विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो ।
गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका सिर्जनामा २४ र ३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डिआर म्युजिक एण्ड क्रियशनको १२र८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् ।
यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा...









