आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

“मिसेस व्यूटी क्वीन नेपाल २०१९” आवेदन फारम खुल्ला

“मिसेस व्यूटी क्वीन नेपाल २०१९” आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
काठमाडौं, कार्तिक २०, सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस व्यूटी क्वीन नेपाल २०१९” तेस्रो संकरणको आयोजना गर्ने भएको छ । उपत्यका लगायत मोफसलका शहरहरुमा वढीमात्रामा अविवाहीत युवतीहरुलाइ मात्र ध्यानमा राखेर कार्यक्रमहरु हुदै आएको मा विवाहित महिलाहरुको पनि सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै तेस्रो चरणको लागि कार्यक्रम आयोजना गर्न लागेको वताउछन सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अ...
राजस्थानमा नितु अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट  सम्मानित

राजस्थानमा नितु अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मानित

मनोरन्जन, समाचार
टाइम्स इण्डियाले भारतको राजस्थानमा आयोजना गरेको अन्तरास्ट्रिय फेसबुक फ्रेण्डसिप अवार्ड तथा सम्मेलन कार्यक्रममा नेपालको तर्फबाट नितु कोइराला लाई अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मान गरियको हो । उहाँ एक दशकदेखि कला छेत्रमा सकृय हुनुहुन्छ । उहाँको साथमा महिला चलचित्र सङ्गीतकार रेखा पौडेल पनि सम्मानित हुनु भएको छ । कार्यक्रममा भारतलगायत लण्डन, अस्ट्रेलिया, जापान, अमेरिकालगायत धेरै देशमा रहि फरक फरक छेत्रमा काम गर्ने ब्यक्तिहरुलाइ सम्मान गरियको कार्यक्रम संयोजक डा. शौखिन वर्माले जनकारी दिनुभयो। ...
गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको ‘हेल्लो’ सार्वजनिक (भिडियो सहित)

गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको ‘हेल्लो’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको छ । भिडियोमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन छ । भिडियोलाई कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो पुस्तालाई लक्षित गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोतारदर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता तथा दर्शकको रोजाइमा रहेका छन् ।ht...
घन्काइदेउ मादलु सार्वजनिक (भिडियो सहित)

घन्काइदेउ मादलु सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
कार्तिक ८, सुर्खेत । चलचित्र एकादेशको कथा मा समावेश गरिएको चर्चित गीत घन्काइदेउ मादलु शुक्रबार सार्वजनिक गरिएको छ । ओ.एस.आर. म्युजिक मार्फत सुर्खेतमा छायांकन गरिएको चलचित्रको यो गीत रिलिज गरिएको हो । नेपालकै चर्चित लोक दोहोरी गायिका टीका पुन र शिव संगीतको स्वरमा रहेको यो गीतमा नायक धिरेन शाक्य, मोडेल तथा कलाकार शंकर वि.सी., गौरभ पहाडी, दिपाशा बिसि, सीता भण्डारी, यामनाराण आचार्य लगायतले अभिनय गरेका छन् । नेपालकै लोकपृय कलाकार प्रेमदेव गिरी र चलचित्र निर्देशक निर्मल प्याकुरेलको रचना तथा नृत्य निर्देशक कुलमान नेपालीको संगीत रहेको यो गीत फाष्ट विट तथा झ्याउरे भाकामा रहेको छ । चलचित्रका निर्माता भरत चन्द र यामनारायण आचार्य रहेका छन् । https://youtu.be/0A8eF1MwBHY ...
८औं संस्करणः म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

८औं संस्करणः म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन (एसके मिडिया) ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ४० विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक,...
प्लस साइज युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो संस्करणको अडिसन कार्तिक ३० मा हुने

प्लस साइज युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो संस्करणको अडिसन कार्तिक ३० मा हुने

मनोरन्जन, समाचार
काठमाडौँ — कार्तिक ५। धेरै युवतीहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ । मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन आयोजना हुँदैछ । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्प्ष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौँको बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गत्ते हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफर...
काठमाडौं फेशन मोडलको उपाधी स्वरुपलाई

