संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित
संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित भएका छन । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको एक भव्य समारोहका विच पूर्व पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर राष्ट्रसेवामा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको हो ।
विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि एक सफल संचार उद्यमी तथा कुशल सञ्चारकर्मीको रुपमा स्थापित भैसकेका राजलाई सञ्चार क्षेत्रमा लामो समयदेखि युवा संचार उद्यमी एवं संचारकर्मी तथा कलाकारिता क्षेत्रमा निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न संचार सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक...









