आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग

तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग

आर्थिक, समाचार
गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार र...
पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने

पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने

आर्थिक, समाचार
पोखरा १५ मंसिर - फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने भएकी छिन् । महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मल स्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी तालिममा विज्ञका रुपमा सहभागीता जनाउन लागेकी हुन । महराले फेसियल हाउसबाट कार्यक्रम हुने बारे स्पस्ट पारेकी छिन् । महराले विषेशत: पोख्रेली माझ स्कीन हेयर सम्वन्धी समस्याकासाथै माईक्रो ब्लेडीङ र कोठी रिमुभ सम्बधमा उनले सत्र संचालन गर्ने जनाएकी छिन् । महराले १५ गते विहान ९ बजे देखि बेलुका ८ बजे सम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म परामर्श दिने जानकारी दिएकी छन् । ...
कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्यो

कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्यो

आर्थिक, समाचार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्न थालेको छ । बन्दाबन्दी शुरू भएदेखि नै घटेको तरकारीको आपूर्ति बन्दाबन्दी खुलेको लामो समय बितिसक्दा समेत पनि बढ्न सकेको थिएन । तर विगत एक सातादेखि आपूर्ति प्रणालीमा विस्तारै सुधार आउन थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बन्दाबन्दी शुरू भएपछि कालीमाटीमा दैनिक ३०० देखि ४०० टन मात्र तरकारी भित्रिने गरेको थियो । गत सोमवारदेखि आपूर्तिमा सुधार भएको छ । समितिका अनुसार गत मङ्सिर ८ गते ६००, ९ गते ६५९, १० गते ६००, ११ गते ६००, १२ गते ५००, १३ गते ६३३ टन तरकारी तथा फलफूल भित्रिएको छ । सामान्य अवस्थामा कालीमाटीमा दैनिक ७–८ सय टनसम्म तरकारी र फलफूल भित्रिने गरेको समितिको तथ्यांक छ । गत कात्तिक ८ गते कालीमाटीमा जम्मा २ सय ९६ टन तरकारी भित्रिएको थियो । विकास समितिका कार्यकारी निर्देशक विनोद...
निर्माण सामग्रीमा मूल्य वृद्धि

निर्माण सामग्रीमा मूल्य वृद्धि

आर्थिक, समाचार
कोभिड–१९ को महामारीबीच निर्माण शुरु हुने समयमा निर्माण सामग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्यधिक रुपले मूल्य वृद्धि गरिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । फलामजन्य निर्माण सामग्री, विभिन्न साइजका डण्डी, पाता, पत्ति, जी।आई तार, ग्याबिन तार उत्पादक कम्पनीले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्यवृद्धि गरेको महासङ्घले जनाएको छ । “फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा  धेरै मूल्यवृद्घि गरी मिलेमतो गरेको देखिएको छ,” महासङ्घका महासचिव रोशन दाहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासङ्घको भनाइ छ । देशको कुनै पनि...
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुको सपथ ग्रहण

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुको सपथ ग्रहण

आर्थिक, समाचार
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुले सपथ ग्रहण गरेका छन् । शनिवार भएको निर्वाचनमा विजयी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । होटल सोल्टीमा भएको सपथ ग्रहणमा निर्वतमान अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्ष एवम् हालका अध्यक्ष शेखर गोल्छालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । भने गोल्छाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा विजता पदाधिकारी एवम् सदस्यहरुलाई निर्वतमान अध्यक्ष राणा र अध्यक्ष गोल्छाले प्रमाणपत्रसहित सम्मान गरेका थिए । आइतवार (आज) बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन्। महासङ्घको नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन भएको थियो । महासङ्घको निर्वाचन समितिका अनुसा...
नेपाली शेयर बजारमा आइतबार ७५.०२ अंक बृद्धि भई १९६८.२७ अंकमा

नेपाली शेयर बजारमा आइतबार ७५.०२ अंक बृद्धि भई १९६८.२७ अंकमा

आर्थिक, समाचार
नेपाली शेयर बजारमा आइतबार फेरि नयाँ रेकर्ड कायम भएको छ। साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज सूचक (नेप्से) ७५.०२ अंक बृद्धि भई १९६८.२७ अंकमा पुगेको छ। यसअघि गत विहीबार कायम भएको १८८१ अंकको रेकर्ड तोड्दै बजारले नयाँ रेकर्ड कायम गरेको हो। आइतबार दुई सय कम्पनीका २ करोड ५९ लाख कित्ता शेयर किबेच भई ९ अर्व २२ करोड बराबरको कारोबार भएको छ। कारोबार रकम पनि हालसम्मकै उच्च हो। आइतबार समूहगत परिसूचकमध्ये वाणिज्य बैंक समूह उच्च अंकले बृद्धि भएपछि नेप्सेमा सकारात्मक प्रभाव परेको हो। योसँगै बीमा, होटल, उत्पादन तथा प्रसोधन, व्यापार र जलविद्युत समूहमा पनि बृद्धि भएको छ। कोभिड–१९ को महामारीका कारण लगानीका क्षेत्रहरु सुस्ताउँदा सर्वसाधारणले छोटो अवधिको लगानीका रुपमा शेयर बजारलाई प्रयोग गर्न थालेपनि बजार सूचक लगातार उकालो लागेको छ। व्यापारीहरुले आफूसँग रहेको रकम शेयर बजारमा लगाएकाले र बैंक तथ...
चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी

चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी

आर्थिक
उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् । पराजित भएका अर्का प्रत्यासी किशोर प्रधानले एसोसिएटमा ३७५, बस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाए ।वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् ।गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा थिए । अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् । ...
नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा

आर्थिक, समाचार
 नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा भएको छ। महासंघको ५४ औँ वार्षिक साधारणसभाबाट महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भएकाले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन्। बाँकी पदहरुमा निर्वाचन हुनेछ। निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए। महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले जानकारी दिए। यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचन व...
नेप्सेमा  आज साढे ७ अर्ब बढीको कारोबार

नेप्सेमा आज साढे ७ अर्ब बढीको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा एकै दिन दुई नयाँ रेकर्ड कायम भएको छ । मंसिर ७ गते झण्डै ७ अर्बको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको नेप्सेमा साताको अन्तिम दिन आज (बिहिबार) साढे ७ अबै बढीको कारोबार भएर अर्को नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाको कारोबार भएको छ ।    त्यस्तै आज शेयर बजारले इतिहासकै सर्वाधिक उचाइ कायम गरेको छ । यसअघि २०७३ साउन १२ गते १८८१ अंकमा पुगेको शेयर बजार आज बिहीबार सर्वाधिक उचाइमा पुगेको हो । बिहीबार नेप्से सूचकले पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड उचाइमा पुगेको हो । आज नेप्से १८. ३२ अंकले बढेर एक हार ८ सय ९३ दशमलब २४ विन्दुमा पुगेको छ ।   नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ । आज सबैभन्दा बढी बैंकिङ ...
गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई  स्वास्थ्य सामाग्री सहयोग

गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग

आर्थिक, समाचार
गोरखा, ११ मंसिर- ग्लोबल गोरखा समाज अन्तरास्ट्रिय समन्वय परिषदले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको छ । समाजले बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच सो सहयोग सामाग्री हस्ताण्तरण गरेको हो । उक्त सामग्री संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङलाई हस्तान्तरण गरेका हुन् । जिल्लाका सबै स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ । त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र सुरक्ष...