शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

गीतकार अमर वान्तुद्वारा ‘कार्निभल पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट’ सञ्चालन

गीतकार अमर वान्तुद्वारा ‘कार्निभल पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट’ सञ्चालन

आर्थिक, समाचार
काठमाडौं । गीतकार वान्तुले सञ्चालनमा ल्याए कार्निभल पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट ललितपुर । गीतकार तथा कवि अमर वान्तुले कार्निभल पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको छ । ललितपुरको शोभाहिटीमा उक्त पार्टी प्यालेसको शनिबार एक विशेष कार्यक्रमबीच शुभारम्भ गरिएको हो । गीत संगीत तथा साहित्य क्षेत्र र वान्तुका आफ्न्तको बाक्लो उपस्थिति रहेको शुभारम्भ समारोहमा उहाँले छोरा र छोरीका लागि उक्त पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताउनुभयो । यस पार्टी प्यालेसमा विवाह, वर्तबन्ध तथा जुनसकै शुभकार्यका लागि सम्पूर्ण सुविधा उपलब्ध रहेको उहाँले जानकारी गराउनुभयो । वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू...
बानेश्वरस्थित राज मेकअप स्टुडियोमा मेकअप कोर्षमा आकर्षक अफर

बानेश्वरस्थित राज मेकअप स्टुडियोमा मेकअप कोर्षमा आकर्षक अफर

आर्थिक, समाचार
छठ पर्वको शुभ अवसरमा बानेश्वरस्थित राज मेकअप स्टुडियो तथा राज ब्यूटी एकाडेमीले मेकअपसम्बन्धी विभिन्न कोर्षहरूमा २५ प्रतिशत विशेष छुटको घोषणा गरेको छ। सन् २०१२ मा स्थापना भएको यस स्टुडियोले विश्वप्रसिद्ध नेदरल्याण्ड्स ब्रान्ड ‘मेकअप स्टुडियो’बाट भारत, दिल्लीमा उच्चस्तरीय मेकअप अध्ययन एवं दीर्घ अनुभव हासिल गरेका मेकअप ट्रेनर तथा आर्टिष्ट टेक राज पाण्डेको नेतृत्वमा मेकअप आर्टिष्ट र ब्यूटिसियन क्षेत्रमा करियर बनाउन इच्छुक युवा–युवती तथा गृहणीहरूका लागि नयाँ, उपयोगी तथा व्यावसायिक कोर्षहरू सञ्चालन गर्दै आएको छ। स्थापनाकालदेखि हालसम्म हजारौँ प्रशिक्षार्थीहरूलाई दक्ष मेकअप आर्टिष्ट तथा सफल उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्टुडियोले ग्राहक सेवामा पनि उत्कृष्ट पहिचान बनाएको छ। मेकअप आर्टिस्ट तथा नेल आर्टिस्ट ब्युटिसन मेहन्दी आर्टिस्ट र विभिन्न कोषहरू लाई क्षेत्रमा भविष्य...
संवाद, सहकार्य र संयमता अपनाउन नेपाल चेम्बर अफ कमर्सको आह्वान

संवाद, सहकार्य र संयमता अपनाउन नेपाल चेम्बर अफ कमर्सको आह्वान

आर्थिक, समाचार
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा परेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। चेम्बरले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। चेम्बरले आन्दोलनले औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबै सरोकारवाला निकायले संवाद, सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिएको छ। चेम्बरको भनाइमा, भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रमा पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजी पुस्ताले उठाएका मागहरू आजको प्रमुख आवश्यकता हुन्। यी मुद्दा गम्भीरतापूर्वक सम्बोधन नगरे आन्दोलनले थप अस्थिरता र निराशा फैलाउने खतरा रहेको चे...
फेसियल हाउसको ११औँ शाखा ललितपुरको कुमारीपाटीमा

फेसियल हाउसको ११औँ शाखा ललितपुरको कुमारीपाटीमा

आर्थिक, समाचार
काठमाडौं । नेपालको ‘नम्बर वान’ फेसियल हाउसले आफ्नो ११औँ शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा नं. ५ कुमारीपाटीमा रहेको केएम कम्प्लेक्समा शुक्रबारदेखि ११औँ शाखा सञ्चालनमा ल्याइएको हो । एक भव्य समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणाले सो शाखा उद्घाटन गरिन् । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष राणाले फेसियल हाउसले एकपछि अर्को सफल शाखाहरू सञ्चालन गर्दै आएकोमा खुसी प्रकट गर्दै शुभकामना व्यक्त गरिन् । यो सफलतासँग फेसियल हाउसकी सुष्मा महरा मात्र नभइ स्वदेश तथा विदेशमा रोजगारीको खोजी गरिरहेका युवायुवतीहरू समेत जोडिएको उनले बताइन् । ‘सुष्माजीले गरेको मेहनतबाट अरु धेरै महिलाहरू प्रभावित हुनुहुन्छ । यो राम्रो काम मात्रै होइन रोजगारी सृजनासमेत भएको छ,’ उनले भनिन्, ‘रोजगारीको खोजी गर्दै ध...
पूणार्यु आयुर्वेद अस्पताललाई बैंककमा ‘अन्तर्राष्ट्रिय सम्मान’

