वैदेशिक लगानीको लागि नेपाल ‘भर्जिनल्याण्ड’ : प्रधानमन्त्री
काठमाडौँ — चैत्र १५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि आह्वान गरे ।
उनले तीन करोड नेपालीको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको भन्दै विदेशी लगानीको लागि व्यवसाय गर्ने वातावरणमा धेरै सुधार गरेको बताए।
उनले नेपालमा राजनीतिक स्थायित्व मात्रै नभई नीतिगत स्थायित्व पनि भएको बताए।
‘एक वर्षमा हामीले धेरै नीतिगत र कानुनी सुधार गर्यौं। धेरै प्रारुपहरु तयार पार्यौं,’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल लगानीको लागि तयार छौं।’
उनले आर्थिक समृद्धिबिना राजनीतिक परिवर्तन दीगो नहुने भन्दै सरकारले द्रूततर आर्थिक विकासमा जोड दिएको बताए।
उनले नेपालले सन्...