काठमाडौं फेशन मोडलको उपाधी स्वरुपलाई

मनोरन्जन, समाचार
काठमाडौं -बालबालिकाहरुमा निहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ मोडल सङ्स नेपालले आयोजना गरेको काठमाडौं फेशन मोडलको शिर्ष ताज स्वरुप के सी ले चुमेका छन् । देशको राजधानी जमलस्थित राष्ट्रिय नाचघर, जमलमा बिहिवार आयोजित प्रतियोगितामा अन्य आठ प्रतिस्पर्धीलाई उछिन्दै उनले सो ताज पहिरिएका हुन । केसी विजेताको ताजसंगै विधागत तर्फको मस्ट चार्मिङ र अडियन्स चोईस अवार्ड समेत जित्न सफल रहे । प्रतियोगितामा संगम पुन मगर फष्ट रनरअप हुन सफल रहनुका साथै विधागततर्फ मिस्टर हेन्डसमको उपाधी समेत हात पारे । प्रतियोगितमा विधागततर्फ भने अन्जली शाहले ‘मस्ट पपुलर, मस्ट ट्यालेन्टे र मस्ट फोटोजेनिकको उपाधीको साथै बेस्ट वाकको उपाधी पनि हात पारिन् । त्यस्तै, कनिस्क्स जोन्छें मल्टिमिडिया चोइस र मस्ट एक्टिभ, अग्रता भट्टराई मस्ट फ्रेन्डली, बिन्दु सरु मगर बेस्ट पर्सनालिटी, एजस्वी ...
गायक ध्रुवको  “मनको कथा” सार्वजनिक (भिडियो सहित)

गायक ध्रुवको “मनको कथा” सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक ध्रुव विस्कोले नयाँ देउडा गीत सार्वजनिक गरेका छन। ध्रुव कै कम्पोजमा तयार भएको "मनको कुरा" बोलको गीतमा कृष्ण केसिको शब्द रचना रहेको छ भने गीतलाई नरेन्द्र बियोगिले एरेन्ज गरेका हुन्। ध्रुवकै कथा र निर्देशनमा तयार भएको गीतको भिडियोमा नायक पुष्प खड्काको मार्मिक अभिनय देख्न सकिन्छ। भिडियोमा पुष्प संगै दिनेश डिसि, रश्मि भट्ट, सारदा गिरि, रमेश केसि, संगम भट्टराई लगायतका थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ। चक्र बहादुर बरालले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन्। https://www.youtube.com/watch?v=Pm3peFnc6Ik&feature=share&fbclid=IwAR2QbJaPyfbMc4EIMuA7gzps15MZwzXB7jMbREv2vYj1rT2TDLsSWEqBQag ...
सत्य–स्वरुपको गीत ‘ए सानी’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सत्य–स्वरुपको गीत ‘ए सानी’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक सत्यराज आचार्य तथा गायक स्वरुपको ‘ए सानी’ बोलको गीत सार्वजनिक भएको छ । गम्भिर विस्टले कोरियोग्राफी गरेको गीतमा नायक गजित विष्ट, गम्भिर र समिक्षा फिचर्ड छन् । गीत हेर्नुस् : https://www.youtube.com/watch?time_continue=2&v=L_uimzyCXWM शेखर कोइरालाको शब्द रहेको गीतमा गायक सत्य राज आर्चाय र स्वरुप राज आर्चायकै संगीत रहेको छ । भने, संगीत संयोजन रिकेश गुरुङको रहेको छ । नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई गम्भिर विस्टले निर्देशन गरेको हुन् । ...
युटुबमा चर्चित ‘द कार्टुन्ज क्रु’ बाट ‘डेनिम एण्ड डेभिल क्विज’ शो प्रसारणमा आउने

युटुबमा चर्चित ‘द कार्टुन्ज क्रु’ बाट ‘डेनिम एण्ड डेभिल क्विज’ शो प्रसारणमा आउने

मनोरन्जन, समाचार
युटुबमा चर्चित ‘द कार्टुन्ज क्रु’ बाट ‘डेनिम एण्ड डेभिल क्विज’ शो प्रसारणमा आउने काठमाडौँ — आश्विन १५। युटुबमा नेपाली चलचित्रका विभिन्न गीतहरुको कभर भिडियो तथा वेभ सिरिजमार्फत नेपाली दर्शकहरुमाझ बहुचर्चित च्यानल ‘द कार्टुन्ज क्रु’ ले डेनिम एण्ड डेभिलको मुख्य प्रायोजनमा क्विज प्रतियोगिता दर्शकमाझ ल्याउने भएको छ । ‘द कार्टुन्ज क्रु’ युटुब च्यानलबाट प्रसारण हुने कार्यक्रमको प्रस्तोता ग्रुपकै सरोज अधिकारी र सचिन फुँयाल हुने छन् । ‘द कार्टुन्ज क्रु’ ग्रुपका सचिनले क्विज प्रतियोगितामा, आफुहरु बिल्कुलै नयाँ तरिकाले दर्शकमाझ आउन लागेको बताए । प्रत्येक १५ दिनमा प्रशारण गरिने तथा यसमा हरेक एपिसोडमा सोधिने प्रश्नको सहि जवाफ एसएमएस मार्फत पठाउनेहरु मध्येबाट ४ जनालाई विजेता छनौट गरिने छ । कार्तिकको पहिलो साताबाट प्रशारणमा आउने कार्यक्रममा हरेक एपिसोडमा एकजना नेपालका चर्चित तथा ख्यातिप्राप्त व्याक्ति...