पूणार्यु आयुर्वेद अस्पताललाई बैंककमा ‘अन्तर्राष्ट्रिय सम्मान’

आर्थिक, समाचार
थाइल्यान्डको राजधानी बैंककमा भव्यतापूर्वक सम्पन्न 4th Star International Award – 2025 मा, नेपालका लागि गौरवमय क्षण सिर्जना भयो। विश्वकै प्रतिष्ठित हस्तीहरूबीच आयोजित यस भव्य समारोहमा, पूर्णायु आयुर्वेद हस्पिटल ले सम्पूर्ण आयुर्वेद क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मानलाई एकलौटी कब्जा गर्दै नेपाललाई विश्व रंगमञ्चमा झन् उचाइमा पुर्‍याएको छ। यो विजय केवल एउटा संस्थाको मात्र होइन, सम्पूर्ण नेपाली आयुर्वेदको वैश्विक मान्यता हो। नेपाललाई विश्व मञ्चमा उभ्याउने यस क्षणलाई सहभागीहरूले “इतिहासमै अभूतपूर्व” र “नेपालको गौरवको नयाँ अध्याय” का रूपमा अभिहित गरेका छन्। पूर्णायु आयुर्वेद हस्पिटल — शुद्ध विचार, शाश्वत परम्परा र वैज्ञानिक दृष्टिकोणको अद्वितीय संगम।‘स्वस्थ नेपाल, समुन्नत नेपाली’ भन्ने अठोटसहित स्थापना भएको यो प्रतिष्ठानले, विगत तीन दशकदेखि लाखौँ बिरामीहरूलाई जीवनदान दिँदै आएको छ। ग्या...
सगरमाथादेखि केटुसम्म : विश्वकीर्तिमान आरोही मिङ्मा ग्याबुको कथा

सगरमाथादेखि केटुसम्म : विश्वकीर्तिमान आरोही मिङ्मा ग्याबुको कथा

अन्र्तवार्ता, आर्थिक, समाचार
काठमाडौँ । मिङ्मा ग्याबु शेर्पा हिमाल चढ्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा उनले हिमाल मात्रै चढेका छैनन, सयौँ नेपाली र विदेशीलाई हिमालका चुचुरोमा पु¥याएका छन् । हिमालमा अलपत्र परेका सयौँको उद्धार गरेका छन् । त्यति मात्रै होइन, हिमाललाई जलवायु परिवर्तनबाट बचाउन कैयौँ पटक हिमाल सफा गरेका छन् ।तर पछिल्लो समय हिमालमा काम गर्ने जनशक्ति घट्दै गएको उनले देखेका छन् । जलवायु परिवर्तनको असरले हिमाल पगाल्दै जाँदाको असर महसुस गरेका छन् । हिमालमा अलपत्र परेका आरोहीहरुको उद्धारका क्रममा देखिएका समस्या पनि भोगेका छन् । नेपालको पर्यटनको प्रमुख आधार हिमालप्रति भइरहेको वेवास्ता र यसले निम्त्याएको समस्या समाधानमा सक्रिय शेर्पा यतिबेला नेतृत्व तहमा पुगेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।यसअघि नेपाल पर्वतारोहण संघमा कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका मिङ्मा यही भदौ ७ गते हुन लागेको संघको कार्य...
दुबईमा चम्कियो जेएनडी ज्वलेरी: सपना शर्मा ‘मिनु’को अन्तर्राष्ट्रिय सफलता

दुबईमा चम्कियो जेएनडी ज्वलेरी: सपना शर्मा ‘मिनु’को अन्तर्राष्ट्रिय सफलता

आर्थिक, समाचार
दुबई —व्यवसायमा नाम कमाउने सपना सजिलो हुँदैन। तर, जब त्यो सपना मिहिनेत, आत्मविश्वास र दृढसंकल्पसँग जोडिन्छ, असम्भव पनि सम्भव बन्न जान्छ। यस्तै प्रेरणादायी यात्रा पूरा गर्दै नेपालकी प्रख्यात ज्वेलरी व्यवसायी सपना शर्मा ‘मिनु’ले दुबईको बरदुबईमा आफ्नो (जय नवदुर्गा ज्वलेरी ) जेएनडीज्वेलरी  शोरुम भव्य रूपमा सञ्चालनमा ल्याएकी छिन्। ज्वेलरी व्यवसायमा आफ्नो अद्वितीय योगदान र उत्कृष्ट सेवाका कारण पहिचान स्थापित गरेकी सपना शर्मा ‘मिनु’ले व्यवसायिक यात्रा अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएकी छिन्। नेपालकै लोकप्रिय जेएनडी ज्वलेरीको व्यवसायिक सफलता पछि उनले  आफ्नो शाखा विस्तार गर्दै दुबईको बरदुबईमा पाँचौ शोरुम सञ्चालनमा ल्याएकी हुन्। शोरुमको उद्घाटन  टिका सानु र पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले संयुक्त रुपमा रिबन काटेर गरेका थिए। सो अवसरमा दुबईस्थित नेपाली समुदायका प्रतिनिधि, व्य...
५ करोड लगानीमा नक्सालमा सुरु भयो ‘ईन्स्टा होटल’    अत्याधुनिक सुविधा र आधूनिक शैली

