होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न
काठमाडौं, १० फाल्गुन -होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा शनिवार सम्पन्न भएको हो । कुल ४१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट बिस जना किशोर किशोरी एवम् युवा र पन्ध्र जना बालबालिकाहरु छनौट भएका छन् । अडिसनमा कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्जवल जंग शाह, सौन्दर्यविद् शशी शाह, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, खेल विज्ञ डि एन घिसिङ, संचारकर्मी समिर नेपाल, बालकलाकारद्धय प्रिन्स प्रसिद्ध सिंह थापा र अक्षता पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनर र फेसियल हाउस इन एशोसिएसन पार्टनरको रुपमा रहेको छ । इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर प...









