आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

चार वर्षीय गायिका ओजस्वीकाे नयाँ गीत सार्वजनिक(भिडियो)

चार वर्षीय गायिका ओजस्वीकाे नयाँ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सांगीतिक बजारमा प्रतिभावान बालगायिका ‌‍‌‍“ओजस्वी श्रेष्ठ” काे पुन नयाँ गीतद्वारा आगमन भएकाे छ। उनी अहिले भर्खर साँढे चार वर्षकी पुग्न लागेकी छिन् । उनी चर्चित गायक तथा स‍‍ंगीतकार “सुरेन्द्र श्रेष्ठ”की सुपुत्री हुन्। उनले यति सानाे उमेरमा नै “क ख ग घ A B C D” नामक बालगीत गाएकी छिन्। https://youtu.be/UPkJquAj4nw जुन गीतकाे रचना “श्याम तमाेट” ले गरेका छन् भने संगीत तथा संगीतकाे संयाेजन स्वयम् उनका बुबा “सुरेन्द्र श्रेष्ठ”ले गरेका छन्। लकडाउनकाे समयकाे सही सदुपयाेग गर्दै घरभित्रै रही यस भडियाे निर्माण गरी ओजस्वीले आफ्नाे अभिनय प्रतिभालाई पनि दर्शक सामु दर्शाउने जमल्काे गरेकी छिन्। साे गीतलाई संगीतकार “सुरेन्द्र श्रेष्ठ”ले आफ्नै युटयुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। ओजस्वीले पहिला पनि साँढे तीन वर्षकाे उमेरमा दुई वटा गीत “हाम्र...
रवि ओड तथा स्मिताको गीत ‘राजारानी’मा कविता (भिडियो)

रवि ओड तथा स्मिताको गीत ‘राजारानी’मा कविता (भिडियो)

मनोरन्जन, समाचार
गायक रवि ओडले नयाँ गीत ‘राजा रानी’ बजारमा ल्याएका छन्। नेपाल आइडल सिजन -२का विजेता रविलााई गीतमा स्मिता दाहालले साथ दिएकी छिन्। गीतमा शब्द/संगीत भीम बिसीको रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका छन्। https://youtu.be/TztFJXQi0lE दिनेश विष्टले दिर्नेशन गरेको भिडियोमा संचारकर्मी तथा मोडल कविता श्रेष्ठ, रवि ओड, प्रियंका सिवाकोटी र दिनेश विष्टले अभिनय गरेका छन्। भिडियो दिनपरी क्रियशनको युट्युब च्यालनबाट सार्वजनिक भएको हो। ...
प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)

प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ अर्थात शैलुङ्को सोल्टिनी स्रोता/दर्शकमाझ आज सार्वजनिक भएको छ । बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक भएको गीत ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस गीतमा शव्द अमेरिका निवासी कलाकार प्रेम गुरुङको रहेको छ भने मनोज गुरुङको स्वर सुन्न सकिन्छ । गीतको भिडियो गुरुङ गीतकै इतिहासमा पहिलो पटक अमेरिकाका बिभिन्न शहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ्मा छायांकन गरिएको छ। यस गीतमा तेजेन्द्र गुरुङको सङ्गीत र एरेन्ज रहेको छ । भिडियोमा चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले नै निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङले मनमोहक अभिनय गरेका छन् । https://youtu.be/-8jocezeda8 नेपालबाट अमेरिकामा गर्नुपर्ने दृश्यहरु अनलाइन भरचुल्ली निर्देशन गरेका निर्देशक भुपेन्द्र ...
नितेश र एलिनाको ‘नहेर तर्केर’ सार्वजनिक (भिडियो)

नितेश र एलिनाको ‘नहेर तर्केर’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौ, जेठ ११ । बहुमुखी प्रतिभाका धनी भिम तुम्बाहाङफे र बिमला खाजुम अभिनित ‘नहेर तर्केर’को भिडियो सार्वजनिक भएको छ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धन वीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ । https://youtu.be/eYmWEVcaCow बिग पारीवेश स्टुडियोमा सम्पूर्ण कार्य सम्पन्न गरिएको यस गीतमा संगीत संयोजन टंक तिमील्सिनाको रहेको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छांयाकन रहेको भिडियोमा अनिल राणाको सम्पादन रहेको छ । सोनाम लामाको कला प्रोडक्सन रहेको यस् भिडियोमा देवराज मग्रातीको सह-छांयाकन रहेको छ भने मेकअप सोम मग्रातीको रहेको छ । भिडियो सेवालुंग च्यानलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
बिवाह बन्धनमा बांधिए चर्चित हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’

बिवाह बन्धनमा बांधिए चर्चित हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’

मनोरन्जन, समाचार
नेपाली चलचित्र क्षेत्रका चर्चित हाँस्यकलाकार गोपाल ढकाल छन्दे बिवाह बन्धनमा बाधिएका छन । उनले गत बैशाख २४ गते काठमाण्डौँ,आरुबारी स्थायी निवासी सिकृता वस्तीसँग बैवाहिक सम्बन्ध गाँसेका हुन् । उनको मागी बिवाह भएको कुरा ढकालले बताए । यो कोरोना महामारीको माहोलमा बैवाहिक जीन्दगी गाँसिएको भएपनि यो माहोल पर्नगएको कुरा ढकालले बताए ।सरकारले तोकेको निषेधाज्ञाको लागी मापदण्ड अनुसारनै सिमित आफन्त र परिवारजनको उपस्थितीमा काठमाण्डौँबाट बिवाह गरि आफ्नो मुल घर तनहुँ,भिमादमा बेहुली भित्राएका थिए । विगत ५ बर्षदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय सिकृता वस्ती हाल शंकरापुर हस्पिटल नारायणटारमा असिन्टेन्ट फार्मासिस्टको रुपमा कार्यरत छिन् । आफन्त,ईष्टमित्र,शुभचिन्तक,साथीभाईलाई आफ्नो यो बैवाहिक माहोलमा सामेल बनाउन नपाएकोमा ढकालले दुख ब्यक्त गरे ।यो बिषम परिस्थितिमा सबैलाई सुरक्षित रहन र सकारात्मक सोच्न आग्रह गरेका यी ...
गायक चिरन्जीवीको ‘गल्ती के भयो’ सार्वजनिक(भिडियो)

