आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

विश्वकीर्तिमानी गीतकार डा.डीआर ले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा

विश्वकीर्तिमानी गीतकार डा.डीआर ले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा

मनोरन्जन, समाचार
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा गर्नुभएको छ । यसअसघ गीत संगीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले चैतमा १०३ विश्व रेकड पुर्‍याउने लक्ष्यका साथ तयारी गरिरहेको मंगलबार राजधानीमा गरिएको पत्रकार भेटघाटमा जानकारी गराउनुभयो । उक्त पत्रकार भेटघाटमा उहाँले आफ्ना गीत र सिर्जनाका बारेमा ‘क्विज’ प्रतियोगिता पनि गराउनुभएको थियो । क्विज प्रतियोगिताका दश जनालाई उपहार प्रदान गरिएको थियो । यस्तै सो पत्रकार भेटघाटमा डा. उपाध्यायले आधा घण्टा लगातार आफ्ना १०२ गीतको ब्रिफिङ गर्नुभएको थियो । कार्यक्रममा गीतकार तथा साहित्यकार गणेश सुवेदी, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रकार संघ पूर्वउपाध्यक्ष ...
कीर्तिमानी गीतकार उपाध्यायको गीत एउटै झोलुङ्गे पुलमा छायांकन सम्पन्न

कीर्तिमानी गीतकार उपाध्यायको गीत एउटै झोलुङ्गे पुलमा छायांकन सम्पन्न

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फरक फरक र अनौठा शैलीका कार्य गर्नुहुन्छ । यस्तैमा उहाँको एउटा गीत एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको छ । उपाध्यायको ‘चाँदनी चाँदनी चाँदनी…’ गीतको भिडियो शनिबार साँखु स्थित झोलुङ्गे पुलमा छायांकन गरिएको हो । उपाध्यायकै सङ्गीत र स्वर रहेको गीतको भिडियोमा निर्देशन पनि उहाँकै छ । भिडियोमा डीआर आफैँ अभिनय गर्नुभएको छ भने उहाँलाई समृद्धि श्रेष्ठले साथ दिनुभएको छ । ‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीत एउटा झोलुङ्गे पुलमा छायांकन भएको विश्वमा छैन’, डा. उपाध्यायले भन्नुभयो । उहाँका अनुसार गीतकार, सङ्गीत, निर्देशन, कलाकार एकैजना र एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको यो विश्वको पहिलो गीत हो ।...
१४ औं मिस तामाङ संस्करणबाट रञ्जना स्याङबो विजेता

१४ औं मिस तामाङ संस्करणबाट रञ्जना स्याङबो विजेता

मनोरन्जन, समाचार
काठमाडौँ, – ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जित्न सफल भएकी छिन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना स्याङ्बो तामाङले ‘मिस तामाङ २०२२’ को उपाधि जित्न सफल भएकी हुन् । एमडी गु्रपको प्रस्तुति तथा मम्स इन्टरनेसनल नेपालको आयोजनामा उक्त प्रतियोगिता राष्ट्रिय सभागृहमा शनिबार सम्पन्न भएको हो । ‘मिस तामाङ २०२२’ रञ्जनालाई मिस तामाङ २०२१ की विजेता सफलता तामाङले ताज पहिराई दिएकी थिइन् । मिस तामाङ रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर जितेकी छिन् । उक्त प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन् भने उनले ५० हजार नगद पुरस्कार हात पारिन् । डिजी लोप्चन सेकेन्ड रनरअप र थर्ड रनर अपमा दोलखाकी प्रकृति पाख्रिन तामाङ बनिन् । तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले १४औं संस्करण मिस तामाङ–२०२२ को ...
एएनपी मिडियाको आयोजनामा दोश्रो ‘लिटिल स्टार नेपाल’को प्रशिक्षण शुरु

