रेष्ठ र श्रीतु रिजालले जितेका छन। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा ग्रुप ‘ए’ तर्फबाट श्रीनिका श्रेष्ठले विजेताको ताज पहिरिदा बिलक्षना लुईटेल फर्स्ट रनर अप भईन । साथै तविसि राणा सेकेण्ड रनर अप, सेरेना गौतम थर्ड रनर अप र अबिन्ता सिवाकोटी फोर्थ रनर अप घोषित भए। त्यसैगरी ग्रुप ‘बी’ तर्फबाट श्रीतु रिजालले विजेताको ताज पहिरिदा हर्षन कार्की फर्स्ट रनर अप भए । साथै सान्वी भट्टराई सेकेण्ड रनर अप, सुदेश्ना नेपाल थर्ड रनर अप र परधी फुयाँल फोर्थ रनर अप घोषित भए। प्रतियोगितामा लिटिल स्टार प्रिन्सको अवार्ड साईमन बरुवालले हार पारे भने लिटिल स्टार प्रिन्सेसको अवार्ड एन्जल पोखरेलले हात पारिन। निशा पा...
किर्तिमानी गितकार डा.डिआर’आईएआईए एचिभमेन्ट इण्डिया अवार्ड’बाट सम्मानित

किर्तिमानी गितकार डा.डिआर’आईएआईए एचिभमेन्ट इण्डिया अवार्ड’बाट सम्मानित

मनोरन्जन, समाचार
गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले IAIA International Achievement India Award 2021 प्राप्त गरेका छन् । नैतिक मूल्य, मान्यता र समाज विकाशका लागि जागरुकता फैलाउन आफ्नो क्षेत्रबाट उनले देखाएको समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरूप डा. उपाध्यायलाई यो अवार्ड प्रदान गरिएको छ ।    डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत...
‘इन्टु मिन्टु लन्डनमा’ भन्दै योगेश, मेघ र सारिका (भिडियो)

‘इन्टु मिन्टु लन्डनमा’ भन्दै योगेश, मेघ र सारिका (भिडियो)

मनोरन्जन, समाचार
योगेश काजी, मेघ पौडेल र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक भएको छ । कार्टुन क्रुको निर्माण रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा आस्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्ति विक्रम शाही, पेम्बा मगर, सन्देश थापा र एन्जिला विश्वकर्मा फिचर्ड छन् । प्रभात पौडेलको शब्द रहेको गीतको सङ्गीत भने योगेश कै रहेको छ । https://www.youtube.com/watch?v=_48cgTuhXdA ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन रहेको भिडियोमा सरोज अधिकारीको सम्पादन र निर्देशन छ । नृत्य निर्देशन भने आस्माले गरेकी हुन् । ...
प्रशान्त र लिभा बने ‘मिस्टर एण्ड मिस थारु’

प्रशान्त र लिभा बने ‘मिस्टर एण्ड मिस थारु’

मनोरन्जन, समाचार
तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् ।  कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् । यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् । त्यसैगरि बेस्ट फोटोजेनिक नेहा चौधरी, बे...
आज हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदै

मनोरन्जन
आज हिमाली एवं पहाडी जिल्लामा होली पर्व धुमधामका साथ मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमवार होली मनाइन्छ । मुख्यगरी दुई दिन होली पर्व मनाउने गरिए पनि यसको औपचारिक शुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । यो वर्ष पनि यही चेत्र ८ गते बसन्तपुरमा चीर ठड्याएको थियो । उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर जाइन्छ । गत वर्ष कोरोनाका कारण होली मनाइएको थिइएन् । तर यो वर्ष कोरोनाको दोस्रो लहर शुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले सबैमा आग्रह गरेको छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहि...
नायक संजित भण्डारी भन्छनः यस पटकको होली घरमै मनाऔं

नायक संजित भण्डारी भन्छनः यस पटकको होली घरमै मनाऔं

मनोरन्जन, समाचार
नायक तथा मोडल संजित भण्डारीले सामाजिक संजाल मार्फत होलीको शुभकामना सहित होलीमय तस्विर सार्वजनिक गरेका छन । हिन्दुहरुको महत्वपूर्ण रंगिन पर्व होलीको पूर्व सन्ध्यामा उनले आफ्ना आकर्षक तस्विर सार्वजनिक गरेका हुन । चर्चित फोटोग्राफर कुवेर तामाङ्गले स्टुडियो कुवेरमा गरिएको फोटो शुटका तस्विरहरु आज सार्वजनिक गरिए संगै उनको तस्विरले चर्चा पाएको छ । कोराना कहरका वीच होली पर्व सवैजनाले घरमै वसेर मनाउनका लागी सन्देश स्वरुप उक्त तस्विर सार्वजनिक गरिएको उनले जानकारी दिए ।पछिल्लो पटक चलचित्र संग संगै म्यूजिक भिडियो र टेलिश्रृंखलामा समेत व्यस्त रहेका नायक संजितले भारत सरकारले प्रदान गर्ने अभिनय तथा फिल्म सम्बन्धि विशेष तालिमका लागी नेपालबाट छनौट भई अध्ययन पूरा गरेका थिए ।हरौं उनका होली तस्विर : ...
संचारकर्मी सबिता पोखरेलको शव्दमा ‘ढाँटे मरिजाम’को गीतको भिडियो सार्वजनिक (भिडियो)

संचारकर्मी सबिता पोखरेलको शव्दमा ‘ढाँटे मरिजाम’को गीतको भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सबिता पोखरेलले लेखेकी हुन् । यस गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् । पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=_dlYqK5P_dA कपिल कार्कीको निर्देशनमा यो गीतको म्यूजिक भिडियोलाई बालकुमार मगरले छायाँकन तथा सम्पादन गरेका छन् । भिडियोको कोरियोग्राफी भने सुनिल कुमार मगरको रहेको छ । गायनमा पाइला चाल्दै गर्दा आफ्नै संगीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरु दिँदै आएका गायिका मन्जु उपासना र एचीबी सुनारको स्वरमा धेरै गीतहरु बजारमा आइसकेका छन् । उनीहरुको स्वर रहेको गीत दिइसके यो जोवान, चोरी चोरी जस्ता ध...