गायक चिरन्जीवीको ‘गल्ती के भयो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक चिरन्जीवी भण्डारीको स्वरमा नयाँ बियोगान्त गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको छ । साहित्यका सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको गीतलाई गायक भण्डारीले नै संगीत भरेका छन् । सन्जिव बराइली र आशिष लामाले एरेन्ज गरेको गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् । मेलोडि नेपाल स्टुडियोमा रेकर्डिङ भएको गीतका रेकर्डिष्ट डिजे मेवहाङ हुन् । https://www.youtube.com/watch?v=9O8sRy0embw बियोगान्त गीतको भिडियोमा भने प्रेमील जोडी गायक स्वयं चिरन्जीवी भण्डारी र प्रमिला श्रेष्ठले अभिनय गरेका छन् । चिरन्जीवी र प्रमिला वास्तवीक जीवनका जोडी हुन् । भिडियोलाई धिरज खत्रीको निर्देशनमा तयार भएको भिडियोलाई केशव विश्वकर्माले छायांकन गरेका हुन् । मोहन सुनुवार ‘नविन’ ले सम्पादन गरेको भिडियोलाई चिरन्जीवी भण्डारी युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
कलाकार प्रेम गुरुङ्गद्वारा आफ्नो जन्मदिनको खर्च बाल आश्रमलाई सहयोग

कलाकार प्रेम गुरुङ्गद्वारा आफ्नो जन्मदिनको खर्च बाल आश्रमलाई सहयोग

मनोरन्जन, समाचार
गीतकार  तथा कलाकार प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” अर्थात शैलुङ्को सोल्टिनी बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न भएको छ । आउदो बुद्ध जयन्तीको दिनको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । आफ्नो जन्म दिन तथा बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरिन लागेको उक्त भिडियो औपचारिक रुपमा कार्यक्रम गरेर सार्वजनिक गरिने तयारी भए पनि कोराना महामारीका कारण उक्त कार्यक्रमलाई रद्द गरेर बिमोचन कार्यक्रम र जन्म दिनमा खर्चिने खर्च काठमाण्डू स्थित  CWEAF Nepal  बाल आश्रम लाई सहयोग गरिने  गीतकार  गुरुङ्गले जानकारी दिए । गायक मनोज गुरुङ्गको स्वर रहेको गीतको भिडियो नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ तथा अमेरिकामा समेत छायांकन गरिएको छ । तेजेन्द्र गुरुङले संगीत र एरेन्ज गरेको भिडियो चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्ट...
‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक (भिडियो)

‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ । मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अजय कार्कीकै शब्द, सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को र्‍याप छ गीतमा । किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ । https://www.youtube.com/watch?v=BJf3439_nHM भिडियोमा पल शाह, उशा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ । रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । अजय र रञ्जितले निर्माण गरेको गीतको भिडियो उत्कृष्ट बनेको छ । ‘हामी सब...
‘रेस्क्यू म्युजिक अवार्ड’को घोषणा

‘रेस्क्यू म्युजिक अवार्ड’को घोषणा

मनोरन्जन, समाचार
रेस्क्यू क्रियशनको आयोजनामा निकट भविष्यमै राजधानीमा ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । भिडियो निर्देशनमा ख्याती कमाएका संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभव पछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागेको बताए । ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं । विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भने । समनका अनुसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड गरिनेछ ।‘सबै विधा विदेशमा बस्न...
‘त्यो पर्दैन’को गीत नै सार्वजनिक,लोकराजको शव्दमा योगेश र सारिकाको युगल स्वर (भिडियो)

‘त्यो पर्दैन’को गीत नै सार्वजनिक,लोकराजको शव्दमा योगेश र सारिकाको युगल स्वर (भिडियो)

मनोरन्जन, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयां कार्यकालका लागी प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोल्नु भएको शब्द ‘त्यो पर्दैन‘’ निकै चर्चामा आयो । सामाजिक संजालमा निकै भाईरल बने पछि त्यो पर्दैन नै शिर्षक राखेर चर्चित गीतकार लोकराज अधिकारीले यूगल गीत नै रचना गरेका छन् । निकै छोटो अवधिमा नै 'त्यो पर्दैन' गीत तयार गरि लिरिकल भिडियो नै सार्वजनिक समेत भएको छ । https://www.youtube.com/watch?v=xMfMSYEJIAI वाइटिएच स्टुडियोको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा अहिलेका व्यस्त तथा चर्चित गायक योगेश काजी र नायिका एवं गायिका सारिका घिमिरेको स्वर रहेको छ । गीतलाई गायक योगेशकाजीले नै संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि योगेश काजी नै हुन् । वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले उक्त लिरिकल भिडियो तयार पारेका हुन् । ...