सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको अध्यक्षमा अम्बिका आचार्य
धनगढी । सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठान, धनगढीको पाँचौँ साधारण सभा तथा अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ।
कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा क्रियाशील कलाकार, स्रष्टा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमितिसमेत चयन गरेको छ।
प्रतिष्ठानका अध्यक्ष आवेश कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार तथा शास्त्रीय संगीत गुरु उस्ताद शिवदत्त पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रवादी नायक तथा चलचित्र निर्माता, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्का, प्रज्ञा परिषद्का कृष्ण सिराडी, पूर्वअध्यक्ष अम्बिका प्रसाद आचार्य तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष राजकुमार जोशीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्र चौधरी...