एएनपी मिडियाको आयोजनामा दोश्रो ‘लिटिल स्टार नेपाल’को प्रशिक्षण शुरु

मनोरन्जन, समाचार
२ दशक भन्दा लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा शैक्षिक क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेर सफल ईभेन्ट संस्थाको रुपमा ख्याती कमाएको एएनपी मिडिया हाउसको आयोजनामा लिटिल स्टार नेपालको दोश्रो संस्करणको तालिम शुरु भएको छ । केहि दिन अघि सम्पन्न छनौट चरणबाट नाम निकाल्न सफल भएका विद्यार्थीहरुका लागि शनिवारदेखि कलंकी स्थित एलआरआई स्कूलमा तालिम शुरु भएको हो । करीब ३०० जना भन्दा बढिले अडिसन दिएकामा ९० जना विद्यार्थीहरु छनौट प्रक्रियामा नाम निकाल्न सफल भएका थिए । जसमा सिनियर तथा जुनियर समूह गरि दुई समूहमा विभाजित गरि उनीहरुलाई देशका लोकप्रिय प्रशिक्षकहरु बाट प्रशिक्षण गराईने आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्थापन संघ,नेपालका अध्यक्ष लब बहादुर कार्कीले जानकारी दिए । नृत्य तर्फ चर्चित कोरियोग्राफर संदीप भुजेल,अभिनय तर्फ लोकप्रिय हास्य कलाकार तथा ...

किरण र पवित्रा अभिनित ‘केवल एक नजरमा’को छांयाकन सम्पन्न

मनोरन्जन, समाचार
काठमाण्डौ, लामो समयदेखि नेपाली चलचित्रमा कृयाशील नायक बिशाल बिष्ट आजभोली चलचित्र निर्माण र म्युजिक भिडियो निर्देशन र निर्माणमा व्यस्त छन । उनकै निर्देशनमा हालै एउटा ‘केवल एक नजरमा’ बोल रहेको नयाँ म्युजिक भिडियोको छांयाक्न सम्पन्न भएको छ । छिट्टै नै बजारमा सार्वजनिअक गरिने हुने सो भिडियो को गीतमा स्वर संगीत पूर्ण सापकोटाको रहेको छ भने गीतको रचना सुभाष गौतमले गरेका हुन । एक प्रेमीले आफ्नो मनपर्ने प्रेनिकालाई एकै नजरमा मनपराउने कथामा आधारित उक्त भिडियोमा किरण गुरुङ र पवित्रा गुरुङको अभिनय रहेको छ । झापाको रमाणीय स्थानहरुमा छांयाकन सम्पन्न गरिएको उक्त म्युजिक भिडियोलाई दर्शकश्रोताले आफ्नो पहिलेको कामलाई झैँ मनपराइदिने कुरामा निर्देशक बिष्ट विश्वस्त छन । ...
किर्तिमानी गीतकार डा.डिआरद्वारा  एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन

किर्तिमानी गीतकार डा.डिआरद्वारा एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन

मनोरन्जन, समाचार
सूर्यविनायकबाट साढे चार किलोमिटरको उकालो चढेपछि पुगिन्छ सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडामा । भक्तपुरको अनन्त लिंगेश्वर नगरपालिका-१३ मा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा छुट्टै रहेको छ । चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडाकाँडाहरूले लोभ्याउँछ यहाँ । यहाँबाट देखिने सुन्दर हिमशृंखलाले थप आकर्षित गर्दछ जोकोहीलाई । यही प्रकृतिको मनोरम ठाउँमा बुधबार बिहान सूर्योदयसँगै देखियो फरक दृश्य । डाँडामा रहेको मैदानमा एक हुल मानिस थिए, जहाँबाट हरेक दुई-तीन सेकेन्डमा आइरहेको थियो ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द । प्रसंग रहेछ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको गीतको भिडियो छायांकन । यो गीतको भिडियो पनि कीर्तिमानका लागि गरिँदै रहेछ । स्थानीयले पनि कौतुहलतापूर्वक त्यहाँ भएका दृश्य नियालिरहेका थिए । ‘यस ठाउँमा भिडियो तथा चलचित्रका ...
‘मिस्टर एण्ड मिस सुदुर पश्चिमाञ्चल डिभा आईकन’ को अन्तिम स्पर्धा सम्पन्न