५ करोड लगानीमा नक्सालमा सुरु भयो ‘ईन्स्टा होटल’ अत्याधुनिक सुविधा र आधूनिक शैली

आर्थिक, समाचार
काठमाडौं – राजधानीको नक्सालमा अर्धबुटिक र पूर्ण आधूनिक शैलीमा सजाइएको, अत्याधुनिक सुविधा सम्पन्न ‘ईन्स्टा होटल’ भव्य रूपमा सञ्चालनमा आएको छ। होटलले २१ भन्दा बढी आकर्षक र वातावरणमैत्री कोठा, १०० जना अट्ने अत्याधुनिक कन्फ्रेन्स हल, बहु–खानाको रेस्टुरेन्ट तथा आधुनिक आतिथ्य सेवाको संयोजनमार्फत राजधानीको आतिथ्य क्षेत्रमा नयाँ ऊर्जा भर्ने लक्ष्य लिएको छ। ५ करोड लगानी रहेको उक्त होटलले ३ दर्जन वढिलाई प्रत्यक्ष रोजगारी दिएको छ । २०१४ देखि हस्पिटालिटी क्षेत्रमा अनुभव होटलका अध्यक्ष ईश्वर प्रसाद पन्त (श्रीकृष्ण) २०१४ देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्। देश–विदेशका ख्यातिप्राप्त होटलहरूमा लामो समय काम गरेर उनले होटल व्यवस्थापन, ग्राहक सेवा र व्यवसायिक नेतृत्वको गहिरो अनुभव आर्जन गरेका छन्। यही अनुभवलाई आधार मानेर उनले ईन्स्टा होटललाई अन्तर्राष्ट्रिय म...
सौन्दर्यविद अफ्सनाले सूर्यविनायकमा संचालनमा ल्याईन ‘एपी ब्यूटी सलुन’

सौन्दर्यविद अफ्सनाले सूर्यविनायकमा संचालनमा ल्याईन ‘एपी ब्यूटी सलुन’

आर्थिक, समाचार
भक्तपुर । भक्तपुरको ऐतिहासिक नगर सूर्यविनायकमा सौन्दर्य सेवाको क्षेत्रमा नयाँ अध्यायको थालनी गर्दै ‘एपी ब्यूटी सलुन’को भव्य समुद्घाटन समारोह सम्पन्न भएको छ। उक्त सलुनको उद्घाटन नेपालकी चर्चित संचारकर्मी, अभिनेत्री तथा सफल उद्यमी एलिजा गौतमले एक विशेष समारोहबीच गरिन्। उद्घाटन समारोहमा प्रमुख अतिथि गौतमले सलुनकी सञ्चालक अफ्सना नेवा हायुलाई शुभकामना दिँदै भनिन्, “सौन्दर्य व्यवसायमा समर्पण, सिर्जनशीलता र आत्मविश्वास मिसाएर अघि बढ्नु आफैँमा उदाहरणीय छ। अफ्सनाको यो पहलले धेरै युवालाई प्रेरणा दिनेछ।” उनले एपी ब्यूटी सलुनको उज्ज्वल भविष्यको कामना समेत गरिन्। उक्त अवसरमा कार्यक्रम व्यवस्थापन संघ, नेपालका महासचिव एवं संचारकर्मी सोनीतराज ढुंगेल, प्रतिष्ठित मेकअप आर्टिष्ट टेकराज पाण्डे, गायिका सुमी पराजुली, सौन्दर्य प्रसाधन कम्पनीका प्रतिनिधिहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति...
भैरव ढकालद्वारा एनआरएनए अष्ट्रेलिया अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

भैरव ढकालद्वारा एनआरएनए अष्ट्रेलिया अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

आर्थिक, समाचार
सिड्नी, अष्ट्रेलिया – एनआरएनए (गैरआवासीय नेपाली संघ) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि भैरवप्रसाद ढकालले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ। ढकालले एनआरएनए अष्ट्रेलियालाई एक सक्षम, पारदर्शी र सहभागी संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी दिनुभएको हो। उहाँले विश्वास र एकताको पुनर्स्थापना, व्यावसायिकता, सुशासन, तथा मूल्यमान्यता आधारित संस्थागत संरचना विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको चुनावी दृष्टिकोणमा युवा, महिला तथा कम प्रतिनिधित्व प्राप्त समुदायहरूको समावेशी सहभागिता सुनिश्चित गर्ने नीति प्रमुख स्थानमा रहेको छ। साथै, एनआरएनए अष्ट्रेलियाको संस्थागत उपस्थिति र प्रभावलाई विश्वव्यापी बनाउने उद्देश्य राख्दै, नेपाल सरकारसँग व्यावहारिक तथा मापनयोग्य डायस्पोरा-मैत्री नीतिहरूको वकालत गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ। ...