‘मिस्टर एण्ड मिस सुदुर पश्चिमाञ्चल डिभा आईकन’ को अन्तिम स्पर्धा सम्पन्न

मनोरन्जन, समाचार
न्यू राईज ईन्टरटेनमेन्टद्वारा आयोजित मिस्टर सुदुरपश्चिम ‘मिस्टर एण्ड मिस सुदुर पश्चिमाञ्चल डिभा आईकन’ को अन्तिम स्पर्धा कैलालीस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। आयुष साउद र अदिति जोगिले उक्त प्रतियोगिताको उपाधि जितेका छन् । साउद र र जोगिले क्रमश पुरुष र महिला तर्फको उपाधि जितेका हुन् । कार्यक्रममा मिस सुदुर पश्चिम वर्ल्डवाईड नेपाल बिना देउवा र मिस्टर सुदुर पश्चिम आईकन वर्ल्डवाईड कृतिक श्रेष्ठ चयन भए। त्यसैगरी लिटिल मिस सुदुर पश्चिम डिभा फिवना बिष्ट र लिटिल मिस्टर सुदुर पश्चिम आईकन एपिशोन थापा चयन भएका थिए। नवराज देउवाले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला वन कार्यालय प्रमुख भोजराज पाठक त्यसैगरी नाङ्ग्लो क्याफेका संचालक बहादुर खत्री रहेका थिए। प्रतियोगिताको निर्णायकमा प्रतिक्षा सिंह, आशिका शाह र मनिशा राजवंशी रहेका थिए। प्रतियोगितामा मिस टिन चार्मतर्फको अवार्ड...
भाद्र ३ गतेबाट ‘प्रेमगञ्ज’प्रदर्शनमा

भाद्र ३ गतेबाट ‘प्रेमगञ्ज’प्रदर्शनमा

मनोरन्जन, समाचार
प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ ।  वरिष्ठ अभिनेतानीर शाह देखि छबीराज ओझा सम्मको शुभकामना सहित चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । चलचित्र आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ । नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के. खनाललगायतका ब्यक्तिहरुले चलचित्रलाई शुभकामना सहित प्रदर्शन मिति घोषणा गरेका हुन् । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र क्षेत्रमा बलियो सम्भावना बोकेर आएका सुुगठित शरिरका धनी नव नायक तेज गिरीले यसै चलचित्रबाट डेव्यूू गरेका छन । र्बैकर्स समेत रहेका नायक गिरीको उत्कृष्ट अभिनय देख्न सकि...
शिवरात्रीको अवसरमा दिनेशको भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक

शिवरात्रीको अवसरमा दिनेशको भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक

मनोरन्जन, समाचार
दिनेशले ल्याए शिव भजन ‘डमरू बजाईदेउन’ दिनेश मगरको शिव भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक शिवरात्रीको अवसरमा दिनेशको भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक नेपालीहरुको महानपर्व शिवरात्रीको अवसर पारेर गायक दिनेश बलम्पकी मगरले आफ्नो नयाँ शिव भजन ‘डमरू बजाईदेउन’ को भिडियो सार्वजनिक गरेका छन । https://www.youtube.com/watch?v=wTTnzQWDWfU चर्चित डान्सिङ समुह भिमफेदी गाइज, निशान परियार, सुजन आले मगर, रमेश लामा, दिपेश तमाङको डान्सिङ र अभिनय देख्न सकिने भजनको भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका छन । भजनमा स्वयम गायक मगरकै शब्द संगीत रहेको छ भने संगीत संयोजन दिक्षित पौडेल, मिक्सिङ मास्टरिङ्ग प्रकाश मिश्रको रहेको छ । भिडियोको छांयाकन, सम्पादन र कलर ग्रेडिङको कार्य पवन सुस्लिङले गरेका हुन । भिडियोलाई भिमफेदी गाइजकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण

आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण

मनोरन्जन, समाचार
लेखक तथा साहित्यकार खिमानन्द आचार्यका विभिन्न विधाका चार वटा कृति एकसाथ लोकर्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमबीच प्रज्ञा प्रतिष्ठानका कुलपति डा‍‍. गंगाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नुभएको हो । ‘डिभर्ना-काठमाडौँ समाज’ द्वारा आयोजित कार्यक्रममा आचार्यको कवितासङ्ग्रह ‘आस्थाका प्रतिबिम्बनहरू’, कथासङ्ग्रह ‘पागल बस्ती’, लघुकथासङ्ग्रह ‘पश्चाताप’ र गीतिसङ्ग्रह ‘मनका तरङ्ग’ को विमोचन गरिएको हो । विगतमा गोरखापत्र संस्थानका प्रशासकीय अधिकृत रहनुभका आचार्य संयुक्त राज्य अमेरिकामा केही वर्षको बसाइपछि साहित्यिक कोसोली लिएर हाल स्वदेश फर्कनुभएको हो । कृति सार्वजनिक कार्यक्रम डा. रामबहादुर विसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्रष्टा आचार्यले आफ्नो लेखनको सुरुवात २०३७ सालतिरबाट भएको जानकारी गराउँदै आफ्नो पहिलो सिर्जना ‘...